मानव अधिकार प्रतिवेदन - Latest Update : March 8, 2023
महिला हिंसाविरुद्ध १६ दिने अभियान यही नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइयो भने नेपालमा ‘अन्तर पुस्ता समानता, बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने नाराका साथ यो वर्षको १६ दिने अभियान सम्पन्न भएको छ । मन्त्रिपरिषद्को बैठकले मङ्सिर ९ देखि मङ्सिर २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सामाजिक सचेतनासहित लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकाय, सातै वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७ सय ५३ स्थानीय तह एवम् त्यसका वडा, सरोकारवाला निकाय, विद्यालय, सामाजिक सङ्घ–संस्थालाई आह्वान गरेको थियो ।
पूरा पढ्नुहोसअनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत मङ्सिर १४ गते सम्पन्न भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको अनुगमन आफ्ना प्रतिनिधि तथा प्रदेश कार्यालयहरूमार्फत गर्यो । निर्वाचन आचारसंहिता लागु भएदेखि निर्वाचन सम्पन्न भई मत परिणाम प्राप्त नहुञ्जेलसम्मका निर्वाचनसँग सम्बन्धित गतिविधिहरूको इन्सेकले अनुगमन गरी अभिलेख राखेको छ ।
आवधिक निर्वाचन लोकतन्त्रको आधारशीला हो । आवधिक निर्वाचनले मतदातालाई आफूले रुचाएका राजनीतिक दल र आफूलाई मन परेको प्रतिनिधि छान्ने अवसर प्रदान गर्छ भने राजनीतिक दलहरूलाई आफ्ना नीति जनतासम्म पुर्याउन र जनताबाट अनुमोदित हुन सघाउँछ । यो उपनिर्वाचनले राजनीतिक दलको लोकप्रियता मापनका लागि पनि महत्वपूर्ण अवसर समेत प्रदान गरेको थियो ।
प्रहरीले दोहोरो भिडन्त भएको जनाएता पनि यसको विश्वसनीय आधार भने पाउन सकिएन घटनाको अनुगमन तथा तथ्य संकलनमा गएको टोलीले देखेको घटनास्थलको अवस्था तथा प्रकृति, घटनास्थलमा खिचिएको फोटोहरु, जिल्ला अस्पतालमा राखिएको मृतकको शवको अवलोकन, शव पोष्टमार्टम गर्ने डाक्टरको भनाइ, मृतकको परिवार र आफन्तको भनाइ, स्थानीय व्यक्तिहरूको कथन अनुसार घटना भएको दिन स्थानीयबासीलाई बिहानैदेखि घटनास्थलमा आवतजावतमा रोक लगाइनु,स्थानीय प्रहरीलाई घटनाबारे जानकारी नहुनु, दोहोरो गोली हानाहानको घटना भनिए पनि स्थानीयवासीले दोहोरो भिडन्तमा गोली चलेको आवाज नसुन्नु जस्ता कारणले कुमार पौडेलको दोहोरो भिडन्तमा मृत्यु भएको हो भन्न सकिने विश्वसनीय आधार देखिएन ।
पूरा पढ्नुहोसइलाका प्रहरी कार्यालय, बिर्तामोड झापाको हिरासतमा मेचीनगर नगरपालिका-६ का १५ वर्षीय बालक किरण कार्की ढोली दर्जीको ०७६ वैशाख १ गते भएको शंकास्पद मृत्युको घटना सञ्चार माध्यममा प्रकाशन भए ।
पूरा पढ्नुहोसजुम्ला पातारासी स्थायी घर भएका ३५ वर्षीय ज्ञानेन्द्र शाही २०७६ जेठ १५ गते ‘नेपालका लागि नेपाली’ नामक अभियान अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नपा–७ खुल्ला मञ्चमा आयोजना गरेको भ्रष्टाचार विरूद्धको नागरिक सचेतना कार्यक्रममा वक्ताका रुपमा सहभागी भएका थिए । शाहीलाई प्रहरीले कार्यक्रमस्थलबाट गिरफ्तार गरी हिरासतमा यातना दिएको भन्ने सूचना सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो । घटनाका सम्बन्धमा इन्सेकको समन्वयमा जिल्ला बार एशासियसन र मानव अधिकार रक्षक सञ्जाल सुर्खेतको टोलीले जेठ २० गते हिरासतमा रहेका थुनुवा, प्रत्यक्षदर्शी र जिल्ला प्रहरी कार्यालयमा प्रहरीसँग भेट गरी छलफल गरेको थियो ।
ज्ञानेन्द्र शाहीको गिरफ्तारी र यातनाका बारेमा तयार पारिएको अध्ययन प्रतिवेदन
पूरा पढ्नुहोसविगत केही समयदेखि नेपालको राजनीतिक तथा सामाजिक क्षेत्र डाक्टर गोविन्द केसीको अनशन वरपर घुमिरहेको छ। पन्ध्रपटक अनशन बसिसकेका डाक्टर केसीका केही मागहरू मेडिकल शिक्षा सर्वसुलभ र पहुँच योग्य हुनुपर्छ भन्ने देखिन्छ। यो विषयमा कसैको दुईमत नहोला। उनका सबै अनशनहरू सरका सँगको सहमतिसँगै तोडिएका छन् र केही समयपछि सहमति पूरा नभएको भन्दै नयाँ मागहरूको सूचीसहित फेरि अनशन सुरु भएका छन्। डाक्टर केसीका माग कति राजनीतिक छन् ? कति सामाजिक छन् ? यसलाईसमेत केलाउनु आवश्यक छ। अनौपचारि क क्षेत्र सेवा केन्द्र (इन्सेक)ले डाक्टर केसीका १५ ओटै अनशनको अनुगमन गरेको छ। यसैको सेरोफेरोमा रहेर नेपालमा चिकित्सा शिक्षा, सरोकार सान्दर्भिकताः सङ्क्षिप्त अध्ययन नामक पुस्तिका प्रकाशन गरिएको छ । (नाेटः पुस्तिकामा प्रकाशित कुनै तथ्यतथ्याङ्क भुलवश गलत परेको भएमा मूल कम्प्यूटरमा सच्याइनेछ)
पूरा पढ्नुहोसगोरखा जिल्ला फुजेल गाविस-७ घर भई रत्ननगर नपा-१३ जयमङ्गलामा आफ्नो हजुरबुबालाई भेट्न २०६१ जेठ २१ गते हिँडेका नन्दप्रसाद र गङ्गामाया अधिकारी दम्पतीका कान्छा छोरा १८ वर्षीय कृष्णप्रसाद अधिकारीलाई २०६१ जेठ २४ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताहरूले चितवन जिल्ला रत्ननगर नपा-१ बकुलहरबाट अपहरण गरी लगेकोमा चार घण्टापछि साँझ सोही स्थानमा ल्याएर निर्मम यातना दिएपछि टाउकोमा गोली हानी हत्या गरे । पूर्ण विवरणको लागी यहाँ क्लिक गर्नु होला...
सप्तरी जिल्ला तिलाठी गाउँपालिका-४ का देवनारायण यादवलाई २०७४ असोज १४ गते भारतीय सुरक्षाकर्मीले सीमावर्ती भारतीय बजार कुनौलीबाट गिरफ्तार गर्यो । उनका छोरा अजयकुमारलाई दसैँको टिकाको दिन (असोज १४ गते) भारतको सुनौलीमा लाग्ने मेला हेर्न गएका बेला भारतीय प्रहरीले अपहरणको आरोपमा उनका अन्य तीन जना साथीहरूसहित गिरफ्तार गरेको थियो । (विस्तृत प्रतिवेदनमा)
पूरा पढ्नुहोस१ सय ७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालमा यो वर्ष "महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार" भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घका विभिन्न महासन्धिहरूको पक्षराष्ट्र भएको नेपालमा महिलाहरूको अवस्था भने सन्तोषजनक मान्न सकिने अवस्थामा छैन । यद्यपि महिलासँग सम्बन्धित कानुनी प्रावधान एवम् राजनीतिक सहभागिताको अवस्थामा भने केही सुधार भएको छ । यति हुँदाहुँदै पनि नेपालका महिला विभिन्न खाले संरचनात्मक एवम् लैङ्गिक हिंसाबाट जसरी आक्रान्त हुँदै आएका छन् त्यो भने भयावह छ ।
पूरा पढ्नुहोस