अब पढ्न पाइने आशा छैन राजेशलाई

नवराज पथिक

जेठ महिनाको चर्कोघाम । दिउँसोको २ बजेको छ । मन्थलीको गर्मी खप्नै नसकिने खालको छ ।दिउँसो सडकमा निस्कन निक्कै गारो पर्दछ । मानिसहरु काम नपरी दिउँसो सडकमा देखिदैनन्। बजारको मूख्य भागमा पर्ने देवकोटा चोकमा साँघुटार जाने मुन्द्रे यातायाको गाडी लागेको छ ।यात्रीहरु घाममा बाहिर बस्न नसकी गाडीभित्रै गाडी हिड्न प्रतीक्षा गरिरहेका छन् ।तैपनि उनीहरुलाई गर्मीले टिक्न दिएको छैन । गाडीभित्र बसेर कोही आफ्नै लुगाले तकोही कार्टुनकोो टुक्राले हम्किरहेका छन् । गाडीको छेउमा बसेर राजेश भने एकहोरोकराइरहेका छन्- लौ छिटो आउनुहोस्, साँघुटार जाने गाडी छुट्नै लाग्यो ! लौ है जानै लाग्यो !! अब हिड्नै लाग्यो !!!

ओखलढुङ्गा जिल्लाको सिंहदेवी गाविस- ८ का राजेश बुढाथोकी उमेरले भर्खरै ११ वर्षा भए । बिहान बेलुकाआमाबाबुको पोल्टामा लुटुपुटु गर्दै दिउँसो स्कूल जानुपर्ने बेलामा अहिले राजेशगाडीको खलासी भएका छन् । उनी रातदिन केही नभनी गाडीमा दौडिरहेका छन् । न खानकोठेगान छ, न सुत्नकै । कहिले त रातभरि पनि सुत्न पाउँदैनन् उनी ।

हुन त मानिसले भाग्यमा विश्वास गर्नू हुँदैन भनिन्छ । तर कहिलेकाहिंत्यसैलाई बाहेक धिक्कार्ने ठाउँ नै हुँदैन रहेछ । राजेशलाई के थाहा यो उमेरमाजिन्दगीले यस्तो बाटोमा हिडाउँछ भन्ने ।

साथीभाइसँग रमाइलो गर्दै विद्यालयमा पढ्दै गरेका राजेशले बाबुआमा रदिदीको माया पाउनुपर्ने बेलामा सडकको धूलो अनि भोक र तिर्खासँग पौठाजोरी खेल्नुपर्ने कुराको कल्पनासम्म पनि गरेका थिएनन् । राजेश ४ कक्षामा पढ्दै थिए । दिदी ८ कक्षामा र बहिनी २ कक्षामा पढ्दैथिइन् । सानो भाइलाई काकाले काठमाडौमा पढाइदिएका थिए । सबै राम्रै थियो ।

यत्तिकैमा ०६२ सालमा उनका वाबु बद्री बुढाथोकीलाई स्थानीय एक सार्कीथरकी महिलासँग शारीरिक सम्बन्ध राखेको आरोप लाग्यो । आरोपसँगै उनका बाबुलाईगाउँलेहरूले सामाजिक रुपमा बहिस्कार गरेपछि उनी गाउँ छाडेर हिंडे । उनी अहिले कहाँछन् भन्नेकुराको पत्तो समेत छैन ।

राजेश भन्छन्- 'बुवाले गाउँ छाडेपछि घरव्यवहार पनि बिग्रियो । हामीलाई सबैले सार्कीकोछोराछोरी भन्दै हेप्न लागे । टोल-छिमेकमा सबैले सार्कीको छोरा भनेर उनीहरूकोमा आउनजान दिन छाडे । कसैकोमागयो भने सार्कीको छोरा यता नआइज भनी गालि गर्थ्र्ये । स्कूलमा पनि साथीहरूले पनिसार्कीको छोरा भनेर जिस्क्याउन लागे । उनीहरूले संगै बस्नदिन छाडे । त्यसपछि मलाईघरमा बस्नै मन लागेन । आमासँग यो कुरा गरेपछि मामाघरतिर पठाइदिनुभयो । मामाघर त आएँतर त्यहाँ पनि त्यस्तै भयो, बस्न सकिन ।'

 घरमा नै नराम्रो भएपछि बाहिर के राम्रो हुन्थ्यो । मामाघरमा नै बसेकोबेला गाउँकै एक जना दाइले होटलमा काम गर्ने हो भने म भनिदिन्छु भनी मन्थलीमा ल्याएरएउटा होटलमा राखी दिनुभयो । होटलमा दुई महिना काम गरें । त्यसपछि गाडीमा काम गर्नथालें । होटलमा भन्दा गाडी लाइनमा राम्रो खान पाइन्छ । ठाउँ घुम्न पनि पाइन्छ । तरसुत्ने र बस्नेको चाहिं ठेगान हुँदैन । कहिले रातभरि पनि हिड्नुपर्दछ । कहिले तजंगलकै बास हुन्छ । गाडी जहाँ बिग्रिन्छ त्यहीं बस्नुपरिहाल्यो'- उनी बताउँछन् ।

उनले गाडीमा काम गरेको मासिक ५ सय रुपैयाँ तलब पाउँदछन् । खानाको पैसाभने साहुले नै तिरिदिन्छन् ।'तलबको पैसा केही आफू चलाउँछु, बाँकी आमालाई पठाइदिन्छु । त्यसले पनि घरखर्च चलाउन निक्कै सजिलो हुन्छ। त्यही त हो नि, घरमा पनि आम्दानी केही छैन'- उनी भन्छन् ।

राजेशलाई पढ्न चौपट्टै मन छ, तर उनको पढ्ने चाहना यही अवस्थामा पूरा हुन सम्भव छैन । 'काम गरेर पढ्ने ठाउँ पाए पनि पढ्ने थिएँ । अरू स्कूल गएको देख्दा आफूलाईपनि स्कूल जान मन लाग्छ, तर के गर्नु आफ्नो त कर्म नै उस्तो रहेछ । यो चोलामा पढ्न पाइएला जस्तोछैन ', उमेरले केटाकेटी नै भए पनि परिपक्व मानिस जसरी नै पीडा व्यक्त गर्दछन्उनी ।

गाडीले उडाएको धूलोसंगै अनिश्चितताको धूलोले ढाकेको छ उनको भविष्यलाई।

रामेछाप । जेठ २०६४

-