सरकार निर्माण र संविधान निर्माणलाई पृथक गर्न सक्नु पर्छ
राजनीतिक दलहरूले संविधान निर्माण प्रक्रियालाई प्राथमिकता दिएनन् । संविधानसभाका बैठकहरू विगत पाँच महिनादेखि बस्न सकेका छैनन् । संविधानसभाको अवधि एक वर्षथपिएको छ । तर निर्धारित समयमा संविधान निर्माण कार्य सम्पन्न हुने कुरामा अझैपनि आशङ्काहरू व्यक्त गरिँदैछन् । यसै सन्दर्भमा संविधान निर्माण प्रक्रिया, यसका जटिलता र चुनौतीका विषयमा राजु पासवानले नीलाम्बर आचार्यसँग गर्नुभएको कुराकानी यहाँ प्रस्तुत् गरेका छौँ ।
नेपालको शान्ति प्रक्रियाको हालको अवस्थालाई यहाँले कसरी हेर्नु भएको छ ?
शान्ति प्रक्रिया धेरै अघिनै सम्पन्न भइसक्नु पर्ने थियो । तर, अहिले शान्ति प्रक्रिया अवरूद्ध भइरहेको छ । जसका कारणमुलकुमा विश्वासको वातावरण निर्माणमा पनि बाधा पुगेको छ । संविधान निर्माण पनि अगाडि बढ्न सकेको छैन । राजनीतिकस्थिति पनि सामान्यीकरण हुन सकेको छैन । शान्ति प्रक्रिया टुङ्गोमा नपुर्याए यसले फेरि धेरै अप्ठ्याराहरू सृजना गर्नेछ ।
संविधानसभाको समयावधि बढेको छ, तर राजनीतिक दलहरूका बीचमा भएका असमझदारीले कुनै निकास नपाएको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
राजनीतिक दलहरूकाबीच जुन तिक्तता र दूरी बढेको छ । यो मुलुकको निम्ति हानीकारक छ । संविधान निर्माणको निम्तिहानीकारक छ । शान्तिका निम्ति हानीकारक छ । जबसम्म यो तिक्तताहरूको समाप्ति हुँदैनन्, शान्तिका सवालमा, संविधाननिर्माणको सवालमा साझा निष्कर्षमा पुग्न सकिँदैन । साझा निष्कर्षमा नपुग्दासम्म संविधान निर्माण पनि हुन सक्दैन । शान्तिस्थापना हुन पनि गाह्रो छ ।
संविधान निर्माण र शान्ति प्रक्रियामा केही सकारात्मक विकास पक्कै भएका छन् तर जनताको चाहना, राजनीतिक दलहरूमाथि गरिएको विश्वास र संविधानसभाबाट गरिएका आशालाई ०६२/०६३ को आन्दोलनमा व्यक्त भावनालाई सँगै राखेर हेर्दा प्राप्त भएका उपलब्धीहरूलाई कसरी मुल्याङ्कन गर्दा उपयुक्त हुन्छ ?
ठूला ठूला उपलब्धीहरू प्राप्त भएका छन् । मुलुकले ठूलो परिवर्तन देखेको छ । हामी राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गरेका छौँ। एकात्मक प्रणालीबाट सङ्घीय प्रणालीमा प्रवेश गरिराखेका छौँ । निर्वाचन प्रणाली फेरिएको छ । समानुपातिक र प्रत्यक्ष गरीमिश्रति निर्वाचन प्रणालीको अभ्यास हामीले गरिसकेका छौँ । यस्तो महत्वपूर्ण संविधानसभा आएको छ र विभिन्न क्षेत्रका,जातजातिका, समुदायका आकाङ्क्षा, सरोकार र गुनासाहरूको प्रतिनिधित्व हुने व्यवस्था भएको छ । तिनीहरूको आवाज प्रष्टमुखरित भएको छ । सञ्चार माध्यमको यत्रो विकास भएको छ । नागरिक अभिव्यक्तिले लोकतन्त्रको निम्ति बलियो आधारप्रदान गरेको छ । त्यसैले धेरै ठूलो परिवर्तनहरू भएका छन् । तर, यी परिवर्तनहरूलाई संस्थागत गर्ने क्रममा हामीले जे जतिकाम गर्नुपर्ने हो, त्यो समय भित्र गर्न नसक्दा खिन्नता पनि छ, केही निराशा पनि छ, केही वितृष्णा पनि छ । अहिलेको अवस्थामाराजनीतिक वितृष्णा, राजनीतिक पार्टीले सरकार पनि गठन गर्न नसक्ने, अनि बजेट पनि ल्याउन सकेका छैनन् । संविधाननिर्माण दुई वर्षभित्र भएन । बढाएको म्यादमा पनि काम भइराखेको छैन । केही सङ्कटका कुरा, केही निराशाका अभिव्यक्तिदेखिन्छन् । तर, हामीले जस्तोसुकै अप्ठ्यारो स्थितिमा पनि समाधान त खोज्नैपर्छ र भएका परिवर्तनलाई संस्थागत गर्नैपर्छ ।
संविधान निर्माणको काम कहाँ पुगेको छ र यसबीचमा कस्ता खालका अप्ठ्याराहरू आएका छन् ?
संविधान निर्माणको काम महत्वपूर्ण चरणमा प्रवेश गरेर रोकिएको छ । हामीले कहाँ-कहाँ हाम्रा विमतिहरू छन् भन्ने पहिल्याएका छौँ । हामीले विभिन्न विषयका प्रतिवेदन र प्रारम्भिक मस्यौदाहरू तयार पारेका छौँ । तर, त्यहाँ रहेकाविमतिहरूलाई सम्बोधन गर्न सकेका छैनौँ । राजनीतिक पार्टी बीचको दूरी, असमझदारी र संविधान निर्माणलाई प्राथमिकतामानराख्दा अप्ठ्यारो परेको हो । साथ-साथै राजनीतिक पार्टी बीचमा राजनीतिक दर्शन, संविधान सम्बन्धी दर्शनमा नै फरकभएकाले पनि हामीलाई अप्ठ्यारो पारेको हो ।
संविधान निर्माणका क्रममा आएका सबैभन्दा विवादित विषयहरू के के हुन् ?
हाम्रो संविधानको मूल भाव के हुने - मुल दिशा के हुने - गन्तव्य के हुने - राजनीतिक परिपाटी के हुने - शासन प्रणाली के हुने -निर्वाचन प्रणाली के हुने - न्याय प्रणाली, विधायिका र कार्यपालिकाको सम्बन्ध के कस्तो हुने - विधायक एक सदनात्मक की दुईसदनात्मक हुने भन्ने यी यावत कुराहरू अनिणिर्त रूपमा रहेका छन् । अर्थात सामूहिक निष्कर्षमा पुगेका छैनौँ भने अर्कोतिरसङ्घीयताको सवालमा ठूलो विवाद, ठूलो आशङ्का रही आएको छ । त्यसैले सङ्घीय संरचना अर्थात राज्यको पुनःसंरचना बारेकोअप्ठ्याराहरूलाई पनि हामीले समाधान गर्नुपर्नेछ ।
राज्य पुनःसंरचना, लडाकूको समायोजन र व्यवस्थापन, सरकारको स्वरूपका कारणले मात्र अहिलेको अवस्था श्रृजना भएको नभइ यसमा संविधान चाहने र नचाहने शक्तिबीचको द्वन्द्व पनि उत्तिकै जिम्मेवार छ, भनेर अहिले धेरै मानिसहरू भन्न थालेका छन् यस बारेमा तपार्इँको धारणा के छ ?
संविधान चाहने र नचाहने भन्ने होइन । संविधान निर्माणलाई प्राथमिकता दिने र सत्तालाई प्राथमिकता दिनेबीचको फरकले यस्तोपरिस्थिति उत्पन्न भएको हो । अहिले के देखा परेको छ भने संविधानसभाको म्याद बढाउनुअघि पनि राजनीतिक पार्टीलेसत्तालाई बढी ध्यान दिए । संविधानलाई प्राथमिकता दिएनन् । संविधानलाई प्राथमिकता दिनको लागि शान्ति स्थापनालाई पनिप्राथमिकता दिनुपर्दथ्यो । यी दुई कुरालाई प्राथमिकता नदिँदा, नदिने व्यवहार अपनाउँदा यस्ता अप्ठ्याराहरू भएका हुन् ।
विषयगत समितिहरूले दिएका प्रतिवेदनहरू पारित हुने सम्भावना कत्तिको देख्नुहुन्छ ? किनकी ती प्रतिवेदनहरूमा थुप्रै असहमतिका बुँदाहरू छन् ।
विषयगत समितिले दिएको प्रतिवेदन मध्ये आधारभूत कुराहरूलाई सहमतिका साथ पारित गर्नु राम्रो हुन्छ । यदि सहमतिकासाथ पारित गर्न सकेनौँ भने भोलि संविधान पारित गराउन गाह्रो पर्छ । सहमति नभए पनि दुई तिहाई हुनै पर्छ । किनभनेसंविधान दुई तिहाइबाट पारित हुनुपर्छ । त्यसैले विषयगत प्रतिवेदनहरूमा, आधारभुत कुराहरूमा सहमति कायम गर्ने अथवादुई तिहाई बहुमत कायम गर्नु जरूरी छ । त्यो यदि प्राप्त नहुने हो भने संविधान निर्माणमा निकै ठूलो सङ्कट आइपर्नेछ ।
अब बन्ने संविधान राजनीतिक सहमतिको दस्तावेज हुन्छ कि, समग्र जनताको भावनाको प्रतिनिधित्व हुने दस्तावेज ?
संविधान चाहिँ कानुनी दस्तावेज पनि हो, मूल कानुन र राजनीतिक दस्तावेज पनि हो । त्यसैले यी दुवैको सन्तुलन त्यहाँआवश्यक छ । संविधानमा सबै अटाउनु पर्छ । संविधानले सबैको विश्वास जित्न सक्नुपर्छ । संविधानले मुलुकलाई निदृष्ट गर्न रमुलुकमा उत्साह बढाउन सक्नुपर्छ । त्यसैले अब आउने संविधान सबैको संविधान हुनुपर्छ । एक पक्षीय संविधान बन्यो भनेजनभावनालाई समेट्न सकिएन भने मुलुकमा फेरि पनि समस्या हुन सक्छ ।
सङ्घीयताका बारेमा देशव्यापी बहसहरू भएका छन्, विभिन्न तह र तप्काबाट स्वायत्तताका विषयमा मागहरू आइरहेको सन्दर्भमा यो सवाललाई संविधानमा कसरी समेटिनेछ ?
यो विषय छलफलको क्रममा छ । हामीले सङ्घीयतालाई स्वीकार गरिसकेका छौँ । त्यसकारणले सङ्घीयताका आधारहरू,सङ्घीयताका इकाइहरू र अधिकार बाँडफाँड सम्बन्धी कुराहरू हामीले छलफलको आधारमा टुङ्ग्याउनु पर्छ र यसमा केहीअप्ठ्याराहरू उत्पन्न भएका छन् किनभने सङ्घीयता हाम्रो नयाँ प्रयोगका रूपमा आइराखेको छ र राज्य पुनःसंरचना आयोगअन्तरिम संविधानमा पनि व्यवस्था गरिएको र त्यसैबारे विवाद भइराखेको हुनाले राज्य पुनःसंरचना सम्बन्धी कुराले केही सङ्कटव्यहोर्नु परिराखेको छ । त्यसकारण केही ढिलाइ भइराखेको छ ।
मानवअधिकार मैत्री संविधानका विषयमा देशभर आवाज उठेका छन् र यो विषय संविधानमा कसरी सम्बोधन हुन्छ ?
मानवअधिकार पनि त संविधान होला, हुनैपर्दछ । हामी लोकतान्त्रिक संविधान बनाउने भन्ने कुरामा सहमत भइसकेका छौँ ।संविधानसभाको २०६५ जेठ १५ गने बसेको पहिलो बैठकले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र मानिसकेको छ । त्यसैलेलोकतान्त्रिक गन्तव्य बिना, मानवअधिकारको बिना कानुनी शासन सम्भव छैन । त्यसैले मानवअधिकार मैत्री संविधाननिश्चितरूपमा बलियो प्रतिवद्धताको दस्तावेज हुनेछ ।
यसरी पाँच पाँच पटकसम्म पनि नयाँ प्रधानमन्त्री चुन्न नसक्ने अनि सरकार गठनकै विषयमा देश अनिर्णयको बन्दी भइरहेको अवस्थामा के जनताले अब पनि समयमा नयाँ संविधान पाउने र देशले अग्रगामी दिशा लिने तर्फआशा गर्ने ठाँउ होला त ?
पाँच पाँच पटक सम्म मतदान हुनु र प्रधानमन्त्री निर्वाचित नहुनु यो दुःखद कुरा हो । निर्वाचन प्रक्रियामा पनि केही विकृतिहरूदेखिएका छन् । ठूला ठूला पार्टीले तटस्थ बसिदिएको पनि स्थिति रहेको छ । दुईओटा उम्मेदवारका बीच टुङ्गो लगाउन नसक्नु,धेरै उम्मेदवारका बीच टुङ्गो लाग्न नसक्नु त बुझिने कुरा हुन्थ्यो । दुई ओटा मात्र उम्मेदवार रहेको बेला पनि टुङ्गो लाग्न नसक्नुदुर्भाग्यपूर्ण कुरा हो । दुःखद कुरा हो । राम्रो कुरा होइन । यसले जनतामा राम्रो स्थिति दिँदैन र साँच्चै भन्ने हो भने राजनीतिकपार्टीको नेतृत्व प्रति यसले विश्वास, आस्था पनि बढाउँदैन, घटाउँदछ । त्यसैले यो स्थितिलाई समाधान गर्नैपर्छ । सरसर्ती हेर्दा योएउटा हास्यास्पद अवस्था जस्तो देखा परेको छ ।
यदि अगामी केही दिनमा नयाँ सरकार गठन भएमा पनि के त्यसले विगतका असहमति र असमझदारी हल होलान् त, तपाइँ लाई कस्तो लाग्छ ?
सरकार निर्माण र संविधान निर्माणलाई पृथक गर्न सक्नु पर्छ । सरकार निर्माणमा सहमति वा असहमति हुन सक्छ । सरकारबहुमतको हुन सक्छ तर संविधान त सबै अटाउने साझा दस्तावेज हो । सरकार बहुमतको हुनु र संविधान निर्माण हुनु यी बेग्लावेग्लै स्थितिका हुन् भनेर बुझनु पर्यो र अर्को हाम्रो अनुभवले के देखाएको छ भने सरकार निर्माण पनि उनै व्यक्तिले र संविधाननिर्माण पनि उनै व्यक्तिले गर्न नसक्दा रहेछन् । त्यसैले यसमा पनि पृथक सोचाइ राख्नु राम्रो हुन्छ र साथ साथै हामी निर्वाचनप्रणालीमा गइसकेपछि ठूला ठूला पार्टीले सरकार निर्माणको क्रममा तटस्थता देखाउनु सुहाउँदो कुरा होइन ।
सम्बन्धित अन्तरवार्ताहरू
शान्ति प्रक्रियाका कामलाई राजनीतिक दाउपेच र लापरबाहीको शिकारबाट मुक्त गर्नु आवश्यक छ
नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, नेपालमा चलेको दश वर्ष लामो सशस्त्र द्वन्द्व, विस्तृत शान्ति सम्झौता तथा सङ्क्रमणकालीन न्यायिक प्रकृयालाई नजिकबाट नियाल्ने नेताका रूपमा परिचित हुनुहुन्छ। विस्तृत…
हाम्रा राजनीतिक दल र जनप्रतिनिधिहरू जनअपेक्षा पूरा गर्ने दायित्वमा इमान्दार उत्रन सक्नुपर्छ
पूर्वसभामुख दमननाथ ढुङ्गाना नेपालको मानव अधिकार लोकतन्त्र तथा नागरिक स्वतन्त्रता सुपरिचित वरिष्ठ व्यक्तित्व हुनुहुन्छ। दश वर्ष लामो सशस्त्र द्वन्द्वका क्रममा उहाँले स्व. पद्मरत्न तुलाधारको नेतृत्वमा सशस्त्र द्वन्द्वरत पक्षलाई शान्ति प्रकृयामा ल्याउन मध्यस्थकर्ताका…
भयरहित वातावरणमा मतदाताले मतदान गर्ने वातावरण निर्वाचन आयोगले बनाउनेछ
नेपाल सरकारसँगको परामर्शका आधारमा निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहका जनप्रतिनिधि छनौटका लागि ०८१ मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन ०८१ सञ्चालन गर्दैछ । निर्वाचनका लागि आयोगले ०८१ असोज १०…
नागरिकको आधारभूत मानव अधिकारको संरक्षण गर्ने दायित्व राज्यको हो
लुम्बिनी प्रदेश सरकारले प्रदेशवासीहरूको मन छुने गरी के कस्ता नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । प्रदेशलाई समृद्ध बनाउन र मानव अधिकारमैत्री संस्कारको विकास गर्नका लागि के कसरी काम…
मानव अधिकार रक्षकसम्बन्धी कानुन आवश्यक छ
लुम्बिनी प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा ०८१ साउन ७ गते नियुक्त भएपछि चेतनारायण आचार्यले प्रदेश सरकारको औचित्य स्थापित गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । सरकारको नेतृत्व गरेको करिव दुई महिना पुग्नै…