निर्वाचनप्रति नागरिकको आस्था (फोटो फिचर)
एउटा चिनियाँ उखान छ–‘हजार माइल यात्रा पार गर्न पहिलो एक माइलको यात्रा तय गर्नुपर्छ ।’ यो वर्ष तीनै तहको निर्वाचन सही ढङ्गले पार गर्न स्थानीय तहको निर्वाचनको पहिलो खुट्किलोको यात्रा तय गर्नु निर्वाचन आयोग र हामी सबैका लागि सान्दर्भिक र महत्वपूर्ण छ ।
वैशाख ३० गते सप्तरीको ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ ओटा स्थानीय तहको निर्वाचन भयो । स्थगित भएको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरीराहाको जेठ १ गते र रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित वडा कार्यालय भवनको जेठ २ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भयो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षा संयन्त्रको पहुँच, विगतमा भएका घटना र भौगोलिक विकटताको आधारमा जिल्लामा तीन समूहमा वर्गीकरण गरी शान्ति–सुरक्षाको व्यवस्था मिलाइएको थियो । निर्वाचन सुरक्षित र मर्यादित बनाउन प्रत्येक मतदानस्थललाई केन्द्रित गर्दै १ हजार ५ सय ९४ नेपाल प्रहरी तथा २ हजार ९ सय ४८ म्यादी प्रहरी, करिब ७ सय नेपाली सेना र ६ सय सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको थियो ।
सप्तरीका सबै १८ पालिकाका २ सय ९७ मतदान स्थलमा ५ सय ३६ मतदान केन्द्रको व्यवस्था गरिएको थियो । निर्धारण गरिएको मतदानस्थलमध्ये २ सय ८ ओटा अति संवेदनशील, ८५ संवेदनशील र चार ओटा मतदानस्थल सामान्यमा राखिएको थियो । स्थानीय तहको निर्वाचनमा जिल्लाका १८ स्थानीय तहमा ४ लाख १२ हजार ४ सय ४५ मतदाता छन् । महिला १ लाख ९८ हजार ५ सय ३२, पुरुष २ लाख १३ हजार ८ सय ९२ जना र २१ जना अन्य मतदाता हुन् । वि.सं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले ५/५, नेकपा (एमाले)ले दुई र नयाँ शक्ति पार्टीले एक स्थानीय तहमा विजयी हासिल गरेका थिए ।
प्रजातन्त्र, गणतन्त्र ल्याउँदैमा, मताधिकार प्रयोग गर्दैमा देशले विकासको गति लिन सक्दो रहेनछ । त्यसका लागि सक्षम, इमानदार र बफादार व्यक्ति निर्वाचित हुनुपर्दो रहेछ भन्ने विगतमा प्रतिनिधित्व गर्दै आएका जनप्रतिनिधिको कार्यशैली र व्यवहारले स्पष्ट पारेको छ । आफूले मन पराएको व्यक्तिलाई निर्वाचित गर्न र गलत व्यक्तिलाई प्रतिनिधित्व गर्ने अवसर नदिन भर्खरै १८ वर्ष टेकेका युवादेखि जेष्ठ नागरिक, अशक्त, सुत्केरी, अपाङ्गता भएका मतदाताहरु समेत उत्साहका साथ मतदानमा भाग लिएर असल नागरिकको परिचय दिएका छन् । असल जनप्रतिनिधि चुनेर राज्य सञ्चालनलाई उत्तरदायी र विधिसम्मत बनाउने मतदाताको कर्तव्य पुरा गरेका छन् । मतदानमार्फत व्यक्त भएको लोकतन्त्रप्रतिको यो आस्था, विश्वास र गरिमा अब जनप्रतिनिधिहरुले कायम राख्नु पर्ने हुन्छ ।


- मनोहरकुमार पोखरेल
सम्बन्धित फिचरहरू
चौधविसमा रोकिएन बालविवाह, २० वर्ष नपुग्दै आमा बन्छन् युवती !
तथ्याङ्कीय रुपमा हेर्ने हो भने नेपालको सुदुरपश्चिम र कर्णाली प्रदेशमा बढी बालविवाह हुने गरेको पाइन्छ । यहाँको अन्य ठाउँको तुलनामा भन्दा जुम्लाको पूर्वी भेग चौधविस क्षेत्र अर्थात पातारासी गाउँपालिकामा बालविवाह…
गिट्टी नकुटी जुट्दैन गाँस, हरेक दिन खोलाकै बास
सल्यान जिल्लाको शारदा नगरपालिका–१ शान्तिनगर स्थित शारदा नदिको किनार, दिउँसोको चर्को घाम होस या बिहानको चिसो सिरेटो अनि एक्कासी आउने मुसलधारे पानी नै किन नहोस तर खोला किनारमा उही दृश्य…
बिजमायालाई आवासको अधिकार खोई सरकार !
देश संघीय संरचनामा गएपछि तीन तहका सरकारले जनजीविकाका सवालमा काम गरिरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तह मध्ये सवै भन्दा नागरिकको नजिकमा छरछिमेकीको रुपमा रहेको स्थानीय सरकार हो ।…
बेनी नगरपालिकाले सुरू गर्यो नसर्ने रोगको शिविर
म्याग्दीको बेनी नगरपालिकाले नसर्ने रोगको रोकथाम तथा प्रारम्भिक पहिचानका लागि स्क्रिनिङ शिविर सुरू गरेको छ । ग्रामीण भेगका सर्वसाधारण, नागरिकलाई घरदैलोमै पुगेर नसर्ने रोगको पहिचान गरी स्वास्थ्य सेवा दिने उद्देश्यले…
रोकिएन आचार संहिता उल्लङ्घनको क्रम (फोटो फिचर)
राजनीतिक दलहरूले आचार संहिता उल्लङ्घनका क्रियाकलापहरू रोकेको पाइएन । दलहरूले निर्वाचन आचार संहिता विपरित निर्वाचन प्रचार प्रसारमा रहेका छन् । यस सम्बन्धी उजुरी पनि निर्वाचन कार्यालयहरूमा नपरेको जिल्ला निर्वाचन कार्यालयहरूले…