बाढीपहिरो प्रभावित जोडु विद्यालय : विद्यार्थीलाई पढ्ने भन्दा भत्किने डर
जुम्लाको दुर्गम भेगको स्कूल । पुराना भौतिक संरचना । चारैतिर भत्किएका पर्खाल । जहाँ भत्किएका पर्खाल भित्र विद्यालयमा विद्यार्थीको पठनपाठन । सिंजा गाउँपालिका – ६ जोडुस्थित श्रीमाध्यामिक विद्यालय लामो समयदेखि बाढीपहिरो प्रभावित विद्यालय हो । जोडु र भाडगाउँको बिचमा पर्ने जोखिमपूर्ण स्थानमा विद्यालय रहेको छ । बाढीपहिरोले विद्यालयका सबै संरचना भत्किएका छन् । त्यही भत्केकै विद्यालयमा घाम लागेको दिनमा विद्यार्थी पठनपाठन गर्न बाध्य छन् । जब पानी पर्न थाल्छ अनि विद्यालयबाट आधा पढेरै घर जानुपर्ने स्थिति छ ।
वर्षायामका कारण कहिले पढाई हुने कहिले पढाई नहुने हुदा पाठ्यक्रम पुरा गर्न निकै समस्या भएकोले घाम लागेको दिनमा अतिरिक्त कक्षा लिएर पनि पाठ्यक्रम पुरा गर्ने गरिएको कक्षा ९ मा अध्ययनरत सक्क्षेस बुढाले बताउनु भयोे । उहाँले भन्नुभयो ‘हामीलाई पढ्ने भन्दा पनि विद्यालय कतिबेला भत्किने हो भन्ने डरले सताउने गरेको छ । कक्षा कोठाका पर्खाल चर्किएका छन् । डरैडरको बिचमा कक्षा कोठामा बसेर पढ्ने गरेका छौँ । ’ हरेक वर्ष साउन भदौको वर्षासँग आउने बाढीपहिरोले विद्यालयका भौतिक संरचना बगाएर लैजाने गरेको प्रध्यानाध्यापक नरबहादुर बुढाले बताउनु भयो । उहाँले भन्नुभयोे ‘हरेक वर्ष आउने बाढीपहिरोले दुख्ख दिन थालेपछि विद्यालय दातस्थित वडा कार्यालय नजिक विद्यालय सार्न तयारी गरेका छौँ । गतवर्ष असोज १९ देखि २३ गतेसम्म आएको ठुलो पानीले बाढीपहिरो आउदा विद्यालय क्षतविक्षत भएको हो ।’
गतवर्ष राष्ट्पति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दुई कोठे भवन निर्माण भएको छ । अहिले साँझेदारी सहयोग केन्द्र (पेस नेपाल) र प्लान इन्टरनेशनल नेपालको साँझेदारीमा सञ्चालित आधार परियोजना अन्र्तगत चार कोठे भवन, तीन कोठे शौचालय र ६ ओटा धारा भएको हातधुने स्थान निर्माण गर्न थालिएको छ । नयाँ विद्यालय सार्न थालिएको स्थानमा भवन बन्दै छन् । तर विद्यालयको पठनपाठन भने पुरानै बाढीपहिरोको जोखिमपूर्ण ठाउँको विद्यालयमै पठनपाठन भइरहेको प्रध्यानाध्यापक बुढाले बताउनु भयो । उहाँले भन्नुभयो ‘नयाँ विद्यालय सारिएको ठाउँमा भवन निर्माण भएपछि अर्काे शैक्षिक सत्र वैशाखदेखि विद्यालय सार्ने तयारी गरेका छौँ । अहिले पनि पुरानो विद्यालय भएको ठाउँमा चार कोठे एउटा ब्लक मात्रै बाँकी छ । जेनतेन त्यहि भवनमा विद्यार्थीको पठनपाठन गरेका छौँ । निकै समस्याका बाबजुत विद्यार्थीको पठनपाठन भइरहेको छ ।’ वर्षायाम पानी परेको दिनमा कहिले स्कूल वन्द गर्ने त, कहिले दिउसो विदा गर्ने गरेको प्रधानाध्यापक बुढाको भनाइ छ ।
नयाँ ठाउँमा विद्यालय सार्ने भनिएको ठाउँमा पनि गतवर्ष वर्ष निर्माण भएको दुई कोठे भवन र अहिले निर्माण हुन थालेको चार कोठे भवन गरी ६ कोठे दुई ओटा भवन हुन्छन् । अझै ८ कोठे भवन अपुग हुन्छ । यस विषयमा गाउँपालिकामा पनि ध्यानाकर्षण गरेका छौँ । अपुग भवन पनि निर्माण हुने अपेक्षा गरिएको छ । अहिले विद्यालयमा २ सय ९८ विद्यार्थी अध्ययनरत रहेका उहाँको भनाइ छ ।
हिमा गाउँपालिका – ३ जोगीवाडास्थित भैरव आधारभुत विद्यालयमा चार कोठे भवन एक ब्लक, ३ कोठे शौचालय र ६ ओटा धारा निर्माणको प्रकृयामा रहको छ । यसै गरी सोही गाँउपालिका– ४ माथिल्ला कुडुस्थित महादेव आधारभुत विद्यालयमा ४ कोठे भवन, शौचालय र हात धुने स्थान निर्माण गर्ने योजना छ । कनकासुन्दरी गाउँपालिका –४ लेकपोरस्थित भैलेपाटा आधारभुत विद्यालयमा २ कोठे दुई ब्लक विद्यालय भवन निर्माण गर्न थालिएको हो । यसै गरी सोही गाउँपालिका – ६ गोरुचौरस्थित श्रीआधारभुत विद्यालयमा ४ कोठे भवन, ३ कोठे शौचालय र ६ वटा धारा भएको हातधुने स्थान निर्माण गर्न थालिएको जनाएको छ ।
सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार जोडुको विद्यालय निकै बाढीपहिरोको जोखिमपूर्ण ठाउँ भएको नयाँ ठाउँमा सार्ने तयारी गरिएको छ । उहाँले भन्नुभयो नयाँ ठाउँमा सार्नका लागि गतवर्ष राष्ट्पति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत दुई कोठे भवन निर्माण गरिएको छ । यो वर्ष गैरसरकारी संस्था प्लान, पेस नेपालको सहयोगमा खानेपानीका धारा, शौचालयसहितको ४ कोठे भवन निर्माण हुदैछ । नयाँ विद्यालय सार्न जोखिएको ठाउँमा भौतिक संरचना अभाव हुने देखिन्छ । त्यसका लागि संघ, प्रदेश, गैरसरकारी संस्था स्थानीय सरकार समन्वय सहकार्य गरी अपुग भौतिक संरचना निर्माण गरी विद्यार्थीको पठनिय वातावरण सहज बनाउने छौँ ।
- मानदत्त रावल
सम्बन्धित फिचरहरू
वैदेशिक रोजगारीमा गएका महिलाको पीडा, बर्वतापूर्ण र दुखद अभिव्यक्ति
कुनै बेला चेलीबेटी बेचबिखन गर्ने जिल्लाको रूपमा चिनिएको सिन्धुपाल्चोक अहिले महिला आप्रवासनका लागि पनि चिनिन थालेको छ । राज्यले स्वदेशमा रोजगारीको सिर्जना गर्न नसक्दा धैरै सङ्ख्यामा महिलाहरू विदेश जान बाध्य…
घरेलु हिंसाबाट ज्यान जोगाएर बाँचेका महिलाहरु
गत वर्षको साउनमा गुर्भाकोट नगरपालिका–१३ मोतिपुरकी ३५ वर्षीया मिनाकुमारी सार्की घरमै काम गरिरहनुभएको थियो । घरमा सासुको मृत्यु भएकोले घरायसी काममै व्यस्त हुनुहुन्थ्यो । त्यस अगाडि उहाँलाई ३७ वर्षीया पति…
द्वन्द्वमा बेपत्ता पारिएको छोरो फर्किने आसमा हुनुहुन्छ ८६ वर्षीया आमा
‘गलत केही गरेको थिएन, अपराध केही गरेको होइन, आफ्नो सोझो गरेर खाने मान्छे, गाउँमा मर्दा पर्दा जहाँ जतिबेला बोलाए पनि जाने, उहाँको जीवनमा त्यही अभिशाप भयो’, तत्कालीन विद्रोही माओवादी पार्टीबाट…
पढाई खर्च नहुँदा विद्यालय छोड्दै बादी समुदायका बालबालिका
शारदा नगरपालिका–१ शान्तिनगरका सागर नेपाली अहिले १९ वर्षको हुनुभयो । कक्षा ६ सम्म पढेका उहाँले कापि, कलम, पोशाक नहुँदा बीचमा नै पढाइ छोड्नुभयो । ‘घरको आर्थिक अवस्थाले भ्याएन्, बुवा बिरामी…
नवजात शिशुको मृत्युदर घटाउने चुनौती
नवजात शिशुको मृत्युदर घटाउने सरकारी लक्ष्यमा चुनौती देखिएको छ । एक वर्षमा जुम्लामा मात्रै २९ जना नवजात शिशुको मृत्यु भएको छ । घटना १ : सिँजा गाउँपालिका– ६ रुगागाउँकी १७…