कहालीलाग्दो छ बालबालिकामाथि द्वन्द्वकोअसर
भोजराज तिमिल्सिना
२४ श्रावण ०६२
काभ्रे । बमविस्फोटनमा परेर बाँचेका, पनौती नपा-१२ का ८ वर्षीय संजय कोइराला 'पढेको कुरा सम्झिँदैन' भनेर चिन्ता गर्छन् ।ज्ञानज्योती अंग्रेजी विद्यालय खोपासीमा १ कक्षामा पढ्ने संजय २०६१ पुस ५ गते खोपासी मयलबोट नजिकै माओवादीले थापेको विद्युतीय धरापमा परी घाइते भएका थिए । काठमाडौंको त्रि.वि. शिक्षण अस्पतालमा एक महिनासम्म उपचार गरेपछि उनी बाँचेका थिए । त्यो घटनालाई सम्झाउने गरी संजयको अनुहारभरि घाउका टाटाहरू छन् । अचेल पनि उनको अनुहारमा छुँदा उनी 'दुख्यो' भनेर रून्छन् । परिवार त'बाँच्दैन होला' भनेर चिन्ता गरेको सम्झँदै टाटेपाटे मुख भए पनि बाँच्यो भनेर खुशी व्यक्त गर्छन् । माओवादीले अनिश्चितकालीन बन्द सफल पार्न बाटोभरी बम बिच्छ्याएका कारण सो घटना भएको थियो ।
बाबु-आमासँगै डेरामा बसी ज्याला-मजदुरी गरी पढ्ने नौ वर्षीय सुरज लामाको सोही घटनामा परी मृत्यु भएको थियो भने डेरामा बसेर पढ्ने अर्का आठ वर्षीय बालक आले थिङ घाइते भएका थिए । अपाङ्ग बालअस्पताल पछाडि बाख्रा चराउन गएका उग्रतारा जनागाल गाविस-६ का बालक जयराम बञ्जारा र दिलबहादुर खत्री पनि बमबाट गम्भीर घाइते भएकोमा लामो समयसम्म उपचार गरिए तापनि उनीहरू सुस्त मनस्थितिका भएका छन् । हिंसात्मक द्वन्द्वका क्रममा मर्नेहरूको दुःखद् सम्झना त छँदैछ; यसक्रममा घाइते तथा अङ्गभङ्ग भएर बाँच्ने तथा बाबु-आमा गुमाउने बालबालिका भने बाँचेर पनि कहालीलाग्दो स्थितिमा रहेका छन् ।
दूध दुहेको बेला वाल्टिङ गाविस-३ का राजकुमार मल्ललाई २०५५ फागुन ४ गते सुराकीको आरोपमा माओवादीहरूले गोली हानेर हत्या गरे । लोग्ने मरेको पीडामा २३ वर्षो कलिलो उमेरमै उनकी पत्नी मिठु बहुलाइन् । स्थानीय सरस्वती प्राविमा पढ्ने आठ वर्षी छोरी शर्मिला बाबु मारिएको तथा आमा बहुलाएको घटनापछि खाना पकाएर ख्वाउने मान्छेसमेत नहुँदा २०६० कात्तिक २८ गते विरक्तिएर हिँडिन् । कक्षा दुईमा पढ्ने शर्मिला एकाएक गाउँबाट हराएपछि सबै शिक्षकहरूलाई चिन्ता पर्यो । खोज्दै जाँदा धेरै पछि वनमा भौँतारिएर हिँडिरहेको अवस्थामा उनी भेटिइन् ।
कटुञ्जेबेँसीका इमानसिं तामाङलाई २०५५ असार ४ गते प्रहरीहरूले माओवादीको आरोपमा मारेपछि ३६ वर्षीया पत्नी मसिनी तामाङ लामो समयसम्म बेहोस भइन् । जतिबेला होसमा आइन्, त्यतिबेला सुतेर दुई वर्षीकी कान्छी छोरीलाई दूध चुसाउँदै थिइन्, मरिन् । ससुरा सुब्बासिं आफ्नी मृत बुहारीको दूध नातिनीले चुसिरहेको त्यो दृश्यको झल्को मात्र आउँदा पनि बेचैन हुन्छन् । त्यो घटनापछि मसिनीकी १३ वर्षीय जेठी छोरी लालमाया बन्दुक बोकी हिँडिन् । उक्त घटनामा मारिएका इमानसिंका हिमालसिं, हिमबहादुर र भारतसिं नाम गरेका तीन छोराहरू र लालमाया, मनमाया, मेगमाया र कान्छी नाम गरेका चार छोरीहरू रहेका छन् । सबैको उमेर १६ वर्षुनि छ । कतै राज्यबाट थप दुःख पो पाइने हो कि भन्ने त्रासले छोराछोरीहरू आफ्नो बाबु मरेको कुरा बताउन पनि चाहँदैनन् । मृतकका छोराछोरीहरू अहिले भ्याकुरा (एकप्रकारको चरा) मारेर जीवन यापन गर्नुलाई नै आफ्नो भाग्य सम्झन्छन्।
सरकार र माओवादीबीच युद्धविराम भएको समयमा गैरिबिसौना देउपुर गाविस-९ सन्यासीगाउँ बस्ने पाँच वर्षीय शम्भु पुरी, १० वर्षर्य राजु गिरी र ११ वर्षीय राजकुमार गाउँबाट भागे । ब्रह्मायणी निमाविमा पढेर घर फँकिदै गर्दा माओवादीले बन्दुक तेर्स्याउँदै 'तेरो बाउ कहाँ छ -' भनेका कारण आत्तिएर रुँदै विद्यालय पोसाकमै बनेपामा दगुरिरहेको अवस्थामा उनीहरू भेटिएका थिए । केही समयपछि गैरिबिसौनाका ३० वर्षीय लोकनाथ भनिने ज्ञानु पुरीलाई डेडीथुम्का माविको प्राङ्गणमा माओवादीले काटेर मारे भन्ने समाचार आयो । बाबुलाई माओवादीले धम्क्याएको सुनेर बाबुको मृत्युअघि नै भागेका ती बच्चाहरूको अहिले हरिबिजोग देखिन्छ ।
माओवादीले बेवारिसे अवस्थामा छाडेका बम पडि्कएका कारण पनौतीमा सुरज थापा, बनेपामा पुन्यराम मानन्धर,दाप्चामा मीनकुमार लामा, खार्पाचोकमा नेत्रप्रसाद दंगाली र अन्य एक नाम नखुलेका बालक तथा खोपासीमा सुरज लामाको ज्यान गएको छ । माओवादीमै गएका बालकहरू विमला वाइवा, मनकुमारी गोले, रमिता तामाङ र संजीव लामा पनि बम विस्फोटनमा परी मरेका छन् ।माओवादी छोडेका धनबहादुर श्रेष्ठ र सर्वसाधारण सनत श्रेष्ठ राज्यलाई सघाएको आरोपमा माओवादीद्वारा मारिएका छन् ।
भुम्लुसल्लेकी सरला अधिकारी, भुग्देउका सुजन आले, च्यासिर्ङखर्कका रामहरि थापामगर, पोखरीचौरीकी रिना रसाइली र खरेलथोककी मैना सुनुवारजस्ता सर्वसाधारण बालबालिका राज्यको कार्बाहीमा मारिएका छन् । यसैगरी माओवादीमै लागेर हिँडेकामध्ये अनैकोटमा डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा, मञ्जु कुँवर, च्यासिङखर्कमा राजु श्रेष्ठ,भुमेडाँडामा शंखेश्वर माविका एक विद्यार्थी -नाम नखुलेको) र रमेश अधिकारी, श्यामपाटीकी प्रेमकुमारी तामाङ्ग,पोखरीचौरीकी सुभद्रा चौलागाई, बोल्देफेदिचेका रकम लामा र चापाखोरीकी पुतली विश्वकर्मालगायतका १६ जना १८ वर्षमुनिका बालबालिकाहरू राज्यबाट मारिएको देखिन्छ । इन्सेकको तथ्याङ्कअनुसार, हिंसात्मक द्वन्द्वका क्रममा काभ्रेमा मात्र १८ वर्षमुनिका, माओवादीमा गएका समेत गरी, २८ जना बालबालिका मरेका छन् ।
जिल्ला बालकल्याण समितिका अनुसार द्वन्द्वरत पक्षले संरक्षकलाई मारेका कारण जिल्लामा धेरै बालबालिका जोखिममा परेका छन् । हिंसात्मक द्वन्द्वका कारण उनीहरू खतरामा मात्र परेका होइनन्, गलत काम गर्न पनि सिकेका छन् । अभिभावक गुमाएका केही बालबालिका शिक्षा, स्वास्थ्य र परिवारविहीन भई बालश्रमिक,सडकबालक वा मगन्तेका रूपमा जीवन बिताइरहेका छन् भने कतिपय बालबालिका व्रि्रोही छापामारहरूको सहयोगीका रूपमा सूचना आदान-प्रदानको कार्यमा लागेका छन् । केही बालबालिका त बन्दुक बोकेर बालसैनिकको रूपमा काम गरिरहेकासमेत भेटिएका छन् । युद्धसिर्जित त्रास र तनाबका कारण कलिलो मस्तिष्क अशान्त भई निदाउन समेत छाडेका पनि देखिन्छन् ।
-
सम्बन्धित फिचरहरू
बाढीपहिरो पीडितहरूको अवस्था बुझ्न अधिकारकर्मीहरूद्वारा अवलोकन (फोटो फिचर)
इन्सेक, नेपाल शान्ति संस्था र महिला एकता समाजका प्रतिनिधि सम्मिलित एक टोलीले असोज २१ गते काठमाडौँ र ललितपुरमा बाढीपीडितको अवस्था बुझ्न स्थलगत अवलोकन गरेको छ । टोलीले काठमाडौँको वङ्शीघाटमा बसोबास…
न्यायको पर्खाइमा द्वन्द्वपीडित परिवार
'न सकिन्छ गरी खान, न सकिन्छ मरी जान बुढेसकालैमा हो हो बुढेस कालैमा ।' बुद्धभुमी नगरपालिका–१, पचकैयाका पटवरी प्रसाद थारु, सावित्री थारुको अवस्था अहिले यही गीतको जस्तै भएको छ ।…
‘यसपाली त मनै फाट्यो, के ले सिउने के ले टाल्ने हो ?’
‘पोहोर साल खुशी फाट्दा जतन गरी मनले टाले, यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो ?’ काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल नपा–११ पात्लेखेतका ५५ वर्षीय शिक्षक सदानन्द धिताल असोज १७…
उज्जवल भविष्यको चिन्तामा अभिभावक विहीन बालबालिका
बगनासकाली गाउँपालिका–३, नायरनमतलेसकी नौ वर्षीया सोनिया खाम्चाले स्थानीय सिद्धि माविमा कक्षा ४ मा पढ्नुहुन्छ । सोनियाका बुबाको निधन सात वर्ष अघि भइसक्यो । बुबाको निधन भएपछि आमाले पनि अर्कै विवाह…
बुढेसकालमा कष्टकर दैनिकी बिताउँदै दृष्टिबिहीन ज्ञानमति
पिँढीमा राखिएका दाउरा छामछुम गर्दै हातले समाउनुभयो । चार/पाँच ओटा मसिना दाउरा संगेलेपछि एउटा हातले दाउरा समाएर अर्को हातले भुइँ छाम्दै घरभित्रको चुलो छेवैमा पुग्नुभयो । सलाइ चुलो छेउमै थियो…