'मासु त कुहियो होला । हाड त देखाओ।'
गोपीकृष्ण भट्टराई
दिनभरिको कामको थकान । ओछ्यानमा पल्टनासाथ उनीहरू भुसुक्कै निदाए । 'ढोका खोल्नुस् !' 'ढोका खोल्नुस्!' भन्ने एक्कासि आएको तिखो आवाजले निद्रा बिच्कियो । माओवादी र राज्यको जगजगी भएको समय । मध्यरातमा ढोका खोल्नुस् भन्ने ठूलो स्वर सुनेर उनलाई भित्रैदेखि डर लाग्यो । उनले मनलाई दह्रो बनाएर सोधे- "को हो - किन यति मध्यरातमा -"
ढोका खोल्नुस् भन्नेहरूले भने- "हाम्रो साथी कसरी मर्žयो - सोधपुछ गर्न आको ।" त्यस समयसम्म गोमा पनि ब्युँझिसकेकी थिइन् । मान्छे मर्žयो भनेपछि गोमा र उनका पतिले चोटाबाट तल आई डराई डराई ढोका खोले । ढोका मात्र के खुलेको थियो, तीनजना घरभित्र पसे अनि भन्न थाले- "हाम्रो साथीलाई सेनाले मार्žयो । हामीलाई माथिबाट आदेश आएको छ । तपाइँलाई लिन आएको" उनीहरूले गोमालाई भने । घरभित्र पस्नेमा एकजना महिला र दुई पुरुष थिए । पर्शुरामले गोमालाई होइन मलाई लैजाओ भनी उनीहरूसँग अनुरोध गरे । बोल्यो कि पोल्यो भने झैँ जसलाई साथमा लिन आएका थिए उसलाई बाहेक अरुलाई नलाने भन्दै उनीहरूले गोमालाई जबरजस्ती लिएर गए । साथमा लाने समयमा उनीहरूले भनेका थिए- "जस्तो लगेका छौँ त्यस्तै भोलि बिहान छ बजे बुझाउँछौँ ।" चार वर्षपूरा भइसक्यो तर उनीहरूले गोमालाई बुझाएका छैनन् । उल्टै उनको अवस्थाको बारेमा जानकारी माग्दा धम्की खप्न बाध्य भएका छन्- धादिङका पर्शुराम कोइराला ।
माओवादी सशस्त्र द्वन्द्वका हजारौँ पीडा र वेदनाका कथामध्ये माओवादीले अपहरण गरी बेपत्ता बनाएको यो एउटा कथा हो । नेकपा (माओवादी) का धादिङ छत्रेदेउराली गाविसका नरेश भनिने नारायण केसी, सिम्ले गाविसकी प्रभा र नुवाकोट जिल्ला दुईपिपल गाविसका दिवाकर भनिने रामशरण सुवेदीले ०६० मङ्सिर २८ गते राति धादिङ जिल्ला केवलपुर गाविसकी ३७ वर्षीया गोमा कोइरालालाई अपहरण गरेका थिए । उनको अवस्था हालसम्म पनि अज्ञात रहेको छ । "अपहरणमा संलग्न भएकी प्रभाले धादिङ धुवाँकोट निवासी एक पुरुषसँग विवाह गरी बच्चा जन्माइसकिन् । तर पनि गोमालाई कहाँ लगियो - के गरियो - उनको अवस्थाको बारेमा जानकारी दिन अपहरणमा संलग्न भएकाहरू केही बोल्न चाहँदैनन् । उल्टै धम्की दिन्छन् ।" गोमाका पति भन्छन् । माओवादीले आफ्ना कार्यकर्ता कल्पना भन्ने मुना श्रेष्ठलाई मार्न सुराकी गरेको आरोपमा गोमालाई अपहरण गरी बेपत्ता बनाएका थिए ।
गोमाको खोजी उनको परिवारले नगरेको होइन । अपहरण गरेको भोलिपल्ट छ बजेसम्म पनि उनलाई फिर्ता नल्याइदिएपछि उनको परिवार र आफन्त तथा दाजुभाइ गरी करिब ३० जना केवलपुर गाविसको जङ्गलमा पुगे । उनीहरूले जङ्गलका कान्ला, बुटा, झाडी सबै ठाउँमा खोजे तर गोमाको अत्तोपत्तो लाग्न सकेन । निराश भएर उनीहरू घर फर्किए । करिब ४० जनाको एक समूह गोमाको खोजीको लागि पर्सिपल्ट पुनः जङ्गल पस्यो । खोजीमा लागेका उनीहरूलाई दीपक भन्ने एकजना र करिब ११-१२ वर्ष तीनजना केटाकेटीले "खोज्न हिँडे ग्रिनेड र बम पड्काएर मार्दिन्र्र्छौ" भने । अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ भने झैँ उनीहरू एकजनालाई त लगे लगे अरुलाई लग्लान् भन्ने डरका कारण र माओवादीमा लागेका ती सानासाना बालबालिकाले दिएको धम्कीका कारण त्यस दिनदेखि खोज्नका लागि गएनन् ।
"उनीहरूले धम्की दिए पनि मैले गोमाको खोजीको लागि कहिल्यै पनि हरेस खाइन ।" गोमाका पति पर्शुरामले अगाडि भने- "इन्सेक, राष्ट्रिय मानवअधिकार आयोग, एम्नेष्टी इन्टरनेसनल, ओएचसिएचआर, आइसीआरसी,नेपाल मानवअधिकार संगठन, एड्भोकेसी फोरमलगायतका विभिन्न मानवअधिकारवादी संघसंस्थामा धाइनै रहेँ ।"अहिले माओवादीले गोमालाई सफाया गरिएको भन्न थालेका छन् । पर्शुराम भन्छन्- "सफाया गर्žयौँ भन्छन् । मारेको भए मारेको ठाउँ त देखाओ भन्दा देखाउँदैनन् ।" दण्डहीनताको अन्त्य र संविधानसभाको भूमिका विषयको कार्यक्रममा आफ्नो पीडा पोख्दै पर्शुरामले भने- "आमालाई कहाँ मार्žयौ, मारेको स्थान त देखाओ" भनी छोराले भन्दा उल्टै उनीहरूले धम्की दिए ।" पर्शुरामले अगाडि भने- "मार्žयौ भन्छन् । मासु त कुहियो होला । हाड त देखाओ भन्दा त्यो पनि देखाउँदैनन् । उल्टो धम्की दिन्छन् ।"
सरकारले बेपत्ताको स्थिति सार्वजनिक गर्नका लागि आयोग गठन गर्ने संवैधानिक व्यवस्था गरेपछि बेपत्ता पत्नीको खोजी हुनेमा उनी आशावादी भएका थिए । विडम्बना, बेपत्तासम्बन्धी आयोग गठन गर्ने विषय कागजमा मात्र सीमित बन्न पुग्यो । संविधानसभाको निर्वाचनपछि त सरकारले केही गर्ला भन्ने झिनो आश पर्शुरामले राखेका थिए । तर निर्वाचनपछि माओवादी सबभन्दा ठूलो दल बन्न पुगेपछि झिनो आश पनि उनले मारेका छन् । पर्शुरामले लामो श्वास तान्दै भने- "खै माओवादीले बेपत्ता बनाइएकी मेरी पत्नीको उनीहरूकै नेतृत्वमा बन्ने सरकारले कसरी स्थिति सार्वजनिक गर्लान् र !" इन्सेकले आयोजना गरेको दण्डहीनताको अन्त्य र संविधानसभाको भूमिका विषयका कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनालीको भनाईलाई लक्षित गर्दै उनले भने- "माओवादीको डरले केही अधिकारकर्मीहरू समेत विगतलाई बिर्सनुपर्छ भन्न थालेका छन् । यस्तो अवस्थामा कसरी स्थिति सार्वजनिक होला र बेपत्ता भएकाहरूको -"
सरकारले द्वन्द्वपीडितलाई राहत दिने घोषणा गरेको छ । तर पर्शुरामलाई सरकारको यो निर्णयप्रति चित्त बुझैको छैन । "जब दोषीमाथि कुनै कारबाही नै हुँदैन भने राहत दिएर कसरी पीडितमाथि न्याय हुनसक्छ -" उनको प्रश्न छ । "न्याय र पीडकले सजाए नपाएसम्म राहत र क्षतिपूर्तिको कुनै अर्थ छैन ।" उनी भन्छन् । अपहरणमा संलग्नहरू हाल निस्फिक्रि खुलेआम हिँडेको देख्दा उनलाई कम्ति औडाहा भएको छैन । दोषीलाई कारबाही नगर्दा सरकार नलायक र पङ्गु भएको उनी बताउँछन् । उनको भनाई छ- एउटा अपराधीलाई कारबाही नगर्दा अर्को अपराध जन्मन सक्छ ।
-
सम्बन्धित फिचरहरू
बेपत्ता छोराहरूको आशमा बस्दै ७९ वर्षीय गोपाल थारु
छोराहरू बेपत्ता भएको वर्षौँ भयो । कुनै समय गाउँबस्तीमा हतियारको त्रास थियो । हतियार कै कानुन थियो । हतियार नै अदालत थियो । त्यो बम बारुद र रगत होली खेल्ने…
खाेला र नदीमा जलवायु परिवर्तनकाे असर, माछा मारेरै जीविका चलाउनेहरू मर्कामा !
सात वर्ष अघिसम्म लेकवेशी नगरपालिका–८ का ८८ वर्षीय देवबहादुर थापा माछा मारेर आफ्नो जीविका चलाउनुहुन्थ्याे । उहाँले स्थानीय झुप्रा खोलामा जालले माछा मारेर बिक्री गर्नुहुन्थ्याे । जसले उहाँको जीविका राम्रै…
नदी उत्खनन्ले सोनाहाहरूको पेशा सङ्कटमा ! (फोटो फिचर)
बाहिर झिसमिसे उज्यालो छ । महिलाहरू खाना पकाउन व्यस्त छन् । पुरुषहरू भने गाई, भैँसी र बाख्रालाई गोठबाट बाहिर खुल्ला ठाउँमा सार्दै छन् । बिहान नहुँदै पुरा गाउँ बिउँझिएको छ…
राउटे समुदायलाई गास र बासको चिन्ता, प्रत्येक वर्ष घट्दै जनसङ्ख्या !
आफूलाई जङ्गलको राजा भनेर चिनाउने राउटे समुदाय जनसङ्ख्या हरेक वर्ष घटिरहेको छ । अहिले राउटे समुदायमा ४१ घरधुरी छन् । १ सय ३४ जना मात्रै सङ्ख्या छ । राउटेसँग काम…
‘देशलाई दृष्टि चढाएर अन्धकारमा बाँच्दैछु !’
एम–१६ छैन हातमा । न त लडाकु ड्रेस । १० वर्षे सशस्त्र युद्धमा ३२ बढी लडाईँ थेगेका पूर्वलडाकु सहायक कमाण्डर लालबहादुर वलीको दैनिकी हिजोआज एक थान लठ्ठीको साहारामा छ ।…