खै कहाँ छ मेरो छोरा
दिउँसोको १२ बजे । हिउँदे खेतीको समय । खेत जोतेर केहीबेर अघिमात्र फुर्किएको थियो ।हल गोरु बाँधेर घरको पेटीमा मानबहादुर के थुचुक्क मात्र बसको थियो, माओवादी कार्यकर्ताहरू आइपुगे उसलाई लिन । बहिनीले भित्र भात पनि पस्किसकेकी थिई । खाना खान धोएको चिसै हात लिएर लुरुलुरु माओवादीको लाग्न बाध्य भयो । माओवादी वडा जनसरकार प्रमुखसमेत रहेका छिमेकी प्रमुख मानबहादुर र्घर्तीको घरमा पुर्žयाए उसलाई एकाएक हात बाँधे । अनि शुरु भयो काँध र पाखुरामा घचाघच हसिँया प्रहार । रगत्म्य अवस्थामै माओवादीले मानबहादुरलाई सगै लिएर गए ।
०६२ मङ्सिर ५ गतेको त्यो बिहानी चन्द्रकलाको मनमा ताजै छँ हामीलाई त्यो दिन बिहनौ छलफलको लागि भनेर मानबहादुरको घरमा बोलाइएको थियो । छलफल त खासै केही भएन । छोरालाई ल्याएर हसियाले हानेर घाइते बनाए । । अनुनय विनय गर्žयौ । तर केही सीप लागेन । आफुहरूकै आँखा अगाडि रगताम्मे अवस्थाको छोरालाई लिएरै गए । पानीपानी भन्दै गरेको छोरालाई माओवादीका कार्यकर्ताहरूले डा“डा कटाएको दृश्य टुलुटुलु हेर्न विवश भयौं । आ“सुका धारा बगाउदै घरमा फर्किनु बाहेक विकल्प पनि थिएन् । त्यसपछि छोरा न घरमा फर्किएको छ न त खबर नै ।"
यसरी बेपत्ता पारिएकामा लेखपराजुल गाविस- १ मन्मकाँडाका चन्द्रकलाका ३२ वर्षीय छोरा मानबहादुर खड्का एक्ला होइनन् । चन्द्रकला र बुबा गोपाल खड्काले मात्रै भोग्नुपरेको पीडा पनि होइन् । इन्सेकको एक तथ्याङ्क अनुसार सशस्त्र द्वन्दको क्रममा राज्यबाट ८ सय २८ र माओवादीबाट १०५ गरी ९ सय ३३ जना बेपत्ता पारिएका छन् । माओवादीले अपहरण पछि र राज्यले गिरफतार गरी बेपत्ता बनाइएकाहरूको अवस्था खड्काको झै अज्ञात छ । ०६२ मङ्सिर ५ गते अपहरणपछि बेपत्ता बनाइएका मानबहादुरलाई अहिले माओवादीले मुक्त भइसकेको भन्ने त गरेका छन् । तर उनीहरूको भनाइमा सत्यता भने छैन् । माओवादीले खडका मुक्त भएको भन्ने परिवारलाई विश्वास लाग्ने तिथि मिति र स्थान बताउन त सकेका छैनन् नै । यसले पीडित परिवारलाई थप पीडा भोग्न बाध्य पनि पारेको छ ।
सुराकीको आरोपमा माओवादीले खड्कालाई बेपत्ता बनाएका पनि होइनन् । न त उनी कुनै राजनीतिक दलका कार्यकर्ता वा जनप्रतिनिधि नै थिए । ०६२ कार्त्तिक १७ गते भाइटीको दिन गाँउमा भएको सामान्य विवादले उग्र रूप लिएको घटनाको शिकार मात्र भएका हुन् उनी । उनका भाइ लालबहादुर, सुरज र ज्वाँइ भीम अधिकारीलाई भाइटीकाको दिन स्थानीय माओवादी कार्यकर्ता शेरलाल गुरुङ्ग र हरि रानालगायतको समूहले चन्दा नदिएको भनी कुटपिट गर्žयो । सो घट्नाबारे माओवादी वडा जनसकारप्रमुख प्रमुख र्घर्तीको घरमा बुझन जा“दा उल्टै उनलाई हतियार लिएर आक्रमण गर्न आएको आरोप मात्र लगाइएन, माओवादी कार्यकर्ताहरूले हसि“या प्रहार गरी सख्त घाइते पनि बनाए । त्यसको लगत्तै सुरज, लालबहादुर र अधिकारीलाई अपहरण पनि गरे । तर उनीहरू नौ दिनमै भागेर र्फकन सफल भए तर आफ्नो गाउघरमा बस्ने आट गरेनन् । तीनैजना भारत भासिए । त्यसैको बदलामा अपहरणमा परेका थिए मानबहादुर , जसको स्थिति अहिलेसम्म सार्वजनिक भएको छैन । स्थानीय बासिन्दा शशीराम बुढाले भने "खड्का परिवारको बिचल्ली नै बनाइदिए माओवादीहरूले" । उनी त बेपत्ता छन नै । त्यस घटनायता उनका १३ जनाको परिवारले एकै ठाँउमा बस्न पनि पाएका छैनन् । न त आफ्नो घरजग्गाको मुख देख्न नै हेर्न पाएका छन् ।
चन्द्रकलालाई त्यो क्षण अझै ताजा छ जब उनको रगताम्मे अवस्थाको छोराले पानीपानी भन्दै थियो । उनले एक अजुली पानी पनि खुवाउन सकिनन् आफ्नो छोरालाई । प्रतिकार गर्नु त परै जाओस् । उनको आसुले माओवादीको मन भिजाउन सकेन सकेन । बिन्तिभाउले पनि माओवादीको मन पग्लिएन । उल्टौ हसिँया प्रहार गर्ने माओवादी कार्यकर्ता हरि रानाले धम्की दिए "हाम्रो विरुद्ध लाग्ने सबैको हाल यस्तै हुन्छ । तिमीहरू रोइकराइ गरेर केही हुदैन" ।
मानबहादुर यसअघि पनि माओवादीको तारो बनेका थिए । तिहारमा माओवादी कार्यकर्ता विनोदले हसिँयाले हानेको घाउ निको पनि भएको थिएन । भाइहरूलाई अपहरण गरेदेखि नै घरमा बस्ने मन थिएन उसको । भाइहरू र ज्वाँइ भागेको पत्तो पनि थिएन । घर्तीले उनकै घरमा तैनाथ माओवादी सेनालाई लैजानु भनेर निर्देशन दिए । एक दर्जनको सङ्ख्यामा रहेका माओवादी जनसेनाको बीचमा छोरालाई लिएको दृश्य हेर्न विवश भइन् चन्द्रकला " छोरालाई डाँडा कटाईसकेपछि छोराको सासको आस पनि मर्žयो । मसानघाटबाट फर्किएकाझै गरी हामी दम्पत्ति फर्कियौं । माओवादीहरू हेरिमात्र रहे । हातखुट्टा लाग्न छोड्यो । तर के गर्नु -जसोतसो घरमा आयौं ।" भक्कानिदै चन्द्रकलाले भनिन " आँगनमा लगाएको धानको कुन्यु मात्र होइन दुई दिनको खाली पेटपछि सकेजति भाँडाकुडाँ, कपडा, र सात वटा बाख्रापाठा लिएर घर छोंड्यौं" ।
मानबहादुर अहिलेसम्म बेपत्ता त छन नै । त्यस घट्नापछि उनकी पत्नी अविसरा तीन छोराछोरीका साथ माइतमा बस्दै आएकी छन् । ५५ वर्षीय बुबा गोपाल भारत छिरेका छन् । आमा, भाइ लालबहादुर र उनका परिवार लेखपराजुल गाविस- ८ डुङ्गीखोलामा बस्छन् । अर्का भाइ सुरजको पाँच जनाको परिवार भारतबाट फर्किएको पनि छैन । माओवादीले अहिले उल्टै बेपत्ता खड्काको पत्नी अविसरालाई हातमा लिएर जग्गा बिक्री मात्र गरेका छैनन । आफूस“ग भेट गरेर मानबहादुर भारत गएका हुन् भन्न समेत लगाएका छन् । परिवारका अन्य सदस्यलाई मानबहादुर मुक्त भएर भारत गए त भन्छन् अहिले माओवादीहरू । तर कहा“बाट कहिले र कसरी वा कसको रोहबरमा मुक्त भएका हुन् भन्ने बारेमा भने आफूहरू नै अनविज्ञ रहेको बताउछन् । खड्का परिवारले उनी जीवित छन् भनेर कसरी विश्वास गर्ने -
"माओवादीको यो बहाना आफुहरू चाखिने खेल मात्र हो ।" चन्द्रकलाले थपिन्" भारतमा गएको भए घरमा आउथ्यो । नभए खबर । अब शान्ति भयो बेपत्ता भएकाहरूको सबै पत्तो लाग्छन् भन्थे " खै कहाँ छ , मेरो छोरा - "
दुर्गा थापा
-
सम्बन्धित फिचरहरू
न्यायको पर्खाइमा द्वन्द्वमा बेपत्ता पारिएकाहरूका परिवार !
वीरेन्द्रनगर नगरपालिका–१२ की ५१ वर्षीय मायादेवी हमाल सशस्त्र द्वन्द्वमा आफूले पाएको पीडा र भाइलाई राज्य पक्षले बनाएको बेपत्ताप्रति राज्यमाथि प्रश्न गर्दै आउनु भएको छ । उहाँको पुरानो घर जुम्ला हो…
कि मुक्ति, कि मृत्यु देउ सरकार !
७० वर्षको वृद्ध शरीर, एउटा हातमा प्ले कार्ड, अर्को हातमा हिँड्ने सहायताका लागि लौरो । माघको चिसोले कठ्याङग्रीएका हात, खुट्टा चलाउन धौ धौ भइरहेका बेला घोराही उमनपा–१४ झिगौँराका प्रभु चौधरीलाई…
सुत्केरी आमाको बिचल्ली, पीडित भन्नुहुन्छ - ‘मेरो पीडाभन्दा बच्चाको भविष्यको चिन्ता रह्यो !’
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका–२ का २१ वर्षीय विवस जिसीलाई प्रहरीले ०८१ माघ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ असार महिनामा बलात्कार गरेको भन्दै…
सङ्घर्षले बदलिएको तुलसीको जीवन !
भनिन्छ नि ! दुःखपछि सुख आउँछ । हो त्यस्तै जीवनमा थुप्रै दुःखहरू भोग्दै आइरहनुभएकी वीरेन्द्रनगर नगरपालिका–१ की २८ वर्षीया तुलसी गिरीको जीवन पनि बदलिएको छ । जब उहाँका पति दिनेश…
द्वन्द्वपीडित परिवार भन्छन् - 'कहिले न्याय पाइएला ?'
बुद्धभुमी नगरपालिका–१, चङघाटकी चित्रकला बेल्बासे अहिले ६१ वर्ष हुनुभयो । दुई छोरा र पाँच छोरीका आमा रहनुभएकी चित्रकलाका पति ओम प्रकाश वेल्बासे नेपाली कांग्रेसको स्थानीय कार्यकर्ता हुनुहुन्थ्यो । मध्यम वर्गाीय…