आवधिक तथा स्वतन्त्र निर्वाचनमा मतदान गर्ने र निर्वाचित हुन पाउने नागरिक अधिकारको प्रचलन नै शासकीय वैधताको स्रोत हो। उमेर पुगेका हरेक नागरिकले मतको प्रयोग गर्न पाउने मानव अधिकारमैत्री अभ्यासले मात्र लोकत्नत्रलाई गतिशील बनाउँछ । आफ्नो देशको सुशासन प्रकृयामा भाग लिने आकाङ्क्षाकासाथ जनताको अभिमत हासिल गर्न निर्वाचनमा सहभागी हुने प्रत्येक व्यक्तिका लागि स्वच्छ र निष्पक्ष प्रतिस्पर्धाको अवसर सुनिश्चित हुनैपर्छ । हरेक मतदाताले उत्साहपूर्वक मतदानमा भाग लिन पाउनैपर्छ । मानव अधिकारको विश्वव्यापी मान्यता र नेपाली जनताको संवैधानिक हक विरुद्ध साधन-स्रोत वा शक्तिका आधारमा जहाँसुकै भएको मताधिकार माथिको अवाञ्छित नियन्त्रण मानव अधिकारको उल्लङ्घन हो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक सम्बन्धी तथ्यांक हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
३१ औँ संस्करणको भूमिका: निर्वाचन, विधिको शासन र मानव अधिकार चासो
परिच्छेदहरू