नदीमा पुल नहुदाँ विद्यार्थीको पठनपाठन प्रभावित (फोटो फिचर)
बासगढी नगरपालिका–२, राझामा रहेको घटे खोलामा पुल नहुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । नदीमा पानीको सतह बढेसँगै विद्यार्थीहरूलाई आउजाउ गर्न समस्या हुँदा पठनपाठन प्रभावित भएको हो ।
बाँसगढी नगरपालिका–२, राझामा रहेको श्री जीवन ज्योति माध्यामिक विद्यालयका कक्षा १० मा पढ्ने डिल्लीजङ शाहीले नदीको सतह बढेर नदी पार गर्न नसक्दा कैयौँ पटक विद्यालय समयमा जान नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘घटे खोलामा पुल नभएको कारण नदी वारपार गर्दा ज्यान जोखिम राखेर हिँड्नु पर्ने बाध्यता रहेको छ । नदी तर्दा सधैँ खाली खुट्टा तर्नु पर्छ । नदीमा पानीको सतह बढ्दा लगाएको कपडा खोल्नु पर्छ । पानीमा भिज्दै तर्नु पर्छ । कसले बुझ्ने होला विद्यार्थीहरूको समस्या, हाम्रो समस्या जस्ताको त्यस्तै छ ।’
शाही आफ्नो भन्दा पनि साना भाइबहिनीको चिन्ताले अलिबढी चिन्तित हुनुहुन्छ । उहाँले वर्षौँदेखि नदीमा वारपार गर्दा पानीको बेग अनुसार पनि नदी तर्न सकिने नसकिने अनुमान गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘ठूलो कक्षामा पढ्ने विद्यार्थीहरू जसोतसो नदी वारपार गरेर विद्यालय आउनेजाने गर्छन् । तर साना कक्षामा पढ्ने भाइबहिनीहरूलाई नदी तर्न निकै कष्ट हुने गरेको छ । जुन घरमा विद्यालय जाने विद्याथीहरू छन्, त्यो घरका अभिभावक आफ्नो छोराछोरा बिहान बेलुवा नदीमा लिन आउनुहुन्छ । कुनै दिन छिटो विद्यालयमा छुट्टी भएमा विद्याथीहरूले नदी तार्न अभिभावक कुर्ने बाहेक अन्य विकल्प छैन ।’
शाहीले विद्यालय जाँदा भोगेका कष्टकर यात्रालाई पनि रमाइलो शैलीमा भन्नुहुन्छ । कैयौँ पटक नदी तर्न नसकेर घर फर्किएको उहाँको अनुभव छ । विद्यालय पुग्दा समयभन्दा ढिलो पुग्नुभएको पनि छ । आफूले लगाएको भिजेको पोशाक लगाएर विद्यालयमा सुकाएको र किताब पनि भिजेको उहाँले उल्लेख गर्नुभयो ।
चुरे पर्वतबाट मध्यवर्ती क्षेत्र हुदै आउने घटे खोलामा पुल निर्माण हुन्छ भन्ने सुनेको पनि वर्षौँ भएको छ । कैर्यौँ माटो परीक्षण भएर अब टेन्डर हुन्छ भन्ने सुनेको पनि धेरै पटक भएको स्थानीय गोपाल वलीले बताउनु भयो । उहाँले भन्नुहुन्छ, ‘नेताहरू आएर आएर रातो किताबमा पुल परेको छ । अब छिटै नदीमा पुल निर्माणको काम सुरु हुन्छ, भन्नुहुन्छ । अहिलेसम्म पुल बन्न सकेको छैन । पुल नहुँदा हाम्रो समस्या जस्ताको त्यस्तै छ ।’
नदीमा पुल नभएको बारेमा सबैलाई जानकारी छ, तर कहीँबाट पहल भएको जस्तो नदेखिएको गोपाल वलीले बताउनु भयो । उहाँ भन्नुहुन्छ,‘दैनिक एक सय ५० भन्दा बढी विद्याथीहरू यहीँ नदी तरेर पढ्न जान्छन् । साना प्रत्येक बालबालिका अभिभावकलाई नदी पार गरेर कसरी पठाउने भन्ने चिन्ताले सताइरहन्छ । विद्यालयमा पठनपठान सुरु भएपछि र विद्यालय छुट्टी भएपछि बालबालिकालाई लिन आउनै पर्ने बाध्यता रहेको छ ।’
जीवन ज्योति माध्यामिक विद्यालयको एसइइको परीक्षामा ४१ जना विद्यार्थीहरू सहभागी भएर परीक्षा दिएर थिए । तर भख्खर मात्र आएको नजिता हेर्दा ६ जना विद्यार्थीहरू मात्र उत्तिरण भएको जिल्ला शिक्षा तथा समन्वय इकाइले जनाएको छ ।
जीवन ज्योती माध्यामिक विद्यालयका प्रधानाध्यापक भेषराज गैरेले पानीमो सतह बढेको दिन विद्यालय आएका विद्यार्थीहरूको लुगा, झोला किताब लगायत शैक्षिक साम्रागी भिज्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो,‘विद्यालयमा ३ सय ३५ जना विद्यार्थीहरू रहेको छन् । जसमध्ये करिब आधा विद्यार्थीहरू नदी तरेर आउनुपर्छ । नदी तरेर आउँदा कैयौँ विद्यार्थीको किताब पढ्न नमिल्ने गरेर भिजेर पनि गल्ने गरेको छ । जसले गर्दा विद्यालयले पनि पुराना किताबहरू सङ्कलन गरेर राख्नुपर्ने बाध्यता रहेको छ । जुन विद्यार्थीको किताब भिजेर नष्ट हुन्छ, ती विद्यार्थीलाई भएसम्म विद्यालयले पुरानो किताब दिने गरेको छ ।’
विद्यालयमा पढाउने मध्ये ६ जना शिक्षक पनि दैनिक नदी तरेर आउने गरेको विद्यालयमा प्रधानाध्यापक भेषराज गैरेले जानकारी दिनुभयो । उहाँले पुल अति आश्यक भएकोले पुल निर्माणका लागि सरोकारवाला निकायले पहल गर्नु आग्रह गर्नुभयो ।
बासगढी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर खड्काले स्थानीय तहले प्रदेश सरकार र केन्द्र सरकारसँग पहिला प्राथमिकता घटे खोलालाई राखी माग गरिएको बताउनु भयो । उहाँले स्थानीय तहसँग भएको स्रोत साधनले घटे खोलामा पुल बनाउन पुग्दैन्, त्यही प्रदेश सरकार र केन्द्र सरकारसँग पुलको लागि बजेट व्यवस्थापन गरी दिन आग्रह गर्दा समेत सुनुवाई नभएको बताउनु भयो । उहाँले पुल निर्माणको लागि पटक पटक डिपिआर र माटो परीक्षण भए पनि बजेट नपरेको जानकारी दिनुभयो ।
नदीमा पुल नहुँदा विद्यार्थीले भोग्नु परेको समस्याका समाधान कसरी हुन्छ भन्ने चिन्ताले चिन्तित बनेको स्थानीयका समस्या कहिले कहिले समाधान हुने हो भने बारेमा अन्योलता अझै कायम रहेको छ ।
- प्रकाश पौडेल
सम्बन्धित फिचरहरू
बेपत्ता छोराहरूको आशमा बस्दै ७९ वर्षीय गोपाल थारु
छोराहरू बेपत्ता भएको वर्षौँ भयो । कुनै समय गाउँबस्तीमा हतियारको त्रास थियो । हतियार कै कानुन थियो । हतियार नै अदालत थियो । त्यो बम बारुद र रगत होली खेल्ने…
खाेला र नदीमा जलवायु परिवर्तनकाे असर, माछा मारेरै जीविका चलाउनेहरू मर्कामा !
सात वर्ष अघिसम्म लेकवेशी नगरपालिका–८ का ८८ वर्षीय देवबहादुर थापा माछा मारेर आफ्नो जीविका चलाउनुहुन्थ्याे । उहाँले स्थानीय झुप्रा खोलामा जालले माछा मारेर बिक्री गर्नुहुन्थ्याे । जसले उहाँको जीविका राम्रै…
नदी उत्खनन्ले सोनाहाहरूको पेशा सङ्कटमा ! (फोटो फिचर)
बाहिर झिसमिसे उज्यालो छ । महिलाहरू खाना पकाउन व्यस्त छन् । पुरुषहरू भने गाई, भैँसी र बाख्रालाई गोठबाट बाहिर खुल्ला ठाउँमा सार्दै छन् । बिहान नहुँदै पुरा गाउँ बिउँझिएको छ…
राउटे समुदायलाई गास र बासको चिन्ता, प्रत्येक वर्ष घट्दै जनसङ्ख्या !
आफूलाई जङ्गलको राजा भनेर चिनाउने राउटे समुदाय जनसङ्ख्या हरेक वर्ष घटिरहेको छ । अहिले राउटे समुदायमा ४१ घरधुरी छन् । १ सय ३४ जना मात्रै सङ्ख्या छ । राउटेसँग काम…
‘देशलाई दृष्टि चढाएर अन्धकारमा बाँच्दैछु !’
एम–१६ छैन हातमा । न त लडाकु ड्रेस । १० वर्षे सशस्त्र युद्धमा ३२ बढी लडाईँ थेगेका पूर्वलडाकु सहायक कमाण्डर लालबहादुर वलीको दैनिकी हिजोआज एक थान लठ्ठीको साहारामा छ ।…