विगत केही समयदेखि नेपालको राजनीतिक तथा सामाजिक क्षेत्र डाक्टर गोविन्द केसीको अनशन वरपर घुमिरहेको छ। पन्ध्रपटक अनशन बसिसकेका डाक्टर केसीका केही मागहरू मेडिकल शिक्षा सर्वसुलभ र पहुँच योग्य हुनुपर्छ भन्ने देखिन्छ। यो विषयमा कसैको दुईमत नहोला। उनका सबै अनशनहरू सरका सँगको सहमतिसँगै तोडिएका छन् र केही समयपछि सहमति पूरा नभएको भन्दै नयाँ मागहरूको सूचीसहित फेरि अनशन सुरु भएका छन्। डाक्टर केसीका माग कति राजनीतिक छन् ? कति सामाजिक छन् ? यसलाईसमेत केलाउनु आवश्यक छ। अनौपचारि क क्षेत्र सेवा केन्द्र (इन्सेक)ले डाक्टर केसीका १५ ओटै अनशनको अनुगमन गरेको छ। यसैको सेरोफेरोमा रहेर नेपालमा चिकित्सा शिक्षा, सरोकार सान्दर्भिकताः सङ्क्षिप्त अध्ययन नामक पुस्तिका प्रकाशन गरिएको छ । (नाेटः पुस्तिकामा प्रकाशित कुनै तथ्यतथ्याङ्क भुलवश गलत परेको भएमा मूल कम्प्यूटरमा सच्याइनेछ)