तेह्रवर्से बालक खेताला जाँदै ठिक्क

सबेरै उठेर छिमेकीलाई खनजोत गर्न पनि सघाउनुछ । त्यसभन्दा अघि बा-आमालाई घरकोकाम गर्न पनि सहयोग गर्नै पर्‍यो । भोलि घाम झुल्कनुअघि छिमेकी बडाको खेतबारीको काममापुगिएन भने त दिनभरिको पारिश्रमिक पनि त पाईदैन । बुवाआमाले सानैदेखि विद्यालय पढ्नपठाइदिएको भए अहिले गाउँभरि मेलापात गर्न जानु पर्दैन थियो नि ! हुन त मलाई मात्र भए पोहुन्थ्यो, मभन्दा माथिका एक दिदी, दुई दाजु र मुनिको एक भाइलाई पनि त बा-आमाले विद्यालयपठाएनन् । गाउँभरिका कतिजना पढ्न जान्छन् । अरुहरू स्कुले पोशाकमा सजिएर हातमाकिताब बोकी स्कुल गएको हेरेर चित्त बुझाउनुभन्दा अरु विकल्प पनि त छैन। स्कुलेहरूलेबाटोमा भेट्दा गर्ने खिसिट्यूरी पनि झेल्नै पर्‍यो । जे होस्, अबको केही वर्षपछि नागरिकताबनाएर विदेश जानुपर्ला । छिमेकीका सबैजना खाडी पुगेर राम्रै पैसा कमाइ रा'छन् ।

 

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको विकट लिच्कीराम्चे गाविस-६, लिच्की गाउँका १३ वर्षीय लक्ष्मण परियार दिनहुँ यस्तै सोचाइमारहन्छन् । पढ्ने रहर हुँदाहुँदै पनि घरको कमजोर आर्थिक अवस्था र परिवारमा चेतनाको कमीले उनले पढ्न पाएनन् ।घरदेखि झण्डै तीनसय मिटरको टाढा लक्ष्मी माध्यमिक विद्यालय छ । तैपनि पनि उनको परिवारमा शिक्षाको पहुँच पुग्न सकेन ।नत कसैले छोराछोरीलाई पढाउनुपर्छ भनेर उनको अभिभावकलाई भने, बरु उपल्लो जातको घरमा गएर दिनभरि कामगरिदिनुपर्छ भन्ने कुराको विकास भयो उनको परिवारमा । आफूभन्दा कथित ठूलो जातिको घरमा गएर मकै छर्नदेखिपाकिञ्जेलसम्म तथा धान, कोदो रोप्न र घाँस, दाउरा, गोठालो गर्नु उनको अहिले दैनिकी बनेको छ । ''पहिला-पहिला साहूको भारीपनि बोकियो । एक हप्तासम्म लगाएर उदयपुरको गाईघाटदेखि साहुहरूका भारी बोकिदिन्थेँ''-उनी भन्छन् । प्रतिकेजी नौरुपियाँमा सामान ल्याइदिएबापत आएको पैसा बुवालाई दिन्थे ।" बुवा रणबहादुर परियारसँगै उनी पनि ढाकर बोकेर महिनामाचार पटकसम्म गाईघाटबजार झर्ने गर्थे । 'अहिले गाउँमा खच्चडले भारी बोकेर ल्याउन थालेपछि भारी बोक्न पनि छाडियो' -उनीभन्छन् ।

 

अन्य काम गर्ने सीप पनि छैन, दिनभरि कथित उपल्लो जातको घरमा काम गर्दा आउने थोरै रकमले नुन, तेल खान पुग्छ । नगरौभने पनि घरको आर्थिक अवस्था कमजोर छ । घरकै काम गरौं भने पनि एक चिम्टी बारीमा मजाले काम गर्‍यो भने तीनघण्टामा सबै सकिन्छ । त्यो पनि चिम्टिया माटोमा फल्छ नै र ? गाईवस्तु पाल्ने ठाउँ पनि छैन । आफ्नो घरमा नभए पनि अरुकोगाईवस्तुको गोठालो गर्न र घाँस दाउरा गर्दैमा फुर्सद छैन । कहिलेकाँही उनको सोचाइमा परिवर्तन हुन्छ, अनेकन प्रश्नहरूमनमा उब्जन्छ, किन म दलितको कोखबाट जन्मिएँ होला ? किन शिक्षित र धनी परिवारमा जन्म लिइन ? धन्न पैसा चाहिं चिन्नसक्छु । अब पढौं भने आफूसँगैको गाउँले साथीहरू यतिबेला आठ पास गरिसके, उनीहरूको अघिल्तिर म कसरी एककक्षादेखि पढ्न थाल्नू ? बरु यसरी नै दिनचर्या बिताउनु वेश, आखिर पढेर नै के पो गर्न सकिन्छ र ? एक दिन एक दिन त विदेशजानै पर्छ ।

 

लिच्की गाउँ अधिकांश दलित समुदायको वस्ती भएको गाउँ हो । तीमध्ये पनि दमाई एक घर मात्र रहेको छ । लक्ष्मणको दिदीकल्पनाको विवाह भइसकेको र दुई दाजुहरू दीपक र जीवन पनि वैदेशिक रोजगारमा खाडी मूलुक पुगिसकेका छन् ।बुवाआमा, भाइ र उनलाई अर्काको घरमा काम गर्दैमा फुर्सद छैन । पुख्र्यौली पेशा गर्न पनि त्यो सीप उनको परिवारमा भएन ।त्यसो त आफ्नै गाउँमा  भएका २० घर कामी जातिको समुदाय पनि शिक्षाको पारिलो घामबाट वञ्चित नै छन् । अहिलेकायुवापुस्ता र बालवालिकाहरूको पढाइप्रतिको अभिरुची कम पाइन्छ । दलितवस्तीमा चेतनाको कमी भएकाले बालवालिकासमेत पढ्नबाट वञ्चित भएको स्थानीय समाजसेवी रमेश राई बताउँछन् । गरीबी, अशिक्षा र चेतनाको कमीले बालबालिकाविद्यालय जानुको सट्टा दिनभर खेलेरै समय बिताउने गर्छन् । युवापुस्ता वैदेशिक रोजगारीमा जाने गरेको र अभिभावकहरूसाहुको घरमा काम गर्न जाने भएका कारण बालबालिका पढ्नबाट वञ्चित हुने गरेको उनको भनाइ छ । सरकारले हरेकवर्षगाविसमार्फत दिँदै आएको अनुदान रकमसमेत लक्षित समुदायको लागि खर्च भएको छैन । दलितको अगुवा गर्ने व्यक्तिनहुँदा दलितको चेतनास्तर उकास्न आएको बजेट अन्य शीर्षकमा नै खर्च हुने गरेको छ । गरीबी र चेतनाको अभावमा गाउँकाअधिकांश बालबालिका गोठालो, खेताला र धुलोमा खेलेरै समय बिताउने गरेका हुन् । चौबीस जनाभन्दा बढी बालवालिकासडकमा खेलेर दिन कटाउने गर्दछन् । गाउँमा चेतनाको कमीले उनीहरूको भविष्य अन्धकार बनेको छ ।

 

एक साथ आउने धेरै समस्याको कारण कलिलो दिमागमा कहिलेकाँही एकसाथ जिज्ञासाहरू रुमलिन्छन् । लक्ष्मण सानैउमेरदेखि साहुको घरमा काम गर्न पोख्त बने । बुवाआमा, दिदी, दाजु अनि ऊ । एउटा सानो झुपडी छ, ओत लाग्ने गतिलो ठाउँपनि छैन । छिमेकीहरूको ठूलाठूला तीनतले घर पनि दरबारजस्तै लाग्छ । राम्ररी शहर नियाल्नसमेत नपाएका उनलाईजिन्दगी यही झुपडिमा बित्ने हो कि जस्तो लाग्छ । विदेश गएरै भए पनि पैसा कमाएर ल्याएर छिमेकीको भन्दा ठूलो अनि सेतोच्यादरले छाएको घर बनाउने कल्पनामा मात्र उनको खुसीको माध्यम बनेको छ ।

 

डिएम चाम्लिङ राई

-