बढीपहिरो पीडितहरुको पुनर्स्थापना नहुँदा बिचल्लीमा (फोटो फिचर)
दुहुँ गाउँपालिका–५ बन्थोलीका ३१ वर्षीय धु्रबहादुर बमको घर गत भदौ १३ गते आएको पहिराले पुरियो । दुई तले पक्की घर र एउटा अर्को कच्ची घर कालागाड खोलामा आएको बाढीले बगायो । घरमात्र हैन घरभित्र रहेको अन्नपात समेत बग्यो ।
घर बाढीपहिरोमा पुरिएपछि अहिले उहाँ त्रिपाल टाँगेर बस्दै आएका छन् । सिचो बढदै गएको र त्रिपाल टाँगेर बस्दै आएको तीन महिना बितिसक्दा समेत उहाँको पुनर्स्थापनामा कसैले ध्यायन दिन सकेका छैनन् । त्रिपाल मुनीको बसाईसँगै घरमा खान लाउन समेत समस्य भएपनि बम विस्थापित भएर कामका लागि धनगढी पुग्नु भएको छ ।
दुहुँ गाउँपालिका–५ कै टेकबहादुर बमको परिवार पनि त्यही बाढीपहिरोबाट विस्थापित भएका हुन् । उहाँ पनि त्रिपालमै रात विताउँदै आएका छन् । चार जनाको परिवार रहेको वम चिसो समयमा बालबच्चा कसरी बचाउने भन्ने चिन्तामा छन् । उहाँहरु मात्रै नभई गत भदौ १३ गते आएको बाढीपहिरोका कारण दुहुँ गाउँपालिकाका ६ परिवार पूर्ण रुपमा विस्थापित भएका छन् । उहाँहरु अहिले पनि त्रिपालमुनी ओत लागेर पुनर्स्थापनाको पर्खाइमा रहेका छन् ।
बाढीपहिरोबाट पीडित केहि परिवारहरु अरुको घरमा आश्रय लिएर बस्दै आएका छन् । अहिलेसम्म कुनै पनि निकायले पुनर्स्थापनाको लागि सहयोग गरेका छैनन् । कति दिन अरुको घरमा बस्ने बाढीपहिरो पीडित नरेन्द्र बमले दुखेसो गर्नुभयो ।
पहिरोले विस्थापित भएर तीन महिनासम्म पुनर्स्थापनाका लागि कुनै पनि निकायले ध्यान नदिएको बमले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘अब सरकारले पुनर्स्थापनाका लागि कुनै प्याकेज ल्याउँला र त्यसलाई कार्यान्वयन गर्ला भन्ने विश्वास छैन् । अहिले सरकारले १ हजार ५ सय रुपियाँ राहतबाहेक केही दिएको छैन् ।’
१५ हजार रुपैयाँले तीन महिनासम्म कसरी घरको जोहो चलाउनु ? घरमा ६ जनाको परिवार छ । उनीहरुलाई भोकै राख्नु भएन् भनेर ऋण काढेर मङ्सिर पहिलो साता काम खोज्दै धनगढी पुगेको धुव्रबहादुर बमले बताउनु भयो ।
‘एकातिर बाढीपहिराले घर जग्गा सबै लग्यो । अर्कोतिर दुई छोराछोरी पढाउनुछ । घर बनाउन जमिन पनि बचेको छैन्’,उहाँले भन्नुभयो ।
कसैले त्रिपाल, कसैले खाद्यान्न, कोहीले लत्ताकपडा दिएर अहिले परिवार त्रिपालमा बसेका छन् । सरकारले कहिले पुनर्स्थापना गर्छ थाहाँ छैन् । हिमपातको सिजन सुरु हुँदैछ । परिवार पाल्ने चिन्ता अर्कोतिर छ । तीन तहको सरकारले अहिलेसम्म त्रिपालमा बस्नेहरुको पीडा नबुझेको उहाँको गुनासो छ । कयौ त आफन्तका घरमा बसेका छन्, हामीकहाँ गएर बस्ने उहाँले सुनाउनु भयो ।
दुहुँ गाउँपालिका–२ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता गोविन्द डडालले बाढीपहिरोबाट गाउँपालिकाभरीबाट विस्थापित भएका ६ परिवार त्रिपालको आश्रय लिएर बस्दै आएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ६१ परिवारको घर पूर्ण रुपमा क्षति भएको छ । नौ ओटा पसलमा क्षति पुगेको छ । ३ सय ७६ परिवारको सयौं रोपनी जमिन बाढीपहिरोमा परेको छ । १ सय ६३ परिवार उच्च जोखिममा बसोबास गर्दै आएका छन् ।
दुहुँ गाउँपालिकामा बाढीपहिरोका कारण अकल्पनीय क्षति पुगेको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘पाँच जनाको ज्यान गएको छ । पाँच ओटै वडाका बस्तीमा क्षति पुगेको छ । गाउँभन्दा माथिबाट आएको बाढीपहिरोले दुहुँ क्षतविक्षप्त अवस्थामा पुगेको छ ।’
संघीय सरकारले दुहुँ गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ, अध्यक्ष कार्कीले भन्नु भयो, सरकारले यो क्षेत्रको पुनर्निर्माणको लागि अब केही नयाँ प्याकेज ल्याउने आशा छ । प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकारको सहकार्यमा मात्रै दुहुँ पुनर्निर्माण सम्भव छ, कार्कीले भन्नु भयो ।
प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशी दुहुँमा बाढीपहिरोबाट भएको क्षति अकल्पनीय भएको बताउनुहुन्छ । सबै जमिन ध्वजाध्वजा बनेको छ । यो क्षेत्रको अधिकांश बस्ती स्थानान्तरण गर्नुको विकल्प नभएको उहाँको भनाई छ ।
झोलुङ्गे पुल पाँच ओटा, जलविद्युत पाँच ओटा, विद्यालय चार ओटा, खानेपानी योजना सात ओटा, सिचाई, स्वास्थ्य चौकी, मन्दिर, आरसीसी पुल एक ÷ एक ओटा गरी २७ ओटा सार्वजनिक स्थलमा क्षति पुगेको गाउँपालिकाको तथ्याङ्क रहेको छ ।
- नरेन्द्रसिह कार्की
सम्बन्धित फिचरहरू
तुइनमै बग्छ व्याँसीबासीको सपना !
व्याँस गाउँपालिका–२, दुम्लिङका १८ वर्षीय सचिन बुढाथोकी भारतबाट महाकाली तरेर नेपालतर्फ आउने क्रममा तुइन चुँडिँदा असार २२ गतेदेखि बेपत्ता हुनु भएको छ । वर्षौदेखि तुइनमार्फत वारपार गर्दै उहाँ महाकाली नदीको…
चौधविसमा रोकिएन बालविवाह, २० वर्ष नपुग्दै आमा बन्छन् युवती !
तथ्याङ्कीय रुपमा हेर्ने हो भने नेपालको सुदुरपश्चिम र कर्णाली प्रदेशमा बढी बालविवाह हुने गरेको पाइन्छ । यहाँको अन्य ठाउँको तुलनामा भन्दा जुम्लाको पूर्वी भेग चौधविस क्षेत्र अर्थात पातारासी गाउँपालिकामा बालविवाह…
गिट्टी नकुटी जुट्दैन गाँस, हरेक दिन खोलाकै बास
सल्यान जिल्लाको शारदा नगरपालिका–१ शान्तिनगर स्थित शारदा नदिको किनार, दिउँसोको चर्को घाम होस या बिहानको चिसो सिरेटो अनि एक्कासी आउने मुसलधारे पानी नै किन नहोस तर खोला किनारमा उही दृश्य…
बिजमायालाई आवासको अधिकार खोई सरकार !
देश संघीय संरचनामा गएपछि तीन तहका सरकारले जनजीविकाका सवालमा काम गरिरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तह मध्ये सवै भन्दा नागरिकको नजिकमा छरछिमेकीको रुपमा रहेको स्थानीय सरकार हो ।…
बेनी नगरपालिकाले सुरू गर्यो नसर्ने रोगको शिविर
म्याग्दीको बेनी नगरपालिकाले नसर्ने रोगको रोकथाम तथा प्रारम्भिक पहिचानका लागि स्क्रिनिङ शिविर सुरू गरेको छ । ग्रामीण भेगका सर्वसाधारण, नागरिकलाई घरदैलोमै पुगेर नसर्ने रोगको पहिचान गरी स्वास्थ्य सेवा दिने उद्देश्यले…