न्यायको पर्खाइमा पीडित बालिका

सदरमुकामको एक १४ वर्षीया बालिका तरकारी काट्दै छन् । नातिनी बोकेकीहजुरआमाले भनिन, "चिनी हालेको खान्छे, नुन लगाएको खान मान्दिन ।" बच्चालाईआमाको दूध नपुगेर मनतातो पानीमा चिनी घुलाएर खुवाउने गरेको हजुरआमालेबताइन् । सुत्केरी अवस्थामा हेरचाहको कमीले आमा र बच्चा दुवैको स्वास्थ्यअवस्था कमजोर देखिन्छ । उमेर अनुसार बच्चाको तौल छैन । आर्थिक अभावलेएक हप्तादेखि बच्चाकी आमाले औषधि खाएकी छैनन् । उनले भनिन, "पेटदुखिरहन्छ, औषधि खाएकी छुँइन, किनौ भने पैसा छैन् ।" आमा बच्चाको स्वास्थ्यचेकजाँच गर्नु त के बच्चालाई कुनै खोपसमेत लगाएको छैन।

 

यो पीडा, बलात्कारबाट गर्भ रही घरमै सुत्केरी भएकी १४ वर्षीया एक किशोरी रउनका परिवारको हो । ०६८ साल माघ १८ गते फुङलिङ गाविसका १८ वर्षीयजीवन भट्टराईद्वारा बलात्कृत भएकी भनिएकी पीडितले ०६९ साल असोज २२ गतेमाइती घरमा छोरी जन्माएकी थिइन् । सुत्केरी अवस्थामा आमा र शिशुको स्वास्थ्यमा समस्या देखा परेपछि उपचारका लागिसदरमुकाम ल्याउँदा घटना सार्वजनिक भएको थियो । जिल्ला प्रशासन कार्यालयमा छलफल गरेर महिला तथा बालबालिकाकार्यालयले २५ हजार रूपैयाँ उपलब्ध गराएको थियो । झापा जिल्लामा आमाले शिशु उपचार गराएकी थिइन् । पीडितलेआरोपितविरुद्ध प्रहरीमा उजुरी दिएपछि प्रहरीले दुवै पक्षलाई झिकाएर एक पटक छलफल गराएको थियो । आरोपितकाबावुले छोरा झिकाउने भने पनि वर्षदिन बित्न लाग्यो अहिलेसम्म झिकाएका छैनन् । प्रहरीमा वुझ्न जाँदा आरोपित फरार रहेकोजवाफ दिन्छन् । न्यायकर्मी र दलित संघसस्थाको साथ नपाउँदा पीडित परिवार समस्यामा छ । तैपनि पीडितका बुवाले वकिल,अधिकारकर्मी र प्रहरीमा धाउन छाडेका छैनन् ।

 

नेपाल बार एशोसियसन इकाइ अध्यक्ष नारायण चौलागाईले भने, "आरोपितको तीनपुस्ते विवरण र कागजात अभावमाअदालतमा अंश मुद्दा दर्ता गर्न सकिएको छैन ।" ओरोपितका बुवा प्रेम भट्टराई, हजुरबुवा प्रतिमान भट्टराईको नाममा रहेकोजग्गा वुझ्न गाह्रो परेको बताउँदै पीडितका बुवाले भने, 'मालपोतमा पाँच सय रूपैयाँ तिरे, तर छैन भनेर फर्काइदियो' । पीडितकाबुवाले भने, 'विदेशबाट ल्याएको ३ लाख रूपैयाँ सकियो, खेत किनौला भनेथे, घर नपुग्दै गोजी रित्तियो ।' गाउँको घरजग्गा रगाईवस्तु रेखदेखको जिम्मेवारी छिमेकीलाई सुम्पिएका छन् । जग्गा भने बाँझै छ । पीडितकी आमा भन्छिन, "नाबालक छोरी रनातिनीको भविष्यप्रति चिन्ता छ, घरवारीको चिन्ता छैन ।" उनले थपे, "आरोपितले छोरी वुझिदिए हुन्थ्यो वा नत्र नाता कायम गरीअंश दिए पुग्थ्यो ।" भोलीका दिनमा बच्चाले मेरो बुवा को हो भनेर सोधे के जवाफ दिनु ? पीडित परिवार भन्छन् । न्याय नपाईघर फर्कदैनौ । तर पीडितलाई न्याय दिलाउन कसले पहल गर्ने ? खोइ दलित अधिकारका लागि स्थापना गरिएकासँघसंस्थाहरू? के गरिब, अशिक्षित र दलित परिवार भनेर प्रहरी प्रशासनसमेत मौन बसेको हो? सदरमुकाममा बसेर रात दिनप्रहरी, प्रशासन, सँघसंस्था, पत्रकार, वकिललाई भेटेर न्यायको लागि पहल गरिदिन हात फैलाउँदा त न्याय पाउन गाह्रो हुन्छ भनेचेतना र आर्थिक अवस्था कमजोर परिवारले कसरी न्याय पाउलान् ?

 

०६९ असोज २२ गते घरमै छोरा जन्माएकी ती किशोरी र उनको बच्चाको स्वास्थ्य अवस्था विग्रेपछि उपचारका लागि अस्पतालल्याइएको थियो । पाथिभरा अस्पतालले उपचार गर्न नसक्ने भनी जिल्ला बाहिर रेफर गर्‍यो । परिवारको आर्थिक अवस्थाकमजोर भएकाले उपचार गर्न लैजाने क्षमता थिएन । तर उपचार नगरे आमा र शिशु दुवै गुमाउनु पर्ने भएकाले ती किशोरी रउनका परिवारले मुख खोले । पीडित परिवारका अनुसार पीडित बालिका सदरमुकाममा दिदीभिनाजुको डेरामा बसेर स्थानीयविद्यालयमा कक्षा सातमा अध्ययन गर्दथिन् । ०६८ साल माघ १९ गते साँझ ४ बजेतिर घरधनीलाई खैनी किन्न भनी गएकीउनलाई फर्किदा बाटोमा फुङलिङका १८ वर्षीय जीवन भट्टराईले पीडितलाई बलात्कार गरेका थिए । त्यो बेला उनी रोए,चिच्याएको कसैले थाहा पाएन । लोकलाजले त्यो घटनाबारे उनले कसैलाई भनिनन् । त्यसको फाइदा उठाउँदै भट्टराईले फेरीलसपस गरे । त्यसपछि उनी पढाइ छाडेर गाउँ फर्किन् । पढ्न जा भन्दा नमान्ने छोरीको जीउमा चैतदेखि परिवर्तनका संकेतदेखा परेकाले आमा छक्क परिन । शङ्का लागेर छोरीलाई केरकार गरेपछि मात्र उनले घटना आमालाई भनेकी थिइन् । श्रीमान्विदेशको जेलमा, काखमा मसिना नानी भएकी आमा घरमा नाबालक छोरी गर्भवती भएको घटनाले छानाबाट खसेझै भइन् ।समाजमा हारगुहार गर्नु वाहेक अरु विकल्प थिएन । असार महिनातिर आरोपित पक्षले सदरमुकाम बोलायो । चेकजाँच गर्नआमासहित झापा लगे । बच्चा रहेको डाक्टरले पुष्टी गरे । आरोपितपक्षले निजी क्लिनिकमा लगेर गर्भपतन गर्न दबाब दिए । तरसमय बितिसकेको थियो । दुवै पक्ष सँगै फर्किए । आरोपितपक्षले घटना बारे कसैलाइ नभन्ने सर्तमा पीडित परिवारलाई क्षतिपूर्तीभनेर ८० हजार रूपैयाँ दियो । तर झापा-ताप्लेजुङ आवतजावत खर्च कटाएर २० हजार रूपैयाँ मात्र पीडितको हातमा पर्‍यो ।पैसासहित धम्की दिएकाले पीडित परिवार असोज महिनासम्म गाउँमा चुपचाप बस्यो । सुत्केरी हुने दिन नजिकदै गयो । उता,विदेशको जेलवाट छुटेर बावु घर आइपुगे । घरको मुलढोकामा छिर्ने बित्तिकै नाबालक छोरीको काखमा शिशु देख्दा जेलकोपीडा भन्दा असहृय भयो । बावुछोरी भक्कानिएर धेरैबेर रोए । घटना एक कान दुई कान मैदान भयो । यथार्थ सबैले बुझे । तर,विडम्वना पीडितले अझै न्याय पाएकी छैनन् ।

 

देवराज गुरुङ

-