रामालक्ष्मीका दिन पनि रात भए
खाउँखाउँ लाउँलाउँ भन्ने बेलामा अरूको मुख ताक्नु पर्ने भयो । आँसुका धारा बगाउँदै उनलेभनिन् । जागरिलो शरीर, काम गरी नथाक्ने, घाँसदाउरा, मेलापात, खेतीपाती र वस्तुभाउकोस्याहार सुसारमा समय कटाउँथिन् । घर लिपपोत गरी सफा सुग्घर गर्नु उनको दिनचर्या नै थियो। यसरी उनले दैनिक काम गरी घरपरिवारमा जिम्मेवारी पुरा गरेकी थिईन् । त्यसैले त आजभन्दा चार वर्षअगाडिसम्म छोरा, छोरी, पति र छरछिमेकी ईष्टमित्र सबैकी प्यारी थिइन् उनी ।यसैले अहिले 'काम परे भाँडो, आफल परे ठाँडो' भन्ने उखानसँग आफूलाई दाँज्दै पहिलेका दिनसम्झिन्छिन् उनी ।
सुखी हुन् जति समय लाग्छ, दुखःका दिन आउन छिनभर लाग्दैन् भनेजस्तै रामालक्ष्मी जैसीकोसुखीका दिन एकै झट्कामा पूणिर्मा पछिको रात बन्न पुग्यो । ०६६ चैत २४ गते उनका लागि दुखद् रह्यो । उक्त दिन बेवारिसे बमविष्फोटमा उनी परिन । त्यस दिन हाँकु गाविस-१ गोतामवाडाँका रूपचन्द्र बोहोराको पुरानो घर भत्काउने काममा सहयोग गर्नपुगेकी जैसी बम बिष्फोटमा परिन् । त्यस घटनाले उनको जीवनमा अर्कै मोडमा पुर्याईदियो । त्यो एक छिनको पलले गर्दाजीवनले बाटो मोड्यो उनको । त्यसैले त उनी आज एक्लै भएकी छन् ।
उनको जीवनमा दिन पनि रात भयो । भोक लाग्दा पनि अरूलाई कुर्नु पर्ने, कसले कहाँबाट के देला र खाउँला भन्दैमा आँसुकाभेलमा विते उनका यी दिन अनि रातहरू । अहिले भने अरूकोसाहारामा घरभित्र बाहिर वरपरसम्म गर्नसक्ने भएकी छन् उनी ।त्यस घटनामा परि उनको दायाँ हातको कुहिना भन्दा तलको भागगुम्नुका साथै दुवै आँखाको ज्योति पनि गुमाउन पर्यो । सम्झिन्छिन्पहिला घाँस, दाउरा, मेलापात गरेका दिन अनि उनकै हातलेपोतिएको घरआँगन । रहर लाग्छ, पहिलेका दिन झै गर्ने । तर, केगर्ने नसकेपछि लामो सास फेर्दे भनिन् नसके पछि के लाग्दो रहेछर । छोरा छोरीहरू साना/साना छन् । पतिको स्वास्थ्य चौकीकोकार्यालय सहयोगीको जागिर, जग्गा पनि थोरै छ, वर्षभरि खान,एकसरो लुगाफाटो गर्न समेत पुग्दैन । बालबच्चालाई कसरीपालनपोषण गर्ने, पढाई लेखाई गर्ने । आफ्ना पीडा रूदै सुनाउँदैरामालक्ष्मी भन्छिन् - 'बरू मेरेकै भए अरूलाई पनि दुःख हुन्थेन ।'
उनको उपचार भेरी अञ्चल अस्पताल नेपालगञ्ज, तिलगंगा आँखाअस्पताल काठमाण्डौँमा भएको थियो । रकम भए तिलगंगा आँखाअस्पतालले आँखा फेरी दिने कुरा गरेको थियो । रकमको जोहोगर्न नसक्दा उनका लागि दिन पनि रात जस्तै भएका छन् ।राहतका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालय, स्थानीयशान्ति समिति र राष्ट्रिय मानवअधिकार आयोग उप क्षेत्रीयकार्यालय निवेदन दिएपछि उनले ०७० असार २३ गते एक लाखपाएकी थिइन् । त्यस समय उपचारका क्रममा ४० हजार ९ सय७२ रूपैया उपलब्ध गराएकोमा इन्सेकलाई धन्यवाद दिँदै भन्छिन् उनी- 'इन्सेकले लगाएको गुन कहिल्यै विर्सन्न । '
मानदत्त रावल
-
सम्बन्धित फिचरहरू
चिसोसँगै खाद्यान्नको अभाव झेल्दै राउटे समुदाय ! (फोटो फिचर)
फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले सुर्खेतको बराहताल गाउँपालिका–८ र वीरेन्द्रनगर नगरपालिका–२ को सिमाना गिरीघाड खोला किनारमा बस्दै आएका छन् । केही समयअघि दैलेखको डुङ्गेश्वर गाउँपालिकामा बस्दै आएको राउटे…
आरनबाटै जीविका चलाउँदै कालीगढहरू !
सल्यान सारदा नगरपालिका–२, खलङ्गाका ६४ वर्षीय विष्णु विश्वकर्माले १० वर्षको उमेरदेखि नै आरनको काम गर्दै आउनुभएकाे छ । पाँच वर्षको उमेरदेखि नै उहाँले फलामका हतियार बनाउन सिक्नुभएको थियाे । उहाँका…
दोरम्बा घटनामा पति मारिएपछि एक्लिएकी मेन्दो !
सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबिच दाङको हापुरेमा वार्ता चलिरहेको बेला २०६० साल साउन ३२ गते सेनाले रामेछाप दोरम्बामा १९ जना माओवादी नेताहरूको सामूहिक रूपमा हत्या गरेको घटनामा पति मारिएकी…
वैकल्पिक व्यवस्था नगरेरै भूमिहीन सकुम्बासीकाे उठिबास !
वीरेन्द्रनगर नगरपालिका–७, खारखोलीमा बस्दै आउनुभएकी नन्दकला विकलाई रातदिन चिन्ताले पिरोलिरहेको छ । कुन बेला सरकारले घर भत्काइदिने हो भन्ने कुरा उहाँको मनमा खेलिरहन्छ । किनभने उहाँले बनाएको घर सरकारी जग्गामा…
वैदेशिक रोजगारीको प्रभाव, बढ्दै सम्बन्ध विच्छेद
धनकुटाको साँगुरीगढी गाउँपालिका-१ का ३७ वर्षीय मङ्गलबहादुर विश्वकर्मा ०६९ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया जानुभयो । तीन वर्ष मलेसिया बसेर ०७२ सालमा नेपाल फर्किदा उहाँकी पत्नी खेमकुमारी विश्वकर्माले दोस्रो विवाह…