‘यसपाली त मनै फाट्यो, के ले सिउने के ले टाल्ने हो ?’

काभ्रे । ०८१ असाेज १८ गते

पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालेयसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो ?’ काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल नपा–११ पात्लेखेतका ५५ वर्षीय शिक्षक सदानन्द धिताल असोज १७ गते बनेपा आएर अरुणा लामाको श्वरमा गाइएको यो गीत गाउँदै आफ्नो च्यातिएको जुत्ता सिलाउँदै थिए । ‘यसपालीको दशैँदशामा परिणत भयो के गर्नु यसैले टार्नुछ ।’-उनले भने । उनको ९ रोपनी खेतमा झुलेका धानहरू सबै बगरमा मिसिए । ‘यसपल्ट ५० मुरी फल्थ्यो तर के गर्ने बाँचियो त्यसैमा खुशी छु ।’-उनले थपे । सदरमुकाम धुलिखेलको तिलखोरिया र नेपानेगाउँ बाढी पहिरोबाट पूरै विस्थापनमा छ । धितालले पढाउने कालीदेवी मावि डाँडागाउँको विद्यालय भवन तलबाट पहिरोले तानेर माथिबाट माटोको ढिस्कोले छोपेको छ । ‘स्कूल खुलेको छैन । पानी रहेपछि स्कूल गएको पूरै पुरिएको रहेछ अनि विद्यार्थीको घर–घरमा गएर अवस्था बुझ्यौँ ।’-उनले भने ।

photo20241004kabhre (16)

शिक्षक सदानन्दलाई आफ्नो थुप्रै सम्पति नोक्सान भएपनि गाउँमा भएका केही घटनाले पीडा दिएको छ । ‘विचरा माधव न्यौपानेले दुई तले पक्की ढलान घर बनाएर वैशाख १ गते नयाँ घरमा सरेका थिए । म आफैँले रूद्री पुजा गरेँ । घरभित्र पहिरो पसेर त्यो घर पूरै बस्न नहुने भएछ ।’ उनलाई धुलिखेल नपा–११ डाँडागाउँका आठ वर्षीय निशान विश्वकर्मा र ५० वर्षीय बद्री गौतमको मृत्यु भएको घटनाले निकै चिन्ता लागेको छ । ‘निशानको आमा ठेलागाढामा सामान बेच्थिन्पसलको सामान बेच्दै गर्दा पहाडै आएर थिचेछ । काठको ट्रष्टमा बस्थेविचरा विजोग छ ।’-शिक्षक धितालले एक सासमा भने ।

photo20241004kabhre (17)

पनौती नपा–१ रयाले बत्ति मूनिको अँध्यारो जस्तै छ । अविरल परेको वर्षाका कारण उज्यालो छैन । पिउने पानीको हाहाकार छ । केही सर्वसाधारण बाढीपहिरोमा परी मरेका छन् । अधिकांश भौतिक संरचनाको क्षति भएको छ । सार्वजनिक सडक सञ्जालहरू बन्द छन् । पनौती नपा–१ भञ्ज्याङ्गका रामप्रसाद सापकोटाको दुई छोरीलाई पहिरोले लग्योपत्नी शान्ति सापकोटा घाइते छिन् । कहिँ निस्केर जाने बाटो छैन । निउरे खोला वडा कार्यालय हुँदै पर्खालचौर बजार र बस्तीमा छिरेर अस्तव्यस्त बनायो । मूलखोला रेन्बो ट्राउट फर्म व्यवसायी रामकृष्ण पराजुलीको पनि बाढी पहिरोले निद हराम भएको छ । बाढीको बेगलाई नियालेका उनले झण्डै ३ हजार केजी माछा गुमाए । उनको भन्दा झण्डै १ सय मिटर माथि महालक्ष्मीका नेत्र तामाङ्गको भैँसी फार्ममा रहेका एक दर्जन भैँसी र दुई दर्जन जति पाडापाडी पहिरोमा पुरिए । मृत चौपायको उचित उद्धार नभएकोले दुर्गन्ध फैलन थालेको छ । सुरेश तामाङको खानीखोलामा रहेको सबैभन्दा पूरानो ट्राउट फर्म पनि क्षति भएको छ । उनको रेष्टुरेन्टमा प्रयोग हुने सामग्रीहरू खोलाभरी छन् । कुच्चिएका गाग्रीटेवुल कुर्सीका खुट्टा बगरतिर यत्रतत्र छन् । उनको परिवार पनि विस्थापनमा छ ।

photo20241004kabhre (18)

खानीखोला जाने मुल खोलाको पुल पूरै टालिएको छ । बिजुलीका पोलहरू खोलामा लडिरहेका छन् । तारहरू असुरक्षित भएर झुण्डिएका छन् । हिमपाइपहरू खोलाभरी देखिएका छन् । कृष्णबहादुर थापाको लमतन्ने बारीको पाटो बगरमा परिणत भएको छ । आनाको ७ लाख दिँदा नबेचेको उक्त जग्गा अहिले पूरै ढुङ्गे बगर भएको छ । समयमौसम सबै यहाँका मान्छेका लागि प्रतिकूल भएका छन् । बाढीले नबगाएको कुनै नदी किनारका बस्ती र खेतीपाती छैनन् । केही आम्दानी गरौँला भनेर गाईभैँसीबाख्रालगायत चौपाया पालेर दुःख गर्नेहरूको पीडा कसले बुझिदिने ?

मूल सडकहरूमा पहिरो पन्छाउने काम थालिएको छ । पनौतीदेखि मानेदोभान जाने बाटोमा बल्ल यातायात चल्नसक्ने अबस्था देखिएको छ । ‘किसान जहिल्यै मर्कामा । कहिले बँदेलको आङ्तककहिले बाढी–पहिरोकहिले पशुमा रोगब्याधी अर्थात महामारी । 'यति मात्र होइन उचित मूल्यमा उत्पादित फलफूल र अन्नपातले बजार नपाउँदा अर्को समस्या छ ।'-विक्रम सापकोटाको दुःखेसो छ । लामदुवालीको फाँट खोलाको किनारका आसपासका सबैजसो खेतझागमरे कपिल सापकोटाको खेत केही बचेको छैन । पक्की सडकमा धेरै ठाउँ भासिएको छ । उता कमेराखानीमा चित्रप्रसाद सापकोटाको घर पूर्णरुपमा क्षति भएको छ । ‘रातभर जाग्राम बस्यौँ । पछाडिबाट थुनिएको पहिरो खोल्ने प्रयास गर्‍यौँ तर घर जोगाउन सकिएन ।’-सापकोटाले भने ।

photo20241004kabhre (19)

राष्ट्रिय जनगणना २०७८ अनुसार काभ्रेपलाञ्चोक जिल्लामा १ सय ३५ वडामध्ये ५१ वडामा बाढी१ सय १५ वडामा पहिरो४३ वडामा भूक्षय१८ वडामा डुबान५४ वडामा आँधि– हुरी–बतास५० वडामा चट्याङ४६ वडामा असिना४ वडामा अतिवृष्टि६ वडामा खण्डवृष्टि५३ वडामा सुख्खा र खडेरी३६ वडामा आगलागी७१ वडामा बन डँडेलो र आठ वडामा कुनै पनि जोखिम नभएको विपतको पूर्व अनुमान छ । खानेपानीको अभाव भएसँगै पानी उमालेर मात्र खानका लागि स्वास्थ्यकर्मीको सल्लाह छ । बाढी पहिरोले खानेपानीमा समस्या भएपछि पनौती नपा–१ रयालेका वडा अध्यक्ष जय लामाले खानेपानी पाइप लगेर बाँढ्न थालेका छन् । बाढी–पहिरोपछि खानेपानीका मुहानहरू पूर्ण रुपमा अवरुद्ध छन् । सदरमुकाम धुलिखेल लगायत बनेपापनौती जस्ता सहरहरू समेत खानेपानीको अभाव झेल्दैछन् । यहाँ ल्याएको पानीको मुहान भुमेडाँडालाई नै पहिरोले क्षतविक्षत बनाएको छ । नेपाल खानेपानी संस्थान काभ्रेका सूचना अधिकारी होमप्रसाद चौंलागाईका अनुसार शशिपानीएकीकृत खानेपानी र मिनरल आयोजना बन्द छ । अधिकांश स्थानका खानेपानीका पाइपहरू बगाएका कारण पानीको हाहाकार छ । केही स्थानमा पुराना मुहान र कुवाहरूको खोजी गरिएको छ ।

यस जिल्लामा एक अमेरिकन नागरिकसहित ७५ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीद्वारा उद्धार गरेका २२ जनाको धुलिखेल र बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बाढीपहिरोमा परेका ५० जना उपचार पश्चात घर फर्किएका छन् । अझैसम्म धुलिखेलतेमाल र चौरीदेउराली गाउँपालिकाका सात जना व्यक्ति परिवारको सम्पर्कमा छैनन् । हराइरहेका छन् । बाढीपहिरोका कारण समस्यामा परेका सात सय ११ जनालाई नेपाली सेनाले हेलिकोप्टरबाट तथा सशस्त्रजनपद र सर्वसाधारणले समेत गरी ४ हजार १ सय १० जनालाई आपत्तकालिन अवस्थामा उद्दार गरिएको छ । बनेपा–बर्दिबास सडकको बिचमा पहिरो आएर समस्यामा परेका ८ हजार ४ सय ७१ जनालाई विभिन्न खाले सवारीसाधनबाट आ–आफ्नो बासस्थानतिर पठाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । अरुणा लामाले गाएको गीत झैँ काभ्रेमा भूकम्प र कोरोनाको महामारीबाट उठ्न नपाउँदै बाढी पहिरोले पिरोलेको छ । भूकम्पबाट बल्ल तङ्ग्रिन थालेको काभ्रेमा बाढीपहिरोको बिपत्तिले फेरि यो गीतलाई सम्झायो-पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालेयसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो ?’

- सुमित्रा आचार्य