कोशी नामाकरणमा विरोध :आन्दोलनकारी र प्रहरीबिच झडप, ५० जना घाइते, ३८ राउण्ड हवाइ फायर (फोटो फिचर)
कोशी प्रदेश नामाकरण खारेजको माग गर्दै आन्दोलनरत प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ता र प्रहरीबिच विराटनगरमा जेठ १४ गते झडप भएको छ ।
झडपमा परी ३० जना प्रहरी, २० जना आन्दोलनकारी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ३० राउण्ड हवाइ फायर र ७४ सेल अश्रुग्याँस प्रहार गरेको छ ।
कोशी प्रदेशसभा नजिक देवकोटामा चोकमा भएको झडपमा ३० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका एसपी दीपक पोखरेलले बताउनु भयो । घाइते प्रहरीको विवरण गोप्य राखिएको छ ।
झडपमा २० जना आन्दोलनकारी घाइते भएका छन् । घाइते हुनेमा गणेश मिभक मिक्लाजुङ ,मोरङ, नरेन्द्र लिम्बू कमल, झापा ,भवानीबिक्रम शेर्मा शिबसताशी, झापा, सोनाहाङ राई बिर्तामोड, झापा, असोक घिमिरे दमक, झापा, बिकेश राई चुलाचुली, इलाम, प्रकाश लिम्बू ,इलाम, सामी पालुङ्वा अर्जुनधारा ,झापा, चन्द्रकुमार राई धरान, सुनसरी, सन्जय राइ, खोटाङ, किरण लिङदेन, झापा, चन्द्र सावा, अर्जुनधारा ,झापा, मन कुमार थेगिम माइनपा इलाम, योगेन्द्र पाक्सावा छथर ,तेह्रथुम, खडक योङहाङ महमाइ, इलाम, भिमराज लिम्बू म्याङलुङ ,तेह्रथुम, प्रदीप नेयोङ धरान, सुनसरी ,अर्जुन राई, सुनसरी सन्जयकुमार राई सुनसरी र उपार्जन राई, सुनसरी रहेका छन् । घाइते प्रहरी र आन्दोलनकारीको कोशी अस्पतालमा उपचार गरिएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गते बोलाएपछि आन्दोलनकारीले प्रदेशसभा भवन अघि विरोधको कार्यक्रम राखेका थिए ।
प्रदेशसभा भवन नजिक प्रहरीले तोकेको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा झडप भएको हो ।
भीडलाई तितरबितर बनाउन प्रदेश प्रहरी कार्यालय विराटनगरबाट ल्याएको गाडीबाट प्रहरीले पानीको फोहरा पनि हानेको थियो ।
कोशी प्रदेशसभाले ०७९ फागुन १७ गतेको प्रदेशसभाको बैठकले कोशी प्रदेश नामकरण गरेको छ ।
फोटो सौजन्य- अनिल श्रेष्ठ र विनोद सुवेदी
- विनोद सुवेदी
सम्बन्धित फिचरहरू
द्वन्द्वमा बेपत्ता पारिएको छोरो फर्किने आसमा हुनुहुन्छ ८६ वर्षीया आमा
‘गलत केही गरेको थिएन, अपराध केही गरेको होइन, आफ्नो सोझो गरेर खाने मान्छे, गाउँमा मर्दा पर्दा जहाँ जतिबेला बोलाए पनि जाने, उहाँको जीवनमा त्यही अभिशाप भयो’, तत्कालीन विद्रोही माओवादी पार्टीबाट…
पढाई खर्च नहुँदा विद्यालय छोड्दै बादी समुदायका बालबालिका
शारदा नगरपालिका–१ शान्तिनगरका सागर नेपाली अहिले १९ वर्षको हुनुभयो । कक्षा ६ सम्म पढेका उहाँले कापि, कलम, पोशाक नहुँदा बीचमा नै पढाइ छोड्नुभयो । ‘घरको आर्थिक अवस्थाले भ्याएन्, बुवा बिरामी…
नवजात शिशुको मृत्युदर घटाउने चुनौती
नवजात शिशुको मृत्युदर घटाउने सरकारी लक्ष्यमा चुनौती देखिएको छ । एक वर्षमा जुम्लामा मात्रै २९ जना नवजात शिशुको मृत्यु भएको छ । घटना १ : सिँजा गाउँपालिका– ६ रुगागाउँकी १७…
बीस वर्षदेखि छोराको प्रतिक्षामा छन् बेपत्ता पारिएका व्यक्तिका परिवार
छोरो बेपत्ता परिएको २० वर्ष भयो । तर पनि अझै मानबहादुर र धनकुमारी मगर भने छोरोको प्रतीक्षामा नै हुनुहुन्छ । रामेछापको सुनापति गाउँपालिका-३, हिलेदेवीका राजकुमार थापा मगरलाई सशस्त्र द्वन्द्वको बेलामा…
समस्यामा भूकम्प प्रभावित : ‘घरले थिच्यो ,भाग्यले बाँचियो’
दार्मा गाउँपालिका–२ लिरापाजाका हर्कु खत्री उमेरले ८१ वर्षको हुनुभयो । घरायसी काम गर्न नसकेपनि उहाँले वरपर गर्ने, घरको देखदेख गर्ने, नातिनातिनाको रेखदेख गर्ने गर्नुहुन्छ । उहाँका कान्छा छोरा टेक बहादुर…