झाडापखालाबाट दुईको मृत्यु, २ सयभन्दा बढी बिरामी अस्पताल भर्ना (फोटो फिचर)
कपिलवस्तुमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । असोज १८ गतेदेखि सुरू भएको झाडापखालाको प्रकोपले कृष्णनगर नगरपालिका–९ का ४५ वर्षीय रामप्रसाद केवटको मृत्यु घरैमा र वडा नं. ८ का सात वर्षीय राज कस्यपको मृत्यु स्थानीय मेडिकलमा भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
कृष्णनगर नगरपालिकाको वडा नं ७, ८ र ९ मा झाडापखाला बिरामीहरू देखिएको भन्ने सूचना असोज १९ गते बिहान ६ बजे प्राप्त भए लगत्तै बिहानैदेखि आवश्यक औषधि र दुई जना चिकित्सकसहित स्वास्थ्य कार्यालयबाट कार्यालय प्रमुख सहितको टोली खटिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताउनु भयो ।
उक्त टोली बिहान ९ बजे शिवराज अस्पताल बहादुरगञ्जमा पुग्दा अस्पताल बिरामीले भरिभराउ भएको थियो ।
१५ बेडको क्षमता भएको अस्पतालमा बिरामीहरू नअटाएपछि अस्पतालको बरण्डा, बरण्डा बाहिर र नजिकैको महेन्द्र प्राथमिक विद्यालयको कक्षा कोठा र चौरमा राखेर उपचार गरिरहेको अस्पतालका डाक्टर मुकेशकुमार चौधरीले बताउनु भयो ।
- पार्वती आचार्य
सम्बन्धित फिचरहरू
तुइनमै बग्छ व्याँसीबासीको सपना !
व्याँस गाउँपालिका–२, दुम्लिङका १८ वर्षीय सचिन बुढाथोकी भारतबाट महाकाली तरेर नेपालतर्फ आउने क्रममा तुइन चुँडिँदा असार २२ गतेदेखि बेपत्ता हुनु भएको छ । वर्षौदेखि तुइनमार्फत वारपार गर्दै उहाँ महाकाली नदीको…
चौधविसमा रोकिएन बालविवाह, २० वर्ष नपुग्दै आमा बन्छन् युवती !
तथ्याङ्कीय रुपमा हेर्ने हो भने नेपालको सुदुरपश्चिम र कर्णाली प्रदेशमा बढी बालविवाह हुने गरेको पाइन्छ । यहाँको अन्य ठाउँको तुलनामा भन्दा जुम्लाको पूर्वी भेग चौधविस क्षेत्र अर्थात पातारासी गाउँपालिकामा बालविवाह…
गिट्टी नकुटी जुट्दैन गाँस, हरेक दिन खोलाकै बास
सल्यान जिल्लाको शारदा नगरपालिका–१ शान्तिनगर स्थित शारदा नदिको किनार, दिउँसोको चर्को घाम होस या बिहानको चिसो सिरेटो अनि एक्कासी आउने मुसलधारे पानी नै किन नहोस तर खोला किनारमा उही दृश्य…
बिजमायालाई आवासको अधिकार खोई सरकार !
देश संघीय संरचनामा गएपछि तीन तहका सरकारले जनजीविकाका सवालमा काम गरिरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तह मध्ये सवै भन्दा नागरिकको नजिकमा छरछिमेकीको रुपमा रहेको स्थानीय सरकार हो ।…
बेनी नगरपालिकाले सुरू गर्यो नसर्ने रोगको शिविर
म्याग्दीको बेनी नगरपालिकाले नसर्ने रोगको रोकथाम तथा प्रारम्भिक पहिचानका लागि स्क्रिनिङ शिविर सुरू गरेको छ । ग्रामीण भेगका सर्वसाधारण, नागरिकलाई घरदैलोमै पुगेर नसर्ने रोगको पहिचान गरी स्वास्थ्य सेवा दिने उद्देश्यले…