एमसीसीबिरुद्धको प्रदर्शनका क्रममा झडप (फोटाफिचर)
सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभामा पेश गरेपछि फागुन ८ गते दिनभरजसो नयाँ बानेश्वर र बिजुलीबजार क्षेत्रमा आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप भएको छ ।
आन्दोलनका क्रममा पटकपटक प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा २७ जना आन्दोलनकारी, १७ जना प्रहरी र सात जना सशस्त्र प्रहरी घाइते भएका महानगरीय प्रहरी परिसर टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिनु भयो ।
भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले पानीको फोहोराका साथै १ सय १५ सेल अश्रुग्यास र ३० राउण्ड रबरको गोली प्रहार गरेको एसपी मैनालीले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनु भयो ।
आन्दोलनकै क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा र इँटाले २५ ओटा ढाल फुटेको पनि उहाँले बताउनु भयो ।
प्रदर्शनकारीतर्फ घाइते भएका २२ जनाको उपचार नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालमा गरिएको छ ।
अन्य घर फर्किएपनि पाँच जना गम्भीर घाइतेको उपचार सोही अस्पतालको वार्डमा चिकित्सकको निगरानीमा जारी रहेको छ ।
त्यस्तै प्रहरीतर्फ घाइते भएका १५ जनाको उपचार नेपाल प्रहरी अस्पताल पानीपोखरीमा भइरहेको छ । सशस्त्र प्रहरीतर्फ घाइते भएका तीन जनाको उपचार बलम्बुस्थित एपीएफ अस्पतालमा भइरहेको छ भने बाँकी चार जनाको उपचार संसद भवनभित्रै रहेको आपतकालीन उपचार कक्षमा गरिएको प्रहरीले जनायो ।
- विमल पाैडेल
सम्बन्धित फिचरहरू
निर्वाचनप्रति नागरिकको आस्था (फोटो फिचर)
एउटा चिनियाँ उखान छ–‘हजार माइल यात्रा पार गर्न पहिलो एक माइलको यात्रा तय गर्नुपर्छ ।’ यो वर्ष तीनै तहको निर्वाचन सही ढङ्गले पार गर्न स्थानीय तहको निर्वाचनको पहिलो खुट्किलोको यात्रा…
रोकिएन आचार संहिता उल्लङ्घनको क्रम (फोटो फिचर)
राजनीतिक दलहरूले आचार संहिता उल्लङ्घनका क्रियाकलापहरू रोकेको पाइएन । दलहरूले निर्वाचन आचार संहिता विपरित निर्वाचन प्रचार प्रसारमा रहेका छन् । यस सम्बन्धी उजुरी पनि निर्वाचन कार्यालयहरूमा नपरेको जिल्ला निर्वाचन कार्यालयहरूले…
राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढ्दो (फोटो फिचर)
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा सुर्खेतमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएका छन् । निर्वाचनका क्रममा राजनीतिक दलहरूले आचारसंहितालाई बेवास्ता गर्दै निर्वाचन लक्षित गतिविधि गरिरहेका छन् । प्रमुख राजनीतिक…
निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका गतिविधि ( फोटोफिचर)
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ गर्ने दिन वैशाख ३० गते तोकीदिएपछि राजनीतिक दलहरुले उम्मेदवार छानौट गर्ने कार्यहरु सुरु गरे । निर्वाचन आयोगले दलहरुलाई उम्मेदवारहरुको मनोनयन दर्ताका लागि वैशाख ११ र…
छोरीलाई कानुनमा छोरा सरह अंश लिने व्यवस्था तर कार्यान्वयन फितलो
महिलालाई लैंङ्गिक भेदभाव नगरी समान वंशीय अधिकारको सुनिश्चितता गरेर छोरीलाई पनि छोरा सरह अंश दिने कानुनी व्यवस्था छ । छोरीलाई छोरा समान अंशको सुविधा भएपनि जिल्लामा छोरीले छोरा सरह अंश…