राजधानीमा छुवाछूत उस्तै
बाबुराम विश्वकर्मा
१९ श्रावण ०६२
राजधानीका दलित संघसंस्थाहरू सहरको भित्री भागमा छुवाछूत विरोधी कार्यक्रम गर्दै जातीय भेद्भावविरोधी अभियान अघि बढाइरहेको दाबी गरिरहेका बेला राजधानीकै गोठाटार गाविसका दलितहरू भने स्थानीय कृष्णमन्दिरमा बाहिरैबाट पूजा गर्न बाध्य पारिएका छन् । दैनिकजसो राजधानीमा आयोजना गरिने छुवाछूतविरोधी अभियानले राजधानीभित्रै छुवाछूतका पर्खाल भत्काउन सकेका छैनन् ।
गोठाटार गाविस भवनअगाडि रहेको कृष्ण मन्दिर स्थानीय तहमा हिन्दूहरूका लागि प्रसिद्ध छ । मन्दिरको पुर्वी भागलाई कथित तल्लो जाति मानिने रामबहादुर परियारको घरले छोएको पनि छ । त्यसो त, १० वर्षघि कृष्ण मन्दिरको ढोका पनि रामबहादुरले बनाएका हुन् । तर आफ्नो घरले छोएको र आफैले बनाएको मन्दिरको संघार कटेर पूजा गर्नबाट रामबहादुर वञ्चित छन् । 'यो मन्दिरमा कुनै पनि दलित पस्न पाउँदैन । बाहिरैबाट पुजा गरेर फर्किन्छन् । मेरो घरले यसलाई छोइरहेको छ, तर मैले छुनु हुँदैन ।' रामबहादुर बताउँछन् । २५ लाख ९५ हजार ५ सय ५१ रुपैयाँमा भवन निर्माण सम्पन्न भएको यो मन्दिर बनाउदा दलितहरूले पनि सक्दो योगदान गरेका छन् ।
यो मन्दिरमा माघको श्रीपञ्चमी र साउनको कृष्ण अष्टमीमा विशेष मेला लाग्ने गरेको छ । करिब एक महिना चल्ने उक्त मेलामा कथित उच्च जातिहरू मन्दिर भित्रबाट पूजार्/अर्चना गर्छन् भने दलितहरू बाहिरैबाट । मन्दिरको मुर्तिका लागि दमाईले सिलाएको कपडा भगवानलाई चल्ने, तर सिलाउने मान्छे मन्दिर भित्र जान किन नहुने भन्ने प्रश्नमा पूजारी महिला गंगामाया कोइरालाको जवाफ यस्तो थियो- 'दान र कपडा बिटुलो हु“दैन, चल्छ,तर सानो जात भित्र गए भने गाउ“लेहरूले बबाल गर्छन् ।'
दलितहरूले पनि मन्दिरभित्र प्रवेश गरेर पूजा गर्ने आ“ट गरेका छैनन् । दलितभित्र व्याप्त रहेको हीनताबोध यसका लागि बाधक छ । 'ठूला बिष्टहरूले भित्र जानु हु“दैन भनेका हुनाले बाहिरैबाट पूजा गरेका हौ“ । यो उमेरमा मलाई भित्र बोलाए पनि जान सक्दिन“' राममाया परियार बताउ“छिन् । गोठाटार गाविसका सचिव मुकुन्दप्रसाद गजुरेल स्थानीय दलितहरूले छुवाछूतको विरोधमा बोल्न नसकेको र छुवाछूत सहनुलाई आफ्नो कर्तव्य मानेको उल्लेख गर्छन् । 'मैले जबर्जस्ती मन्दिरमा दलितलाई हुल्ने हो भने मै बहिष्कृत हुन्छु । उनीहरू आफै जाने हिम्मत गर्दैनन् ।' मन्दिरका पुजारी हिरप्रसाद नेपाल पनि आफूले कसैलाई मन्दिर भित्र आउन आह्वान गर्न नसक्ने बताउँछन् ।
मन्दिरमा मात्र होइन, गोठाटारका धारा, कुवा तथा होटलहरूमा समेत छुवाछूतको चर्को भेद्भाव व्याप्त छ । यसविरुद्ध स्थानीय दलितहरूले हीनताबोधकै कारणले होला, विरोध गर्न सकेका छैनन् । अन्तर्राष्ट्रिय रूपमा जातीय विभेद् उन्मूलनको घोषणा भएको ४० वर्षबिते पनि व्यवहारमा छुवाछूत नहटेकै कारण राष्ट्रिय दलित आयोगले देशव्यापी रूपमा छुवाछूत विरोधी अभियान सुरु गर्ने उद्घोष गरेको छ । आयोगका अध्यक्ष भागवत विश्वासीले छुवाछूत उन्मूलनको लहर सिर्जना गर्न अन्तर्जातीय विवाह गरेका दम्पत्तीलाई निश्चित अवधिसम्मका लागि पाँच लाख रुपैयाँ रकम वितरण गर्न सरकारसँग माग गरेका थिए । आयोगले छुवाछूत उन्मूलनका लागि गाउँ गाउँमा सहभोज, मन्दिर प्रवेश, अन्तर्जातीय विवाहलाई प्रोत्साहन अभियान, अन्तरदलित गृह तथा भान्छा प्रवेशलगायतका कार्यक्रम गर्ने जनाएको छ । तर यस्ता अभियानले राजधानी भित्र कै छूवाछूतलाई चुनौति दिन सक्लान् त !
-
सम्बन्धित फिचरहरू
दुर्गम गाउँमा अन्धविश्वासकै त्रासले सुरक्षित प्रसूतिकै चिन्ता
सुरक्षित प्रसूतिका लागि भन्दै नेपाल सरकारले देशभर स्वास्थ्य केन्द्र र चौकीहरूमा बर्थिङ सेन्टरहरू सञ्चालनमा ल्याएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन भत्ताको समेत व्यवस्था छ । घरमै…
गोरेटो बाटो र सिटामोलको अभावमा बाँच्न बाध्य तिंकरबासी
आफ्नै गाउँ जान पनि भारतीय अनुमति लिएर हिँड्नु पर्ने ठाउँ हुन्, जिल्लाको व्याँस गाउँपालिका–१ स्थित दुई ओटा बस्ती छाँगरू र तिंकर । सदरमुकाम खलंगाबाट १ सय ३० किलोमिटर टाँढाका यी गाउँ…
बाढीपहिरो प्रभावित जोडु विद्यालय : विद्यार्थीलाई पढ्ने भन्दा भत्किने डर
जुम्लाको दुर्गम भेगको स्कूल । पुराना भौतिक संरचना । चारैतिर भत्किएका पर्खाल । जहाँ भत्किएका पर्खाल भित्र विद्यालयमा विद्यार्थीको पठनपाठन । सिंजा गाउँपालिका – ६ जोडुस्थित श्रीमाध्यामिक विद्यालय लामो समयदेखि…
ज्यान जोखिममा राखेर न्याघरी नदी छिचोल्दै बालबालिका (फोटो फिचर)
सिगास गाउँपालिका–७ स्थित न्वाघरी नदीले यहाँका सयौँ बालबालिकाको सपना बगाइसकेको छ । तीन जना बालबालिकाहरु न्वघरी नदीमा विलय हुनुभएको छ । सयौँ बालिबालिका न्याघरी छिचोल्न नसकि पढ्ने समनालाई कक्षा तीनमै…
आमासँगै कारागारमा बसेर सजाय भोग्दै निर्दोष बालबालिका
वरिपरि अग्ला अग्ला पर्खाल त्यहिमाथि काँडेतार । चिसोमा मुटु काँप्दै, गर्मीमा लथरम्म पसिनाले शरीरपुरै भिजेको । यो दृश्य चार दिवालभित्रको पक्की भवनको महिला बन्दी गृह हो । सुर्खेत कारागारमा ३३…