निको भएन द्वन्द्वको घाउ, पीडितहरू न्यायको पर्खाइमा

वर्षायाममा शुरु हुने झरी र प्रत्येक वर्षधान रोप्ने मौसम शुरु हुनासाथ इलाम जिल्ला बरबोटेगाविस-९ का सूर्यप्रसाद आचार्यको परिवारका सदस्यहरूलाई ०६१ असार १ गतेको घटनालेसताइ रहन्छ ।

 

०६१ वैशाख २३ गते दिनभर खेतमा काम गरेर घर फर्किएका ५९ वर्षीय आचार्य साँझपख घरफर्किएका मात्र के थिए, त्यही समयमा तत्कालिन विद्रोहीपक्ष नेकपा माओवादीकाकार्यकताहरूले आँगनमा राखेको बिसाएको जुवामा प्रयोग गरिने जोताराका डोरीले उनलाईबाँधेर लगे । केही काम छ भन्दै घरबाट आचार्यलाई माओवादीले लिएर गएकोमा उनलाईमाओवादीले घर फर्काएनन् । माओवादीले आर्चायलाई घरबाट लगेपछि परिवारमा रुवावासीचल्यो । धेरैतिर उनीहरूले उनको खोजी गरे । तर, उनलाई माओवादीले कहाँ लगेर राखेकाकाछन् थाहा भएन । परिवारका सदस्यहरू आचार्य घर फर्किने आशमा बसिरहेका थिए । यसैबीच, परिवारका सदस्यहरूलेआचार्यलाई हत्या गरेको खबर स्थानीय रेडियोको समाचारमार्फत सुने । आचार्यलाई ०६१ असार १ गते हत्या गरेको खबरसमाचारबाट परिवारले थाहा पायो ।

 

'खेतबाट आएर साँझ घरमा तातोपानी खाँदै थियौं । त्यहीवेला थुप्रैको संख्यामा आएका माओवादीले उहाँलाई लछारपछार पार्दैबाहिर निकाले । हामीलाई चाँहि बाहिर निस्कन दिएनन्,' सूर्यप्रसादलाई अपहरण गरेको घटनाको स्मरण गर्दै सूर्यप्रसादकी पत्नीतेजकुमारी आचार्यले भनिन् । उहाँलाई माओवादीले जोताराका डोरीले बाँधेर लिएर गए अरे । तर, हामीलाई उनीहरूले घटनाहेर्न दिएनन्, उनले भनिन् ।

 

पति चित्रबहादुर गुरुङको हत्या भएपछि सदरमुकाम बस्दै आएकी पीडित तेजमाया गुरुङ इलाममा आयोजित एक कार्यक्रममा आफ्नो पीडा सुनाउँदै ।
पति चित्रबहादुर गुरुङको हत्या भएपछि सदरमुकाम बस्दै आएकी पीडित तेजमाया गुरुङ इलाममा आयोजित एक कार्यक्रममा आफ्नो पीडा सुनाउँदै ।

आचार्य कुन त्यस्तो गल्ती गरेका थिए जसले गर्दा माओवादीले उनको हत्यानै गर्नु पर्यो, परिवारका सदस्यहरू अझै पनि यसको उत्तर खोजीरहेका छन् । तर, माओवादीले त्यसको उत्तरदिएका छैनन् । 'खै के कारणले त्यसरी लगेर हत्या गर, नत केहीकारण थाह छ, नत सरकारले हत्यामा संलग्नहरूलाई कारवाहीगरेको छ,' तेजकुमारीको गुनासो छ । पतिको हत्या भएको नौँवर्षबितिसक्दा पनि उनका आँखा अझै ओभाएका छैनन् । आँशुपुछ्दै तेजकुमारी भन्छिन् 'तीन लाख रुपैयाँ सरकारले दिएको छ ।तर, के गर्नु पैसाले मान्छेको ज्यान आउँदो रहेनछ ।'

 

इलामकै माइमझुवा गाविस-७ बुधबारे बजारमा गोली हानेर हत्यागरिएको अवस्थामा आचार्यको लास ०६१ असार १ गते बिहानभेटिएको थियो ।

 

आचार्य परिवार जस्तै ०५९ भदौ २९ गते विद्रोही पक्षबाट घाँटी रेटेर हत्या गरिएका इलाम नामसालिङ्ग गाविस-७ का लेखनाथचापागाईंको परिवार पनि घटनाका कारण अहिलेसम्म विच्छिप्त छ । ०५९ भदौ २८ गते बेलुका खाना खाएर अलैँची सुकाएकोभट्टीमा आगो बाल्न गएका चापागाईंलाई करिब २ सय ५० जना माओवादी कार्यकर्ताले घरभित्र पस्न दिएनन् ।

 

'बुबालाई बाहिर समाते । भित्र पसेर आमा र मलाई पनि हप्काई दप्काई गरेर घरमा भएका सबै समान लिएर गए,' आँशुखसाउँदै चापागाईंकी माइली बुहारी सीता चापागाईंले भनिन् । बुबालाई पनि साथै लगे । भोलीपल्ट बिहान घरबाट करीब डेढसय मिटर पर टाउको छिनाएर फ्याँकेको अवस्थामा लास भेटियो, सीताले घटना संझिदै भनिन् ।

 

बुबा किसान हुनुहुन्थ्यो । आफूले फलाएका सुन्तला, कागती, अन्य कृषिउपज बजार लगेर बेच्नु हुन्थ्यो । माओवादीलेपहिलादेखिनै चन्दा मागेर परिवारबाट लाने गरेको उनले बताइन । एक्कासी किन बुवाको हत्या त्यसको कारण अहिलेसम्म थाहानभएको उनको भनाइ छ ।

 

बुवाको टाउको काटिएको लास फेला परेको सम्झंदै कान्छा छोरा दामोदर चापागाईं आफ्ना बाबुको हत्या गर्ने आरोपितहरूमाथिकारवाही नभएकोमा दुखेसो गर्छन् । दोषी पत्ता लगाएर कारवाही गर्ने जिम्मेवारी निकाय राज्यको हो । तर, अहिलेसम्म न बेपत्ताछानविन आयोग बन्यो, न हामीजस्ता पीडितले राहत नै पायौं, उनको गुनासो छ । न्यायका लागि द्वन्द्वपीडित समाजका जिल्लाअध्यक्षसमेत रहेका चापागाईंले माओवादीले उनीहरूद्वारा हत्या गरिएका व्यक्तिका परिवारका सदस्यहरूलाई उनकोआफन्तलाई किन मारियो वा यातना दिइयो सो को कारणसम्म परिवारका सदस्यलाई अहिलेसम्म थाहा नहुनु ज्यादै दुःखपूर्णभएको अनुभव बताउँछन् ।

 

विद्रोहीपक्ष पतिको हत्यापछि इलाम सदरमुकाम बस्दै आएकी इलाम इरौंटार गाविसकी तेजमाया गुरुङ पनि द्वन्द्वको घाउमाअझै खाटो नलागेको बताउँछिन् । द्वन्द्वकालमा राज्य र विद्रोही दुवै पक्षबाट भएको बलात्कारसम्बन्धी गम्भीर अपराधहरू अझैबाहिर आउन नसकेको बताउँछिन् । 'बलात्कारको शिकार भएर मानसिक समस्या आउँदासमेत बोल्न नसकी घरमा बसेकामहिलाहरूको समस्या राज्यले कहिले सुन्छ ?’ उनको प्रश्न छ । उनका पति चित्रबहादुर गुरुङ इरौंटार गाविसमा अध्यक्ष थिए ।पतिलाई २०५९ सालमा गाविस भवनमै बैठक बसिरहेका बेला माओवादी कार्यकर्ताहरूले बैठकबाट निकालेर गाविस कार्यालयपरिसर चित्रबहादुरको हत्या गरेका थिए ।

 

माथि उल्लेख गरिएका परिवारहरू र तीनका पीडा द्वन्द्वपीडितहरूका प्रतिनिधि परिवार मात्र हुन् । राज्य र गैरराज्य दुवैपक्षबाटद्वन्द्वकालमा जति मारिएका छन्, सबै पीडित परिवारले तत्काल मेलमिलाप तथा सत्य निरुपण आयोग तथा बेपत्ताछानविनसम्बन्धी आयोग गठन गरी दोषी पत्ता लगाएर उनीहरूलाई कारवाही गर्न माग गरेका छन् । स्वार्थका कारण गरिएकाहत्या र अपरहणका घटनामा आममाफी दिने व्यवस्था राख्ने नहुने पीडित परिवारहरूको समान धारणा छ  । द्वन्द्वका घाइते,वेपत्ता र विस्थापित परिवारले पनि अझै राहत पाउन सकेका छैनन् ।

 

जिल्लाका एक सय २३ जना द्वन्द्वकालमा हत्या गरिएका परिवारका सदस्यले तीन-तीन लाख, वेपत्ताका चार परिवारले एक-एकलाख रुपैया, अपाङ्गता भएका १२ परिवारले ४०-४० हजार र तीनसय ५० विस्थापितले आठ हजार ५० रुपैयाका दरले राहतपाएको स्थानीय शान्ति समितिले जनाएको छ ।

 

यी बाहेक द्वन्द्वकालमा मृत्यु भएका १८ जना, वेपत्ता १४ जना, अङ्गभङ्ग ७५ जना, अपहरणमा परेका ९१ जना, विस्थापित भएकाचार सय ३४ जना, सम्पत्ति क्षति भएका दुई सय २० जना र शारीरिक तथा मानसिक यातना पाएका नौं सय ६५ जनालेराहतकालागि जिल्ला प्रशासन कार्यालय इलाममा निवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले बताए ।

 

सरकारले मृतकका परिवारलाई उपलब्ध गराउने  भनिएको १० लाख रुपैयाँ राहत मध्ये ३ लाख रुपैयाँमा मात्र चित्त बुझाउनुपर्दा र सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपतासम्बन्धी छानविन आयोग तत्काल गठन गरेर द्वन्द्वकालमा भएकाघटनाको छानविन गरी द्वन्द्वपीडित परिवारको घाउमा मलमपट्टी लगाउन सरकार र राजनीतिक लाग्न ढिला भइसकेको छ ।

 

कोकिला ढकाल

-