जिल्ला अस्पतालमा बिरामीको अत्यधिक चाप (फोटो फिचर)
पछिल्लो समय जिल्ला अस्पताल लमजुङमा बिरामकी चाप अध्यधिक बढेको छ । दैनिक ४ सय जनाको हाराहारीमा उपचारका लागि बिरामी आएको अस्तपाल प्रमुख हेमन्त श्रेष्ठले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।
उपचारका लागि अस्पताल आउने बिरामीहरूमा विशेष गरी भाइरल ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने लगायत समस्या भएकाहरू रहेको श्रेष्ठले बताउनु भयो ।
अस्पतालमा भर्ना भएर बस्ने बिरामीहरुको पनि सङ्ख्या अधिक रहेको छ । भर्ना भएका बिरामीहरुमा बालबालिका र ज्येष्ठ नागरिक धेरै रहेका छन् ।
नयाँ बिरामी भर्ना हुन आएको खण्डमा अस्तपालको प्यासेजमा बेड राखेर भएपनि उपचार सेवा दिने पनि अस्पतालले जनाएको छ ।
- प्रमोद अधिकारी
सम्बन्धित फिचरहरू
सशस्त्र द्वन्द्वले दुवै गोडासँगै सपना पनि गुमे !
२०६३ साल कात्तिक महिना । तिहारको दिन । रामचन्द्र आफ्नो दिदीको हातको टिका लगाएर मामाघर जाने तयारीमा हुनुहुन्थ्यो । कृष्ण गौतम रामचन्द्रका मिल्ने साथी । छिमेकी पनि भएकाले सधैँ जसो…
द्वन्द्वमा छाडिएको बम बिस्फोटले बहिनीको ज्यान गयो, त्यसैको पीडामा बुबाद्वारा आत्महत्या
बिहान अचानक कुञ्चोक गाविस-४ को देउरालीडाँडामा ठूलो आवाजमा बम पड्क्यो । साँढे दश बज्दै गर्दा आएको यो आवाजले गाउँलेहरू त्रसित मात्र भएनन्, साबिक कुन्चोक गाविस-४ की १२ वर्षीया एक अबोध…
अझै पनि पानीकै पिरलो, पानी भर्न घण्टौँ बस्नुपर्छ पालो
रामेछापको मन्थली नगरपालिका-१२ गेलुका बासिन्दा खानेपानी कै समस्याले पिरोलिएका छन् । खानेपानी कै लागि रातको निन्द्रा माया मारेका छन् । बेलामा पकाएर खान पाएका छैनन्, बालबालिकाको पढाइ छुटाइएका छन् ।…
कुपोषणको मारमा बालबालिकाहरू
उत्तरगया गाउँपालिका-५ को खाल्टेमा भूकम्पबाट विस्थापित क्याम्पमा २३ वर्षीया बिरमाया तामाङ बस्दै आउनु भएको छ । उहाँको दुई छोरी र एक छोरा छन् । कान्छी छोरी २० महिना पुग्न लागिन्…
वर्षेनी बालिका बलात्कारका घटना बढ्दै
जाजरकोट की १५ वर्षीया बालिका २०७८ फागुन ८ गते राति ११ आफ्नै घरमा बलात्कृत भइन् । आर्थिक अवस्था कमजोर भएका कारण उनका बुवा केही समय देखि भारतमा मजदुर गर्दै आउनुभएको…