डेङ्गुका बिरामीले भरिए राजधानीका अस्पताल (फोटो फिचर)

काठमाडौँ    ०७९ भदौ २३ गते

काठमाडौँ उपत्यकामा डेङ्गुका बिरामी बढेसँगै पछिल्लो समय अस्पतालमा शय्या अभाव हुन थालेको छ ।

गत दुई हप्तायता डेङ्गुका बिरामीले बेड भरिन थालेपछि ठूला अस्पतालले अस्पतालका आकस्मिक कक्ष तथा वार्डहरू डेङ्गु सङ्क्रमितले भरिएका छन् ।

बिरामीको चाप थेग्न नसकेपछि शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल टेकु र वीर अस्पतालले ग्यालरीमा बेड थपेर समेत उपचार गराइरहेका छन् भने बेडकै अभावका कारण कतिपय बिरामीलाई डाक्टरले औषधि दिएर घरमै आराम गर्न भनेका छन् ।

इन्सेक काठमाडौँ प्रतिनिधि विमल पौडेल भदौ २३ गते टेकु अस्पतालमा पुग्दा दैनिक १ सय जनाभन्दा बढी डेङ्गुको आशङ्कामा परीक्षणका लागि आउने र त्यसमा ८० प्रतिशतलाई डेङ्गु सङ्क्रमण देखिएको टेकु अस्पतालका रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले बताउनु भयो ।

त्यस्तै नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालमा पनि दैनिक ५० जनाको सङ्ख्यामा बिरामीहरू डेङ्गु परीक्षण गर्न आउने अस्पतालको इमरजेन्सी वार्डमा कार्यरत डाक्टर इर्साद आलमले जानकारी दिनु भयो ।photo20220908kathmandu (1)

photo20220908kathmandu (1)

photo20220908kathmandu (2)

photo20220908kathmandu (3)

photo20220908kathmandu (4)

photo20220908kathmandu (5)
फोटोहरूः विमल पौडेल

- अनलाइन डेस्क