निशुल्क शिक्षा लिनबाट वञ्चित बालबालिका

हातमा कागज लिएर अलमलाई रहेकी छोरीको ताल देखेर उनी अक्क बक्क परे । उनलाई रिस पनि उठ्यो पाँच पाँचवर्षस्कूलमा पढेकी छोरी एउटा तमसुक पढेर सुनाउन भन्दा अटेर पो गर्छे हैन के भएकी हो यो ? कि यसलाई पढनै पोआउँदैन उनले मनमनै गुने

 

Photo20130715Sangkhuwasabha

पावाखोला गाविस-३ डिमा गाउँका दलबहादुर तामाङले छोरीमुनालाई पटक पटक तमसुक पढन आग्रह गर्दा पनि मुनालेतमसुक पढन नसकेपछि उनले बुझे -छोरीलाई पढन नै आउँदोरहेनछ । अघिल्लो वर्षकक्षा ५ उत्तीर्ण गरेकी मुनालाई साउँ अक्षरपनि पढन नआउने थाहाँ पाएपछि दलबहादुर रुनु न हाँस्नुकोअवस्थामा पुगे । पाँच पाँच वर्षविद्यालयमा पढेदो मानिसले अक्षरचिन्न नसक्नु हाँसो उठदो कुरा थियो भने छोरीको पाँच वर्से विद्यालय जीवन निरर्थक भएकोमा उनको मन उदास भएको थियो। छोरीसँग यस विषयमा कुरा गरेपछि उनले बुझे गाउँका सबैविद्यालय जाने बालबालिकाको उस्तै हविगत रहेछ ।

 

मुनसँग सँगै ५ कक्षा उत्तीर्ण गरेकी पुष्पा गुरुङ भने बल्ल तल्ल अक्षर चिन्न सक्ने रहिछन् । उनीहरू दिनहुँ  विद्यालय जाने गर्दथे। विद्यालयमा शिक्षकलाई कुरेर बस्दथे, तर शिक्षक भने उपस्थित हुँदैनथिए । नियमानुसार परीक्षा लिनै पर्दथ्यो । परीषाफलप्रकाशन हुँदा भर्ना भएका जति सबै नै उत्तीर्ण गरिन्थे ।

 

मुनाका बुवा दलबहादुरले आफ्नो छोराछोरीलाई पढ्न पठाएको तर विद्यालयमा चार जना शिक्षक भए पनि पालैपालो आउने रएक जना मात्र शिक्षक विद्यालयमा निरन्तर हुने गर्नाले पढाइ राम्रो नहुने गरेको बताए । आफ्नी छोरीले अघिल्लो वर्ष कक्षा-५ मादोस्रो भएर पास भए पनि केही पढन नसकेको उनले दुखेसो पोखे ।

 

पावाखोला गाविस-८ बैदेका १५ वर्षीया शान्ति गुरुङ कखरा चिन्न सक्दिनन् । जन्म देखिनै भेडासँग हुर्किएकी उनी आमा रबाबाको साथमा अझै पनि भेडा चरणमै व्यस्त छिन् । घरबाट २० मिनेटको दुरीमा कालिका प्राथमिक विद्यालय रहेको कुराउनलाई १० वर्षको उमेरमै थाहा भएको रे तर पढ्न जान घरबाट पठाएनन रे । उनीसँग ९ वर्षीय भाई शरण गुरुङ, ६ वर्षीयाबहिनी दिक्षा गुरुङ र २ वर्षीया बहिनी रूपा आफुसँगै गोठमा बस्ने र भेडा चरणमा साथै हिड्छन् । एकै परिवारका चार जना रयस गाउँका ५० बढी वालवालिकालाई राज्यले दिएको निशुल्क शिक्षा र निरक्षरता समाप्त पार्ने अभियानले पत्तो पाउन सकेकोछैन। न त सरकारले बर्सेनी सञ्चालन गर्ने विद्यालय भर्ना कायक्रमले नै उनीहरूलाई प्रभाव पार्न सकेको छ ।

 

जिल्लाको बिकट गाविस पावाखोलाको यथार्थ घटनाको उदाहरणीय पात्रो मात्र हो । जिल्लाको ४९ प्रतिशत जनसंख्या अझै पनिनिरक्षर रहेको छ । ०५८ सालको जनगणनामा ३७ प्रतिशत साक्षर रहेको र ०६८ सालमा ५१ प्रतिशत साक्षर रहेको शिक्षाकार्यालयको तथ्याङकले देखाएको छ । २ लाख ५९ हजार जनसंख्यामा करिव १ लाख ३० हजार निरक्षर रहेको तथ्याङकलेदेखाएको छ । राज्यले कक्षा १० सम्म निशुल्क शिक्षा प्रदान गर्ने र यस वर्षदेखि लागु भएको देशलाई नै साक्षर बनाउने लक्षलेशुरु गरेको निरक्षर अभियानले यस गाउँका वालवालिका र युवा, बयस्कलाई प्रभाव पारेन । पावाखोला गाबिस-८ का नरबहादुरगुरुङ उनकी पत्नी शान्ति र उनका ८ वर्षीय छोरा उमेश पनि कखर चिन्न सक्दैनन । आफ्नो आर्थिक अवस्था कम्जोर छ पढ्नखर्च छैन कसरी जाने होर २ घण्टा लगाएर विद्यालय शान्तिले प्रश्न गरिन । सरकारले निशुल्क पढ्न दिन्छ तपाईलाई थाहा छैनभन्ने प्रश्नमा उनले काम नगरे खान पाइदैन कसरी पढ्न जाने कस्ले दिन्छ र खान ? पति नरबहादुरले भने "आफ्नो छोरालाईपढाउन मन भएको बताउदै  विद्यालय टाडा भएकोमा दुखेसो पोखे । उनले भने "विद्यालय नजिक भए ता पढ्न सजिलै हुने थियोहोला नि तर दुई दुई घण्टा धाउन पर्छ कसरी पठाउने नी केटाकेटीलाई त्यही भएर नपठाएको ।"

 

उता जिल्ला शिक्षा अधिकारी पुर्णबहादुर दर्जीले भने शिक्षाको पहुँच दुर्गम क्षेत्रमा बढी प्रभावकारी बनाउदै लाने लक्ष रहेकोबताए । खेताला शिक्षक र पालो गर्ने शिक्षकलाई कारवाही शुरु गरेको र केही शिक्षकलाई कारवाही शुरु गरेको उनलेजानकारी दिए । कखरा नचिन्न गरेको प्रश्नमा दर्जीले कुनै कुनै विद्यालयमा त्यस्तो पनि भएको भन्ने सुनेको यसको अनुसन्धानभई रहेको जानकारी गराए । ०४५ सालमा स्थापना भएको शिशु रक्षा प्रावि पावाखोला-३ डिमामा हालसम्म ३६ जना शिक्षकलेपढाएको तर गाउँमै एसएलसी पास गर्ने टिका गुरुङ बाहेक अरु नभएको बताए । शिशु रक्षा प्रावि विद्यालय व्यवस्थापनसमितिका अध्यक्ष केदार गुरुङ भने शिक्षकलाई कारवाही गर्न सकिएन । जिल्ला शिक्षा कार्यालयले समेत कम चासो दिएकोआरोप लगाए । विद्यालयमा टंक घिमिरे प्रअ शिक्षक र शिक्षकहरू जय बहादुर  घिमिरे, आङदावा भोटे र टिका गुरुङ बालशिक्षिका रहेका छन् । विद्यालयमा एक जना टीका गुरुङ बाहेक कहिले काँही मात्र शिक्षकहरूको उपस्थिति हुने गरेकोअभिभावकहरूको आरोप छ । विद्यालयमा ३५ जना विद्यार्थी रहेका छन् । गाउँ पूरै निरक्षर र खेतिकिशानी, मकै, कोदो, आलुखेति गरेर जीविकोपार्जन गर्ने गर्नाले विद्यालयमा बालबालिका भर्ना नगर्ने र भर्ना गरे तापनि विद्यालय नपठाउने गरेकालेआफूहरू कम मात्रामा विद्यालय हाजिर हुने गरेको शिक्षक जयबहादुर घिमिरेले बताए ।

 

पावाखोला गाबिस सङ्खुवासभाकै बिकट र दुर्गम जिल्लाको रूपमा मानिन्छ । यस गाविसको राप्सा, चसुवाटार, कर्मराङ,निभाटार, बैद्ये र ओभाक गाउँमा विद्यालय भए पनि शिक्षकको उपस्थिती नहुनाले यस गाविसमा शिक्षाको पहुँच पुग्न सकेको छैन। शिक्षक र अभिभावकहरू हामी भन्दा पनि निरिक्षणमा खटिएका श्रोत व्यत्ति राजकुमार राई समेत निरिक्षणमा नआउने गरेकोस्थानीयबासी चाउरे तामाङले आरोप लगाए । तामाङका अनुसार गाउँमा अधिकंश बिद्यार्थी देखि अभिभावक सबैले अक्षरचिन्दैनन् । पावाखोला गाविसमा ५ सय ९ घरधुरीमा कुल जनसंख्या ३ हजार ९२ छ । गाविस भित्र प्राथमिक भन्दा माथिल्लोतहको विद्यालय छैन । यातायात र विजुलीको त कुरै छाडौं अहिलेसम्म जिल्लाकै एक लाइन टेलीफोन नभएको गाविसपावाखोला नै हो । स्वास्थ्यका दृष्टिले एउटा उपस्वास्थ्य चौकी छ । यस हिसाबले पावाखोला आधारभूत न्युनतम सुविधाबाट पुरैबञ्चित छ भन्दा हुन्छ । खेती योग्य जमिनका अभावमा खाद्यन्न उत्पादन अत्यन्त कम रहेको छ । स्थानीय स्तरमा उत्पादितअन्नबाट करिब सरदरमा ४५ दिन खान पुग्छ पावाखोलाबासीलाई । राई, तामाङ, गुरुङ, भोटे र कामी जातिका मानिसहरूबसोबास गर्ने यहाँका ९० प्रतिशत घरधुरी परम्परागत खेतीमा निर्भर छन् । पावाखोलामा १५ वर्षमुनीका १ हजार २ सय ८२बालबालिकामा अधिकंश निरक्षर छन् ।

 

राज्यले निशुल्क शिक्षा र निरक्षर उल्मूलनको नारा ल्याए पनि पावाखोला जस्तो जिल्लाको उदाहारणीय गाविसमा यसको पहुँचपुग्न सकेको छैन । यसरी ग्रामीण भेगका बिकट गाउँका बासिन्दाले अक्षर चिन्ने वातवरण र प्रभावकारी कार्यक्रम ल्याउनआवस्यक छ । होइन भने सङ्खुवासभाका आधा बढी बासिन्दा  अक्षर चिन्न  सक्ने छैनन् ।

 

छेटु शेर्पा

-