यार्सागुम्बाको खोजीमा कष्टपूर्ण जिवन बिताउन बाध्य स्थानीय (फोटो फिचर)
अपिहिमाल गाउँपालिका–२ का पार्वती धामी तीन वर्षीय छोरा लिएर अपिको लोलु पुगेकी छिन् । यार्सागुम्बा संकलनको लागि भन्दै वैशाख दोस्रो साता उहाँ लोेलु पुग्नु भएको हो । दुई महिनाको लागि परिवार सहित घरबाट धेरै टाँढाको पिलकन्दमा पाल हालेर बसेका छिन् ।
‘यो रहरले आइएको हैन्,’ पार्वतीले भन्नु भयो, ‘यार्सागुम्बा संकलन नगरे वर्षभरीको छाँक कसरी टार्नु । यो विगतदेखि नै यसरी लेक गएर यार्सागुम्बा संकलन गर्नु बाध्यता हो ।’
पाल, ओडार र छाप्रामा बस्दा हामीले समस्यामाथि समस्या भोग्दै आएका छौँ उहाँ सुनाउनु हुन्छ । यस्तो कष्ट नगर्दा पनि परिवार चलाउन सकिदैन् । उहाँले थप्नु भयो ‘मैले यो बाबुलाई एक वर्षदेखि आफूसँगै यार्सागुम्बा संकलनको लागि लेक लिने गरेकी छु ।’ अब त चिसोमा बस्न सक्ने भइहाल्यो । मज्जाले हिउँमा खेलिरहेको हुन्छ । आफूले अरु काम गर्नु पर्छ ।
उहाँ मात्र हैन् अपिहिमाल गाउँपालिका–१ का प्रेमसिह जागरीले पनि आफूसँगै दुधे बालक श्रीमति लिएर धौला ओडारमा व्यवसाय थापेका छन् । सानो बच्चालाई जाडोले च्याप्ने डर हुन्छ । तर, उहाँले परिवार नै दुई महिनाको लागि लेक लगेका छन् ।
‘जेठी छोरी २० वर्षीया पार्वती धामी चिसो लागेर विरामी भएर घर पठाएको छु’ जागरीले भन्नु भयो, छोरा हेर्न छोरी आएको हो । विरामी भएर घर गएको छ । ‘बालबालिका नल्याऔँ भने वर्षभरीको खर्च जोहो गर्न सकिदैन् । आफुमात्र नभई आफ्ना इष्टमित्रको समेत आफैले खर्च जुटाउनुपर्छ ।’ हाम्रो कमाई गर्ने सिजन यही हो । गाउँको खेतको उब्जनीले कति पुग्छ र ? उहाँले भन्नु भयो ।
झण्डै ४ हजार मिटर उचाईमा पाइने यार्सागुम्बा खोज्न कयौँले आफ्ना नानीबाबु लिएर गएका हुन्छन् । वर्षौदेखि यार्सागुम्बा संकलनमा बालबालिकाको प्रयोग हुने गरेको छ ।
अपिहिमाल क्षेत्रको लोलु, धौँली ओडार, ठाँडापानी, भवयदह, सातगंगा, रोखापु, काँटै, क्षत्ति, धरमघरलगायतका वनहरुमा अहिले स्थानीय जाडोको समयमा पनि पाल, छाप्रा र ओडार बनाएर बसिरहेका छन् ।
झण्डै दुई महिना यार्सागुम्बा संकलन गरे वर्षभरी पुग्ने भएपछि स्थानीय जङ्गलमै बस्ने गर्छन् । पशुचौपाया समेत सँगै लिएर उहाँहरु यार्सागुम्बाको खोजीमा जाने गर्छन् ।
यार्सागुम्बाको खोजीमा गाउँ नै रित्तो
समुद्र सतहदेखि झन्डै ४ हजार मिटर उचाइमा पुगेर यार्सागुम्बा खोज्नको लागि यति बेला गाउँ पुरै खाली हुँदैछन् । यो पटक हिमपात ढिलोसम्म भएका कारण धेरै जना पाटन पुगेका छैनन् । तर, यो बेला अपिहिमाल, मार्मा, नौगाड, व्याँस, दुहुँ गाउँपालिकालगायतबाट ठुलो सङ्ख्यामा स्थानीय यार्सागुम्बाको खोजीमा पाटन उक्लिरहेका छन् ।
‘जेठ महिना पुरै गाउँ सुनसान गरेर स्थानीय यार्सागुम्बा र जडिबुटी खोजीमा जाने गर्छन्,’ अपिहिमाल गाउँपालिका–१ का स्थानीय देवसिह जागरीले भन्नु भयो । ‘यो एक महिना यहाँका स्थानीयको लागि महत्वपूर्ण समय हो ।’ उहाँले आवतजावत गर्ने स्थानीयलाई सहज होस् भन्दै सीमार क्षेत्रमा होटल चलाएका छन् । लेकाली क्षेत्रमा आवतजावत गर्नेलाई कसैले पनि अप्ठ्यारो नहोस् भन्नको लागि खान बस्न व्यवस्था गरेको छु ।
अपिहिमालका अधिकांशले आफ्ना भेडा पशु चौपायासँगै लेक लगेका छन् । यार्सागुम्बा संकलनसँगै उनीहरुलाई चरिचरन लेकमै हुने गर्छ । साविकका घुसा गाविसका स्थानीयको भेडा चरिचरन क्षेत्र लोलु क्षेत्र हो ।
खण्डेश्वरीका स्थानीय धरमरघ क्षत्ति लिने गर्छन् भने नौगाड, दुहुँ, व्याँस, महाकालीका भेडापालक कृषकहरु व्याँस गाउँपालिकाका विभिन्न वनहरुमा पशुचौपाया लिने गर्छन् ।
महङ्गो खाद्यान्न उपभोग गर्नु पर्ने बाध्यता
यार्सागुम्बा संकलनमा जानेहरुको लागि सबै भन्दा खर्चिलो भनेको खाद्यान्न हो । ४५ देखि ५० रुपियाँमा पाइने मोटो खाद्यान्न चामल यार्सागुम्बा पाइने क्षेत्रमा पुग्दा १ सय ५० रुपियाँ बढि पुग्ने गरेको छ । अपिहिमाल गाउँपालिकाको मकरिगाडसम्म मात्र गाडीको पहुँच छ ।
मकरिगाडदेखि घुसासम्म प्रतिकिलो १० रुपैयाँ ढुवानी पर्छ । त्यहाँबाट पनि खच्चडमार्फत ढुवानी हुने गरेको छ । प्रतिकिलो नुनकै ७० रुपियाँ पर्छ, अपिहिमाल गाउँपालिका–१ का स्थानीय मीनबहादुर लोथ्यालले भन्नु भयो । मान्छेबाट बोकाउँदा झनै महंगो हुन्छ ।
अधिकांशले घोडा, खच्चड, भेडाबाख्रामार्फत दुई महिनालाई पुग्ने खाद्यान्न लेकमा ढुवानी गर्ने गर्छन् । यो पटक मौसममा आएको परिवर्तनले यार्सागुम्बा पाइने आशा छैन् उहाँले भन्नु भयो, तैपनि स्थानीयले खाद्यान्न भने ढुवानी गरिसकेका छन् ।
नौगाड गाउँपालिका–४ का जयसिह धामी यार्सागुम्बा संकलनको लागि गाउँबाटै महंगो मूल्यमा खाद्यान्न बोकेर ल्याएको सुनाउनु हुन्छ । धेरै टाढाबाट खाद्यान्न बोकेरै ल्याएका छौँ । अहिलेसम्म हिउँ पग्लिन नसक्दा यार्सागुम्बा खोज्न पाएका छैनौँ । खाद्यान्न ल्याइसकेपछि खानै प¥यो । यो पटक विगतको जस्तो यार्सागुम्बा पाइने अवस्था नरहेको उहाँ सुनाउनु हुन्छ ।
यार्सागुम्बासंकलनका क्रममा पाँच जनाको मृत्यु, तीन जना घाइते
यार्सागुम्बाको सिजन सुरु भएसँगै जिल्लामा अहिलेसम्म दुई जना बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । वैशाख १९ गते हिमपहिरोमा परेर डोटी जिल्ला जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापा, दार्चुला जिल्ला दुहुँ गाउँपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर, उनका आमा ३६ वर्षीया कमला कुँवर, डोटी जिल्ला जोयराल गाउँपालिका–२ का ४५ वर्षीया नवती डोमा थापा र २८ वर्षीय ईश्वरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर ज्ञानेन्द्रबहाुर सिंहले बताउनु भयो ।
व्याँस गाउँपालिका–१ भोलुममा गएको हिमपहिरोमा उहाँहरुको मृत्यु भएको हो । यस्तै यार्सागुम्बा संकलनको लागि व्याँस गाउँपालिका–२ हुङदुङती वन पुगेका दुहुँ गाउँपालिका–१ का मानसिह महर, आनसिह महर र वडा नम्बर २ का महेशसिह बडाल घाइते भएका हुन् । वैशाख ३० गते रााति चट्याङ लागेर उहाँहरु घाइते हुनु भएको हो ।
- नरेन्द्रसिह कार्की
सम्बन्धित फिचरहरू
बेपत्ता छोराहरूको आशमा बस्दै ७९ वर्षीय गोपाल थारु
छोराहरू बेपत्ता भएको वर्षौँ भयो । कुनै समय गाउँबस्तीमा हतियारको त्रास थियो । हतियार कै कानुन थियो । हतियार नै अदालत थियो । त्यो बम बारुद र रगत होली खेल्ने…
खाेला र नदीमा जलवायु परिवर्तनकाे असर, माछा मारेरै जीविका चलाउनेहरू मर्कामा !
सात वर्ष अघिसम्म लेकवेशी नगरपालिका–८ का ८८ वर्षीय देवबहादुर थापा माछा मारेर आफ्नो जीविका चलाउनुहुन्थ्याे । उहाँले स्थानीय झुप्रा खोलामा जालले माछा मारेर बिक्री गर्नुहुन्थ्याे । जसले उहाँको जीविका राम्रै…
नदी उत्खनन्ले सोनाहाहरूको पेशा सङ्कटमा ! (फोटो फिचर)
बाहिर झिसमिसे उज्यालो छ । महिलाहरू खाना पकाउन व्यस्त छन् । पुरुषहरू भने गाई, भैँसी र बाख्रालाई गोठबाट बाहिर खुल्ला ठाउँमा सार्दै छन् । बिहान नहुँदै पुरा गाउँ बिउँझिएको छ…
राउटे समुदायलाई गास र बासको चिन्ता, प्रत्येक वर्ष घट्दै जनसङ्ख्या !
आफूलाई जङ्गलको राजा भनेर चिनाउने राउटे समुदाय जनसङ्ख्या हरेक वर्ष घटिरहेको छ । अहिले राउटे समुदायमा ४१ घरधुरी छन् । १ सय ३४ जना मात्रै सङ्ख्या छ । राउटेसँग काम…
‘देशलाई दृष्टि चढाएर अन्धकारमा बाँच्दैछु !’
एम–१६ छैन हातमा । न त लडाकु ड्रेस । १० वर्षे सशस्त्र युद्धमा ३२ बढी लडाईँ थेगेका पूर्वलडाकु सहायक कमाण्डर लालबहादुर वलीको दैनिकी हिजोआज एक थान लठ्ठीको साहारामा छ ।…