मानवअधिकार रक्षकको घोषणापत्र १९९८ को परिभाषाले मानवअधिकार रक्षकहरूलाई व्यापक अर्थमाबुझाएको भए पनि खासगरी घोषणपत्रमा परिभाषित रक्षकहरूमध्ये शिक्षक, सञ्चारकर्मी, कानुनव्यवसायी,स्वास्थ्यकर्मी मानवअधिकार सङ्घसंस्थामा कार्यरत व्यक्तिहरू मानवअधिकारकर्मीमाथि भएकोमानवअधिकार उल्लङ्घन ज्यादती विगत १० महिनामा कसरी भयो भन्ने बारेमा यो प्रतिवेदन केन्द्रितरहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अभिलेखमा सन् २०११ जनवरीदेखि अक्टोबरको-२०६७पुस १७ देखि २०६८ कात्तिक १४ सम्म) अन्त्यसम्म प्राप्त भएका घटनाहरूको नै यस प्रतिवेदनका आधारहुन्

पूरा पढ्नुहोस
नेपालमा मानवअधिकार रक्षकको अवस्था र नेपालमा लैङ्गिक हिंसा बलात्कार

 

पूरा पढ्नुहोस
प्रतिबद्वता र वास्तविकता

 

पूरा पढ्नुहोस
नेपालमा मानवअधिकार रक्षकको अवस्था

 

पूरा पढ्नुहोस

मध्यपश्चिमाञ्चल विकास क्षेत्र अर्न्तर्गतका बाँके, बर्दिया, दाङ सुर्खेत बाहेक बाकी सबै जिल्लाहरु खाद्यमापरनिर्भर रहदै आएका छन् यस क्षेत्रका कतिपय जिल्लामा अझैपनि यातायातको सुविधा नभएका कारणहवाई सेवा मार्फ सरकारले राहत कोटाअनुसार खाद्यान्न उपलब्ध गराउँदै आएको

पूरा पढ्नुहोस

एकीकृत नेकपा माओवादीले वैशाख १९ गतदेखि २४ गतेसम्म  गरेको आमहडतालको क्रममा

मानवअधिकार उल्लङ्घन तथा ज्यादती

 

एकीकृत नेकपा माओवादीले गरेको आम हडतालको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्ना क्षेत्रीयकार्यालय तथा जिल्ला प्रतिनिधिहरूमार्फत मुलकभर पर्यवेक्षण गर्दै आएको छ । माओवादी नेताहरूलेहडताल शान्तिपूर्ण हुने भनेर आश्वस्त गराउने प्रयास गरे पनि ०६७ वैशाख १९ गतेदेखि आरम्भ भएको योहडताल आरम्भ हुनुपूर्व एकीकृत माओवोदीका कार्यकर्ताबाट प्रहरीले बरामद गरेका लठ्ठी खुकुरीलगायतकाघरेलु हतियार र अनमिनको निगरानीमा रहेका माओवादी लडाकु ग्रिनेडसमेत वैशाख १४ गते गतेचितवनमा गिरफ्तार भएका घटनाले आमजनता त्रसित अवस्थामा रहेका थिए । सर्वसाधारणलाई साँझ ६बजे देखि ८ बजेसम्म दैनिक उपभोग्य सामान किन्न पसलहरू खोल्न दिने भनेर एक प्रकारको "कर्फ्यू" कोअवस्था सृजना भएको थियो । यस अवधिमा खाद्य पदार्थ, पिउने पानी, स्वास्थ्यसेवामा क्रमशः अभाव बढ्दैजान थालेको थियो भने अर्कातिर हडताल हिंसात्मक हुँदै गएको थियो । पछिल्ला दिनमा विभिन्नजिल्लामा हडतालको अवज्ञा हुन थाल्यो ।  पेसाकर्मी र व्यवसायीहरूको अगुवाइमा शान्ति र्‍यालीकोआयोजनाहरू भए जसलाई एमाओवादीले प्रतिकारको संज्ञा थियो । आम हडतालको छैठौँ दिन माओवादीलेआन्दोलन जारी गर्ने निर्णय गर्दै आम हडताल फिर्ता लियो ।

 

यस अवधिमा अघिल्ला समयमा हडतालका क्रममा हुने गरेका टायर दहन, दुर्व्यवहार, कुटपिट, सम्पत्तिक्षति, संरचना क्षति तुलनात्मक रुपमा कम भएको थियो भने सुरक्षाकर्मीबाट हिंसा बढ्न सक्ने अवस्थामामात्र बल प्रयोग गरेको पाइयो । यसबीचमा प्रहरीको बलप्रयोगबाट २४ जना घाइते भएका थिए । ४७ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो । यसरी गिरफ्तार हुनेमध्ये रुपन्देही जिल्लामा मोटरसाइकलआगजनी गर्ने ११ जना, हतियारसहित पर्वत र तनहुँमा क्रमशः ९ र ४ जना माओवादी कार्यकर्ता हुन् । यसैबीच मकवानपुर जिल्लाको मनहरी गाविसका सन्दीप कार्कीको माओवादीको आक्रमणबाट मृत्यु भएकोथियो ।

 

माओवादी कार्यकर्ताले एक जना सर्वसाधारणको अपहरण गर्नुका साथै, दुई जना सैनिक, एक जनापूर्वसैनिक  र ११ जनालाई नियन्त्रण लिएका थिए । उनीहरूको आक्रमणबाट ७१ जना घाइते भए भने ५३जना धम्की र कुटपिटबाट पीडित हुनुपर्‍यो । यस अवधिमा ४० ओटा सवारी साधनमा क्षति पुग्यो जसमध्ये३६ ओटामा माओवादी पक्षले क्षति पुर्‍याएको थियो भने चारओटामा स्थानीय बासिन्दाले ।जसमध्ये पर्सा जिल्लाको वीरगञ्जमा माओवादी नेताले प्रयोग गरिरहेका दुईओटा जीपमा विश्व हिन्दू परिषद्का कार्यकर्तालेआगजनी गरेका थिए ।

 

एकीकृत माओवादी र एमालेको भात्तृ सङ्गठन युथफोर्सबीच भएको झडपमा ११ जना घाइते भएका थिएभने स्थानीय बासिन्दा र माओवादी पक्षबीच भएको झडपमा सात जनामाथि कुटपिट भयो भने ८९ जनाघाइते भएका थिए ।

 

छ दिनको आमहडतालका क्रममा एकीकृत माओवादीका कार्यकर्ताले ६ जना सञ्चारकर्मीमाथि कुटपिट रधम्की दिएका छन् । यीमध्ये सुर्खेतमा राससका संवाददातालाई कुटपिट गरे भने सोही जिल्लाका स्थानीयपत्रकारलाई समाचार लेखेकोमा धम्की दिए । झापाका स्थानीय पत्रकारलाई माओवादी कार्यकर्ताले प्रहारगरेको रड उनलाई नलागी मोटरसाइकलमा लाग्यो ।

 

क्षेत्रगत रुपमा हेर्दा पूर्वाञ्चलमा ३१ जना घाइते भए भने २४ जना कुटपिट र धम्कीबाट पीडित भए ।घाइते हुनेहरूमा १४ जना स्थानीयबासी र माओवादीको झडपमा घाइते भए भने ११ जना युथफोर्स रमाओवादीबीच झडप हुँदा घाइते भएका हुन् । यसैगरी यस क्षेत्रमा हडताल अवधिमा १६ ओटा गाडी तोडफोडभए ।

 

  हत्या घाइते कुटपिट/धम्की गिरफ्तारीतथानियन्त्रण सवारीक्षती
राज्यबाट   २४ ३५  
एमाओवादीबाट ७१ ५३ १५ ३६
स्थानियबासी रएमाओवादी बीचदोहोरो झडप   ८९
युथफोर्स रएमाओवादी बीचदोहोरो झडप   ११      
 जम्मा १९५ ६३ ५२ ३८

प्रलेख तथा प्रसार विभाग, इन्सेक

 

मध्यमाञ्चल क्षेत्रमा एक जनाको हत्या भयो भने ५१ जना घाइते भए । माओवादी र युथफोर्सबीचकोझडपका क्रममा मकवानपुरमा एक जना युथफोर्स निकट कार्यकर्ताको मृत्यु भयो । घाइतेमध्ये स्थानीयबासीर एमाओवादीबीचको झडपका क्रममा २३ जना र एमाओवादीको आक्रमणका कारण १९ जना घाइते भए ।राज्यपक्षका कारण १२ जना घाइते भए । यस अवधिमा यहाँ ६ ओटा सवारी साधनमा माओवादीबाट क्षतिभयो भने एउटा सवारी साधनमा स्थानीयबासीले क्षति पुर्‍याए ।

 

पश्चिमाञ्चल क्षेत्रमा ९३ जना घाइते भए भने ३६ जनालाई गिरफ्तार वा नियन्त्रणमा राखियो । घाइतेमध्येएमाओवादीबाट ४३ जना र स्थानीयबासी र एमाओवादी कार्यकर्ताबीचको झडपमा ३८ जना घाइते भए ।एमाओवादीबाट हडतालको तेस्रो दिन सबैभन्दा धेरै ३२ जना घाइते भएका छन् । राज्यद्वारा गिरफ्तारभएकाहरूमध्ये, ११ जना रुपन्देहीमा मोटरसाइकलमा आगजनी गरेको कारण, पर्वतमा ९ जना, हातहतियारसहित र तनहुँमा ४ जना खुकुरी सहित गिरफ्तारीमा परेका एमाओवादी तथा वाइसीएल कार्यकर्ताहरू हुन् ।पर्वतमा ९ जना एमाओवादी कार्यकर्ता, हतियारसहित गिरफ्तार । तनहुँमा ४ जना ए माओवादी कार्यकर्ताखुकुरी सहित गिरफ्तार भए । सात जना कुटपिट वा धम्कीबाट पीडित भए भने नौ ओटा सवारी साधनमाक्षति भयो ।

 

मध्यपश्चिमाञ्चल क्षेत्रमा २० जना घाइते भए भने सात जना कुटपिट र धम्कीबाट पीडित भएका थिए ।पाँच जना अपहरण वा नियन्त्रणमा परे भने ६ ओटा सवारी साधनमा क्षति भयो । १४ व्यक्ति स्थानीयबासीर एमाओवादीबीच झडप हुँदा घाइते भए भने चार जना एमाले तथा काङ्ग्रेस र एमाओवादी कार्यकर्ताबीचकोझडपमा घाइते भए ।

 

यसैगरी, सुदूरपश्चिमाञ्चल क्षेत्रमा १ जना घाइते भए भने १ जना धम्की वा कुटपिटबाट पीडित भए ।दुईओटा सवारी साधनमा यस अवधिमा क्षति पुगेको थियो ।

गत वर्षझै यसवर्षपनि मध्यपश्चिमाञ्चल विकास क्षेत्रका पाहाडी जिल्लाहरूमा झाडापखालाको प्रकोप सुरु भएको छ । रोगका कारण हालसम्म चार जिल्लामा ८ जनाले ज्यान गुमाइसकेका छन् (०६६ फागुन र चैतमा दैलेखमा ज्यान गुमाएका दुइजना समेत) ।

पूरा पढ्नुहोस