सहिदलाई सहिद भन्न किन कन्जुस्याइँ

विपिन गौतम
०६३ जेठ २६ गते
राजाले शासन हातमा लिएपछि देशभरि प्रजातन्त्रको पक्षमा लाग्ने राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पक्रने, यातना दिने लगायत आन्दोलनमा नृशंस दमन गर्ने क्रममा मृत्यू भएकाहरूलाई वर्तमान लोकतान्त्रिक सरकारले सहिद घोषणा गरेको छ । तर जनआन्दोलनको क्रममा निरंकुश सरकारको लाठि र अश्रुग्याँस खाएर सोहि कारणले बिरामी परी मृत्युवरण गर्न पुगेकाहरूमध्ये केही यो कोटिमा नपर्नु दुःख लाग्दो कुरा हो ।
रौतहट जिल्ला, प्रतापपुर पल्टुवा गाविस-६, खतवैया टोल घर भई नेकपा (एमाले) समर्थित अखिल नेपाल किसान संघ रौतहटका अध्यक्ष ७१ वषिर्य ताहिर अन्सारीका सर्न्दर्भमा यस्तै भएको छ । लोकतान्त्रिक आन्दोलनको सिलसिलामा निरंकुश सरकारको अश्रुग्याँस प्रहारले बिरामी परी सोहि कारणबाट मृत्यू वरण गर्न पुग्नु भएका अन्सारीलाई वर्तमान सरकारले सहिदको सूचीमा पारेको छैन ।
आन्दोलनरत दलहरूले देशभरि विरोधका कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा ०६० साल चैत २६ गते राजधानीकेन्द्रित आन्दोलन गर्न आफना कार्यकर्ताहरूलाई राजधानी बोलाएको थियो । सोही सिलसिलामा रौतहट जिल्लाका कार्यकर्ताहरू पनि राजधानी गएका थिए । चैत २६ गतेको सो आन्दोलनलाई दबाउन निरंकुश सरकारले दमनको चरम सीमा उल्लंघन गरेको थियो ।
एमालेका कार्यकर्ताहरू वीर अस्पतालअगाडि जम्मा भई जुलुस निकाल्न लाग्दा प्रहरीद्वारा गरिएको दर्जनौ सेल अश्रुग्याँस प्रहारका क्रममा ७१ वर्षीय ताहिर अलि अन्सारीलाई अश्रुग्याँसको मुस्लोले लागेको थियो । बेहोस अवस्थामा रहेका अन्सारीलाई तत्काल विनायक अस्पताल पुर्याई उपचार गरिएको थियो । सामान्य ठिक भएपछि अन्सारी कार्यकर्ताहरूसँगै चैत ३१ गते गृह जिल्ला रौतहट र्फकनु भयो ।
तर त्यहाँ पुगेपछि ग्याँसको असरले झन् च्याप्न थाल्यो । उपचारका लागि उहाँलाई ०६१ वैशाख ३ गते एम्बुलेन्सवाट वीरगञ्ज लगी त्यहाँस्थित जैनुद्धिन अन्सारीको क्लिनिकमा भर्ना गरियो । स्वास्थ्यस्थिति झन् झन् खराब भएपछि अन्सारीलाई वैशाख ५ गते एम्बुलेन्सवाट काठमाण्डौ लैजाँदै गर्दा पथलैयामानै उहाँको मृत्यू भयो ।
यसरी आन्दोलनको क्रममा दमनको शिकार भई सोही कारणवाट मृत्यु वरण गर्न पुग्नु भएका अन्सारीलाई वर्तमान सरकारले सहिदको सूचीमा नराख्नुले सवाल खडा भएको छ । अन्सारीलाई नेकपा -एमाले) ले सहिद घोषणा गरेको पृष्ठभूमिमा सरकारमा एमालेको सहभागिता भए तापनि आफैंले घोषणा गरेको सहिदलाई उपेक्षा गर्नु विडम्वना होइन र !
सम्बन्धित विचार मञ्चहरू
कता हरायो महिलाको मानव अधिकार ?
घटना– १ रामेछापको खाँडादेवी गाउँपालिका– ३ भिरपानीकी ५२ वर्षीया बिबा माझीको ९ असोज २०७९ मा स्थानीयले पितृ उत्रिएको भन्दै चामल प्रहार गर्दै लछारपछार गर्दा मृत्यु भयो । घटनामा पीडितकी ७०…
निर्वाचन, विधिको शासन र मानव अधिकार चासो
बितेका तीन दशकको अवधिमा फरक–फरक राजनीतिक सामाजिक चरण हुँदै यहाँसम्म आइपुग्दा नेपालमा सामाजिक न्याय मानव अधिकारको अविभाज्य अङ्ग भएको विषय स्पष्ट भइसकेको छ । दुईदुईपटकको संविधानसभा निर्वाचन पश्चात व्यापक तथा…
निर्वाचन, मतदाता शिक्षा र मतदाताका कर्तव्य !
निर्वाचन आवधिक भएपनि निर्वाचनका कार्यक्रम निरन्तरको प्रक्रिया हो । मतदानको प्रक्रियालाई मात्रै निर्वाचन मान्नु चाहिँ गलत हुन आउँछ । बालिग मतदाताको वैधानिक व्यवस्थादेखि नै निर्वाचनको काम सुरू हुन्छ भन्ने बुझ्नु…
द्वन्द्वपीडितको पीडाप्रति सरकार रमिते कहिलेसम्म ?
२०५२ सालदेखि २०६३ सम्मको हिंसात्मक १० वर्षे सशस्त्र सङ्घर्षका नाममा राज्य र विद्रोहीबाट भएका मानव अधिकारको गम्भीर उल्लङ्घनका घटनाहरूबाट द्वन्द्वसँग कुनै सरोकार नभएका लाखौँ निशस्त्र नागरिक प्रताडित भए। हजारौँ नागरिक…
विकासको समसामयिक परिभाषा
अहिले विश्व आर्थिक र सामरिक सङ्कटकालमा छ । ठूला शक्तिराष्ट्रहरूबीच जारी द्वन्द्वले आक्रान्त अवस्था छ । संसारको लागि गहुँ, भटमास, सूर्यमुखीजस्ता खाद्यान्न, दलहन, तेलहन उत्पादनको ४० प्रतिशतसम्म आपूर्ति गरिआएको युक्रेन…