राष्ट्रिय परिचय–पत्र बनाउन सास्ती खेप्दै ज्येष्ठ नागरिक (फोटो फिचर)

कैलाली । ०८१ असार १२ गते

सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचय–पत्र अनिवार्य हुनु पर्ने सरकारले निर्णय गरपछि राष्ट्रिय परिचय–पत्र बनाउनका लागि ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । परिचय–पत्र बनाउन जिल्ला प्रशासन कार्यालय, कैलालीमा आएका ज्येष्ठ नागरिकहरु पोलो नपाएर रित्तै हात घरफर्किने र पुनः जिल्ला प्रशासन कार्यालयमा आउने उहाँहरुको दैनिकी नै बनेको छ ।

photo20240626kailali (1)

दिन भरी पालो कुरेर बस्दा समेत पालो नअएको राष्ट्रिय परिचय–पत्र बनाउन आउनुभएकी कैलारी गाउँपालिका– ७ की ८० वर्षीया लौटीदेवी चौधरीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘सामाजिक सुरक्षा भत्ता लीनका लागि अनिवार्य राष्ट्रिय पचिय पत्र बनाउनु पर्ने सूचना पाएदेखि छोरासँग जिल्ला प्रशासनमा आउने  गरेकी छु । विहानैदेखि छोरा लाइनमा बस्दा समेत पालो आएको छैन् । पालो कुर्दाकुदै कार्यालय बन्द हुन्छ । दुई दिन वितिसक्दा समेत परिचय–पत्र बनाउन सकिएको छैन् ।’

photo20240626kailali (2)

सामाजिक सुरक्षा भत्ता रोकीन्छ की भन्ने डरले राष्ट्रिय परिचय–पत्र बनाउन दुई दिनदेखि जिल्ला प्रशासन कार्यालय, धनगढीमा बिहान ८ बजेदेखि लाइनमा बस्दा समते पलो नआएको र भोकभोकै परचय–पत्र बनाउन आउने गरेको गोदावरी नगरपालिका—७ लालपुरकी ८५ वर्षीया भन्ना विकले गुनासो गर्नु भयो ।

९० वर्षीया भरथरी चौधरीको एउटा खुट्टाले काम गर्न छोडेपछि बैशाखीको सहारामा हिडडुल गर्नु हुन्छ । राष्ट्रिय परिचय–पत्र नबाएको खण्डमा साउन महिनादेखि सामाजिक सुरक्षा भत्ता रोकिने डरले छोरासँगै जिल्ला प्रशासन कार्यालयमा आएको भए पनि पालो नअएका कारण परिचय–पत्र बन्न नसकेको बताउनु भयो ।

photo20240626kailali (3)

दुई दिनसम्म पालो कुरेर बसेको र पालो आएपछि आवश्यक कागजपत्र नपुगेको भन्दै फर्काइ दिएपछि आफूले थप सास्ती खेप्नुपरेको र सरकारले राष्ट्रिय परिचय–पत्र अनिवार्य गरेर ज्येष्ठ नागरिकलाई दुःख दिने काम गरेका उहाँले बताउनु भयो ।

जिल्ला पशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिनमा ३ सयको हाराहारीमा राष्ट्रिय परिचय–पत्र बनाउन ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, नयाँ नागरिकता लिने र वैदेशिक रोजगोरको श्रमस्विकृत लिन आउने गरेका कारण सेवा प्रभाव प्रभावकारी हुन नसकेका र एक दिनमा २ सय जनाको राष्ट्रिय परिचय–पत्र बनाउने गरेको बताउनु भयो ।

photo20240626kailali (5)

ज्येष्ठ नागरिकरुलाई परिचय–पत्र बनाउन समस्या भएपछि जिल्ला प्रशासन कार्यालय लगायत टिकापुर नगरपालिका र घोडाघेडी नगरपालिकाबाट पनि राष्ट्रिय परिचय–पत्र बनाउने गरेको बताउनु भयो ।

मन्त्रीपरिषद्को ०८१ जेठ २४ गतेको निर्णयनुसार साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न ज्येष्ठ नागरिकहरुका लािग राष्ट्रिय परिचय–पत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय–पत्र बनाउन ज्येष्ठ नागरिकहरुले घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता सृजनाभएका छ ।

photo20240626kailali (7)

photo20240626kailali (8)

photo20240626kailali (9)

photo20240626kailali (10)

photo20240626kailali (11)

photo20240626kailali (12)

photo20240626kailali (13)

photo20240626kailali (14)

photo20240626kailali (15)

photo20240626kailali (16)

photo20240626kailali (17)

photo20240626kailali (18)

photo20240626kailali (20)

 

- मैनामोती चौधरी