एकतर्फी युद्धविराम भंगले उब्जाएका प्रश्न
प्रकाश ज्ञवाली
प्रकाश ज्ञवाली
०६२ पुस २२गते
माओवादीले चार महिने एकतर्फी युद्धविराम भंग गरेपछि नेपालमाथि पुनः अन्तर्राष्ट्रिय ध्यानाकर्षण बढेको छ । युद्धविरामको अवधि सकिन दुई दिन बाँकी रहँदा संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानले युद्धविराम लम्ब्याउन माओवादीलाई र त्यसलाई तत्काल दुईतर्फी बनाउन राज्यपक्षलाई गरेको आग्रहले मूर्त रूप लिन पाएन । हुन त पटकपटकका यस्ता आग्रहप्रति यसपटक खासगरी राज्यपक्षले पूर्ण बेवास्ता गरेको थियो ।
दश वर्ष अवधिमा एकपक्षीय रूपमा यति लामो युद्धविराम भएको यो पहिलो पटक थियो । यसको भंग हुनुमा विभिन्न सर्न्दर्भहरू छन्, जसले नागरिकको शान्तिपूर्वक बाँच्न पाउने अधिकार हननको श्रृंखला पुनः जारी राख्न उल्लेख्य भूमिका निर्वाह गरेका छन् । र, त्यस्ता सर्न्दर्भ र कारकहरूमध्ये राज्यको गैरजिम्मेवार चरित्र एक रह्यो । युद्धविराम आफैमा रणनीतिक हुने कुरामा दुईमत छैन । अझ दश वर्षलामो सशस्त्र संर्घष गुज्रिसकेको मुलुकमा युद्धरत एक पक्षले एकतर्फी युद्धविराम गनुलाई एकपक्षीय कार्य-कारक सम्बन्धका आधारमा मात्र व्याख्या गर्न मिल्दैन । जे भए पनि, मानवअधिकारका दृष्टिकोणले युद्धविराम महत्वपूर्ण अवसर हो, जसका आधारमा युद्धको मारबाट देशले केही हदसम्म भएपनि मुक्तिको स्वास फेर्ने सक्छ । नागरिकका आधारभूत अधिकारहरूको व्यापक हनन भइरहेको सर्न्दर्भमा माओवादी पक्षबाट भएको युद्धविरामले कमसेकम दैनिक हत्याको प्रतिशत घटायो, राजनीतिक सम्वादको ढोका खोल्यो र सामाजिक अन्तरक्रियामा एउटा गतिलो अवसर प्रदान गर्यो । ग्रामीण स्तरमा भएका राजनीतिक अन्तरक्रिया र खुल्ला सम्वादहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ । राजनीतिक हिसाबले यस्ता अन्तरक्रियाहरूको महत्व निकै छ ।
एक पक्षले चार महिनासम्म युद्धविराम गर्दा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरसरकारी संगठन, मानवअधिकार संस्थाहरू, राजनीतिक दल तथा आम नागरिक समाजले बारम्बार आग्रह गर्दा पनि वर्तमान सरकार बिल्कुलै मौन रह्यो । यस्तो अकर्मण्यता नै युद्धविराम भंग हुनु र सम्वादको ढोका बन्द गर्नुको प्रमुख कारक रह्यो । यसका दुई प्रमुख परिणामहरू देखिन्छन्- पहिलो, युद्धविरामको संभावित लम्बाई घटेको छ, र अर्को यो सरकारले माओवादीलाई युद्धविराम गर भन्ने नैतिक हक समेत गुमाएको छ । यसको सिधा अर्थ हो, वर्तमान शासन संचालन होउञ्जेल देशमा विद्यमान सशस्त्र संर्घषको शान्तिपूर्ण निकास जटिल बनेको छ । सरकारले एकपक्षीय युद्धविरामको घोषणा गर्ने लक्षण त परको कुरा हो, कथंकदाचित माओवादीहरूले पुनः यसतर्फतत्परता देखाए भने पनि त्यसलाई ग्रहण, सम्मान गर्ने तथा आफ्ना क्रियाकलापहरूलाई पनि संयमित गर्दै अन्ततः शान्तिपूर्ण निकासको वातावरण तय गर्नेतर्फवर्तमान शासनको इच्छाशक्ति क्षीण देखिन्छ ।
राजनीतिक अर्न्तर्सम्बन्धहरूमा विगतमा भन्दा केही अगाडिका पाइलाहरू चालिएको भएता पनि गैरसैनिक नागरिकहरूको सुरक्षाको ग्यारेण्टी हुने आधारहरू बन्न सकेका छैनन् । माओवादीका तर्फबाट हुने हिंसात्मक गतिविधिहरू घटेता पनि राज्यको आक्रामक कारवाहीका कारण ग्रामीण जनजीवन भयमुक्त हुन सकेन । जिम्मेवार पक्षबाट देखाइएको गैरजिम्मेवारी बढी खतरनाक हुन्छ, संस्थागत परिचालनका हिसाबले । यसपटकको एकतर्फी युद्धविरामका अवधिमा भएका मानवअधिकार हननको प्रवृत्तिका आधारमा पनि स्पष्ट देख्न सकिन्छ कि सरकारी सुरक्षाकर्मीहरूबाट गैरन्यायिक हत्या र आम नागरिकविरुद्धका ज्यादतिहरूमा उल्लेख्य वृद्धि भएको छ । नरसंहारकारी घटनाहरू भएका छन् । देशको मानवअधिकार आन्दोलनका विरुद्ध राज्यसंयन्त्रको दुरूपयोग गरिएको छ र नियन्त्रित शासन व्यवस्थालाई बलियो बनाउने प्रयत्नमा बढोत्तरी भएको छ । राज्यका तर्फबाट युद्धविरामलाई दुईतर्फी बनाउनुको सट्टा अत्यधिक शक्ति प्रयोग र आफूहरूलाई उत्तेजित पार्ने घटनाहरू भएको माओवादीको तर्क छ ।
तर, अहिलेको शासन व्यवस्था र खासगरी गत वर्षमाघ १९ यताको परिस्थिति नियाल्ने हो भने, यो स्वभाविक देखिन्छ । वर्तमान सत्ता देशलाई शान्तिपूर्ण निकास दिन नभई निरंकुशता लाद्न खडा भएको हो । देशलाई सम्वादतर्फअगाडि बढाउन नभई प्रकारान्तरले विध्वंसलाई प्रोत्साहन दिन र व्यक्तिगत स्वार्थपूर्तिका माध्यमबाट राजकीय सैनिक निरंकुशता संस्थागत गर्न आएको हो । अन्यथा, बहुदलीय प्रजातन्त्र मास्ने र अधिनायकवादी सत्ता स्थापित गर्नुको सट्टा शान्ति, प्रजातन्त्र, मानवअधिकार र विकासका अवधारणाहरूको सम्मान, रक्षा र सर्ंबर्द्धन गर्ने उपायहरूको खोजीतर्फअगाडि बढ्ने वातावरण कायम हुने सम्भावनाहरू देखिन्थे । माओवादीको युद्धविराम चार महिनासम्म कायम हुँदा राज्य रमिने हुने थिएन होला । परिस्थितिको अर्को पाटो कल्पना गरिएजस्तो नहुन पनि सक्छ तर सम्भावनाहरूको विश्लेषण बहुपक्षीय कोणबाट मात्र हुनसक्छ । अन्यथा, जे भयो ठिक भयो, जे भएको छ ठिक भएको छ र जे हुनेछ ठिक हुनेछ भन्ने निष्कर्षा पुग्नुपर्छ, जो यथार्थभन्दा बाहिर छ ।
देशको शान्ति सुरक्षामा युद्धविराम भंगको गम्भीर नकारात्मक असर हुने कुरामा शंका छैन । अझ आसन्न नगर निर्वाचनका क्रममा हुनसक्ने घटनाहरूबाट र्सवसाधारणलाई कसरी जोगाउन सकिन्छ भन्नेतर्फसमयमै विचार पुर्याउनु टड्कारो बनेको छ । युद्धविराम भंग भएलगत्तै सरकारका गृहमन्त्रीद्वारा व्यक्त प्रतिक्रियाले माओवादीको युद्धविरामलाई अलिकति पनि महसूस नगरिएको स्पष्ट देखियो । आम जनताले महसूस गरेको कुरा सरकारका गृहमन्त्रीले महसूस गर्न नसक्नुबाट पनि जनता र सरकारबीचको सम्बन्ध स्पष्ट हुन्छ । अझ शान्तिपूर्ण आन्दोलनरत राजनीतिक पार्टीलाई समेत आतंककारीको दर्जामा राख्ने र सोही अनुरूपको कारवाही गर्ने तर्क मन्त्री तथा राजपरिषद स्थायी समितिका पदाधिकारीहरूले र्सार्वजनिक गरिसकेका छन् । दुईतर्फी सशस्त्र युद्ध चलिरहेको अवस्थामा "माओवादीका तर्फबाट हुने हिंसाको जिम्मेवारी राजनीतिक पार्टी लिनुपर्ने र कसैमाथि माओवादीद्वारा अपहरण/कार्बाही भएमा सात दलका नेताहरूको घर घेर्ने अवस्था आउने" भन्ने गृहमन्त्रीको भनाइले नागरिक युद्धलाई बढावा दिने खतरा बढेको छ । जुनसुकै हथकण्डा अपनाएर भए पनि शासन लम्ब्याउने वर्तमान सरकारको एकसूत्रीय कदमले देशलाई अझ भयावह स्थितितर्फधकेल्ने खतरा उत्तिकै छ । यस्तो अवस्थामा नागरिक युद्ध उछाल्ने कार्यमा सरकारी निकायहरूको दुरुपयोग र नियोजित घटनाहरूमा बढोत्तरी नहोला भन्न सकिँदैन ।
युद्धविराम भंग भएलगत्तैका प्रतिक्रियाहरू हेर्ने हो भने पनि देशको शान्ति सुरक्षा र मानवअधिकार स्थित्रि्रतिको चिन्ता बढेको पाइएको छ । भंग भएकै दिन भारतको विदेश मन्त्रालयले यसलाई दुर्भाग्यपूर्ण भन्दै माओवादीलाई हिंसा र आतंक छाड्न तथा बहुदलीय प्रजातन्त्र स्वीकारेर राजनीतिक स्थायित्व तथा आर्थिक उन्नति र राजनीतिक समाधानका लागि कार्य गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघले नेपाल सरकार र माओवादीले राष्ट्रसंघका अपीलहरूप्रति मान्यता नदिइएकोमा चिन्ता जनाउँदै युद्धविराम भंगका कारण हिंसा बढ्नेतर्फचासो व्यक्त गरेको छ । त्यसैगरी युरोपेली आयोगले पनि नेपालको अवस्थाका बारेमा चासो जनाउँदै श्रृंखलाबद्ध हिंसाको अन्त्यका लागि मानवअधिकारमा मुख्य जोड दिनुपर्ने आवश्यकता औंल्याएको छ । संयुक्त राज्य अमेरिकाले भने प्रजातन्त्रलाई सही दिशामा लैजान र शान्ति पुनःस्थापना गर्न सरकारले राजनीतिक दलहरूसँग तत्काल सहयोगको हात बढाउनुपर्ने प्रतिक्रिया जनाएको छ । युद्धविराम भंगप्रति चासो व्यक्त गर्दै अमेरिकाले माओवादीलाई आतंक त्याग्न र राजनीतिक मूलधारमा आउन आग्रह गरेको छ । सात राजनीतिक दलहरूले युद्धविराम भंग हुनुमा राज्यपक्ष जिम्मेवार भएको जनाएका छन् । 'शान्तिविरोधी निरंकुश शाही सरकारका कारण युद्धविराम भंग भएको' उनीहरूको ठहर छ ।
सम्बन्धित विचार मञ्चहरू
नेपालको सङ्घीयताः अन्तरसरकारी वित्तीय हस्तान्तरण सुधारका सवाल
भूमिका वित्तीय सङ्घीयता वित्तीय स्रोत र साधन (काम सहित) को न्यायोचित बाँडफाँट लगायतसँग सम्बन्धित छ । कामलाई दामले पछ्याउनु पर्दछ भन्ने सामान्य सिद्धान्त छ । चाहे एकात्मक व्यवस्था होस चाहे…
नेपालमा सङ्घीयताको अभ्यास र मानव अधिकारका सवाल
नेपालजस्तो लोकतान्त्रिक मुलुकहरूले मानव अधिकारको संरक्षण र सम्वर्धनका विषयलाई संविधान तथा कानुनमा उल्लेख गरी त्यसको परिपालनालाई महत्व दिएका हुन्छन्। मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट कोही पनि पीडित नहोेस् भनी उनीहरूको…
सङ्घीयतापछिको नेपाल : आशाको सञ्चार, समृद्धिको यात्रा !
सङ्घीयता भनेको दुई वा दुईभन्दा बढी तहको सरकार हो। जनताबाट निश्चित भएको सार्वभौम सत्ता तहगत सरकारबाट, तहगत व्यवस्थापिकाबाट प्रयोग हुने व्यवस्था हो। मेरो अध्ययनमा अहिले विश्वका ३० ओटा मुलुकमा सङ्घीय…
लुम्बिनी प्रदेश, सङ्घीयता चुनौती र सम्भावना
ऋषि आजाद लुम्बिनी प्रदेशको पहिचान लुम्बिनी प्रदेश नेपालको संविधान २०७२ असौज ३ मा भएको राज्य विभाजनपछि बनेका सात प्रदेशहरु मध्ये एक हो । यो नेपालको चौथो ठूलो जनसंख्या भएको प्रदेश…
जेलः सजाय, सुधार प्रणाली कि शक्ति प्रयोगको माध्यम ?
केशव सिग्देल यो सङ्क्षिप्त लेखमा जेलको विकास र यसले व्यक्ति र समाजलाई पारेका प्रभावका बारेमा केही समाज वैज्ञानिक छलफल गरिएको छ। यस लेखको उद्देश्य नेपाल वा विश्वमा हाल जेलको अवस्था…