भूकम्प पीडितका दुख : चिसाेले कठ्याङ्ग्रिएर त्रिमालमुनि बस्न बाध्य ज्येष्ठ नागरिक र बालबालिका
पुस महिनाको पहिलो साता । हिमाली जिल्लामा निकै चिसो छ । पानी छोई सक्नु छैन । पानी पनि बरफ बनेको छ । यतिबेला यहाँको तापक्रम माइनस ४/५ डिग्री पुग्छ । यो त सदरमुकाम खलंगा बजार तिरको तापक्रम हो । यहाँ गाउँबस्ती धेरै उचाईमा छन् । जति उचाईमा गाउँबस्ती छन् त्यहाँ झनै चिसो हुन्छ । यो जाडोमा कठ्याङ्ग्रिएर त्रिपालमुनि निकै सकस भएर दिन विताउदै आउनु भएको तातोपानी गाउँपालिका – ८ डुंग्रीगाउँकी ६५ वर्षीया भगवती शाही । उहाँका साथमा पाँच वर्षदेखि माथिका बालबालिका छन् ।
जाजरकोटको बारेकोट गाउँपालिका –१ रामीडाँडा केन्द्र बिन्दु बनाएर कात्तिक १७ गते मध्यरातीमा गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पले उहाँको घर भत्काएपछि करिव दुई महिनादेखि उहाँका १२ जनाको घरपरिवार जाडोमा कठ्याङ्ग्रिएर रात काट्दै आएका छन् । उहाँको गाउँ जाजरकोट जिल्लासँग सिमा क्षेत्र जोडिएको गाउँ हो । आमा र छोरा प्रेमबहादुर शाही भन्नु हुन्छ ‘२/३ वर्ष अघि लगाएको नयाँ तीन तले १० कोठे ढुंगा माटोले बनेको घर भुकम्पले भत्कायो । भुकम्पले घर भत्किएपछि दुई महिनादेखि त्रिमालमुनि बस्दै आएका छौँ । घर पुननिर्माण गर्न सकिने अवस्था छैन । अहिले दैनिक घर व्यवहार चलाउनै मुश्किल भएकोले कसरी घर निर्माण गर्न सक्छौँ र ? ’
उहाँले भन्नुभयो ‘म आफै पनि अपांगता भएको व्यक्ति हुँ । तीन वर्ष अघि ज्याला मजदुरी गर्नका लागि भारतको सिम्ला भन्ने ठाउँमा पुगेको थिए । त्यहाँ ल्यान्टर ढलानको काम गर्न क्रममा करेन्ट लागेर विरामी भए । बायाँ हातमा करेन्ट लागेको हो । पछि उपचारको क्रममा बायाँ हातको कुइनादेखि नै फाल्नु पर्ने भयो । दायाँ हात पनि राम्रोसँग चल्दैन । अहिले अपाङ्ग भएको हातको हड्डी पनि बढेको छ । यो वर्ष पुन चेकजाँच गर्न भारत जाने योजना बनाएको थिए । यही वर्ष भुकम्प आएर घर भत्काएपछि सबै कुरा लथालिङ्ग भयो । जान सकिएको छैन । भुकम्पले भत्काएको कर्णबहादुर शाहीको गोठमा खाना पकाएर खाने र त्रिपालमुनि चिसो रात काट्दै आएका छौँ । ’
तातोपानी गाउँपालिकाले केही राहत दुई प्याक चामल, एक सिरक, एक डसना, एक बलाङ्केट र एक त्रिपाल दिएको छ । यस्तै वडाबाट एक प्याक चामल, तीन प्याकेट नुन, एक प्याकेट तेल राहत स्वरुप दिएको भुकम्प पीडित शाहीले बताउनु भयो । यस्तै गरी, डुग्री गाउँका कर्णबहादुर शाहीको पनि घर भुकम्पले भत्किएपछि विस्तापित भएका छन् । कर्णबहादुर तीन घरपरिवार सदरमुकाम खलंगा बजारमा बस्दै आउनु भएको छ भने उहाँका छोरा रमेश शाहीका पाँच घर परिवार अर्काे गाउँ ससुराली घरमा बस्दै आएका छन् ।
तातोपानी गाउँपालिका – ८ वडा कार्यालयमा कार्यरत सामाजिक परिचालक महेन्द्र शाहीका अनुसार ‘यो वडामा भुकम्पले ४ घरजति पूर्ण रुपमा क्षति भएका छन् । ६ वटा घर आशिंक रुपमा क्षेति भएका छन् । पूर्ण रुपमा क्षति भएका घर मध्ये प्रेमबहादुर शाहीको अवस्था भने निकै नाजुक रहेको छ । भुकम्पले भत्काएको कर्णबहादुर शाहीको घरको गोठमा खाना पकाउने र त्रिपालमा सुत्ने गरेका छन् । ठुलो १२ जनाको घर परिवार भएकोले कोही त्रिपालमा कोही गोठमा सुत्ने गरेका होलान् । वडा र पालिकाबाट दिने सकिने राहत दिएका छौँ । उहाँले भन्नुभयो उनी अपांगता भएका व्यक्ति हुन् । आफैले गर्न सक्ने र घर पुर्ननिर्माण गर्न सक्ने अवस्था पनि देखिदैन ।’
वडा र पालिकाबाट गर्न सकिने राहत उपलव्ध गराएका छौँ । पालिकाले घर नै निर्माण गरिदिने सक्ने अवस्था छैन । यो पालिकामा माटाका छाना फर्ने कार्यक्रम छ । उहाँले घर बनाउन सकेको खण्डमा प्रथामिकतामा राखेर छाना फर्ने कार्यक्रम अन्र्तगत ७३ हजार रुपियाँ उपलव्ध गराउन सकिने तातोपानी गाउँपालिका अध्यक्ष नन्दबहादुर चौलागाईले बताउनु भयो । यस पालिका भित्र अन्य वडामा पनि भुकम्पले घर क्षति पुर्याएको छ । अर्काको घरमा बस्दै पनि आएका छन् । जाजरकोट केन्द्रविन्दु भएको भुकम्पले जुम्लामा पनि क्षति गर्याे । तर नेपाल सरकारको आवाज निर्माण कार्यक्रम जाजरकोट र रुकुमपश्चिम मात्रै केन्द्रित भयो । यता केन्द्र सरकारको ध्यान नपुगेको अध्यक्ष चौलागाईको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्याङ्क अनुसार गएको भुकम्पले पाँच घर पूर्ण रुपमा क्षति भएका छन् भने १३४ घर आशिंक रुपमा क्षति भएका छन् । यस्तै भवन दुई वटा आशिंक क्षति भएका छन् । सामुदिायक विद्यालय एक वटा र सरकारी कार्यालय ६० वटा आंशिक क्षति भएको तथ्यांक रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर उमेश चन्दले बताउनु भयो । उहाँले भन्नुभयोे पुरुष एक, महिला एक, बालिका दुई र बालक दुई जना गरी ६ जना घाइते भएका थिए । घाइते सवै उपचारपछि निको भईसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार गएको भुकम्पको क्षति सङ्कलन गरी जिल्लाको विपद व्यवस्थापन समितिको बैठकले निर्णय गरेर गृह मन्त्रालयमा माग पठाएपनि अहिलेसम्म रकम तथा कार्यक्रम आएको छैन । उहाँले भन्नुभयो ‘केन्द्र सरकार जाजारकोट र रुकुमपश्चिम केन्द्रित भएर अहिले यता छायामा परेको छ । जिल्लाको विपद् व्यवस्थापन समितिको कोषमा बजेट शून्य छ । कुनै क्षतिपूर्ति र राहतका काम गर्न सकिएको छैन । केन्द्र सरकारसँग पहल भइरहेको छ । ’
- मानदत्त रावल
सम्बन्धित फिचरहरू
आगलागी पीडितको गुनासो - ‘आगोले सम्पती सक्यो सरकारले ऋण थप्यो’ !
गत वर्ष इस्मा गाउँपालिका–२ की बसुन्धार कुवरको घर गोठ पूर्णरुपमा जलेर नष्ट हुँदा रुप्पे नगद र एक गेडा अन्न जोगिएन् । कुवँरका आँखै अगाडि घरगोठसँगै आठ बोका, पाँच बाख्रा र…
चिसोसँगै खाद्यान्नको अभाव झेल्दै राउटे समुदाय ! (फोटो फिचर)
फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले सुर्खेतको बराहताल गाउँपालिका–८ र वीरेन्द्रनगर नगरपालिका–२ को सिमाना गिरीघाड खोला किनारमा बस्दै आएका छन् । केही समयअघि दैलेखको डुङ्गेश्वर गाउँपालिकामा बस्दै आएको राउटे…
आरनबाटै जीविका चलाउँदै कालीगढहरू !
सल्यान सारदा नगरपालिका–२, खलङ्गाका ६४ वर्षीय विष्णु विश्वकर्माले १० वर्षको उमेरदेखि नै आरनको काम गर्दै आउनुभएकाे छ । पाँच वर्षको उमेरदेखि नै उहाँले फलामका हतियार बनाउन सिक्नुभएको थियाे । उहाँका…
दोरम्बा घटनामा पति मारिएपछि एक्लिएकी मेन्दो !
सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबिच दाङको हापुरेमा वार्ता चलिरहेको बेला २०६० साल साउन ३२ गते सेनाले रामेछाप दोरम्बामा १९ जना माओवादी नेताहरूको सामूहिक रूपमा हत्या गरेको घटनामा पति मारिएकी…
वैकल्पिक व्यवस्था नगरेरै भूमिहीन सकुम्बासीकाे उठिबास !
वीरेन्द्रनगर नगरपालिका–७, खारखोलीमा बस्दै आउनुभएकी नन्दकला विकलाई रातदिन चिन्ताले पिरोलिरहेको छ । कुन बेला सरकारले घर भत्काइदिने हो भन्ने कुरा उहाँको मनमा खेलिरहन्छ । किनभने उहाँले बनाएको घर सरकारी जग्गामा…