अपाङ्ग छोरी मेरा लागि द्वन्द्वको उपहारनै भएको छ
अपाङ्ग छोरी काखमा च्यापेर आँखा भरी आँसु बगाउँदै सावित्राले भनिन्, "मैले के बिराएको थिएँ होला - मैले के पाप गरेको थिए होला र आज मैले यो दशा ब्यहोर्नु पर्दैछ । नमरी जाने नगरी खाने यस्तो दुःख शत्रुलाई पनि नहोस् । माइली कहाँ छेस् बहिनीलाई खाना ल्याइदेऊ म यसलाई खाना खुवाएर बजार जानु पर्žयो । आज बाबाको फोन आउछ रे । यसको उपचार गर्न लैजाँदा केही हुन्छ कि भनेको टाउको अप्रेशन गर्दा ठूलो खर्च हुन्छ भन्छन् । तर खर्च कसरी जुटाउनु - उपचार गर्न लान खोजेको तीन वर्षभयो तर सकेकी छैन । उसको बाबालाई नेता भएर हिँड्न नै ठिक्क छ घरको के मतलव -" साबित्रा एक्लै गनगनाउँछिन् । यतिकैमा माइली छोरीले खाना ल्याउछिन् । अपाङ्ग छोरी खाली हृया.. हृया... मात्र गर्छिन् । सावित्रा खाना छिटो खा भन्दै मुखमा खाना लगाई दिन्छिन् छोरी बिस्तारै खाना खान्छिन् । माइली छोरी छेउमा आएर "आमा बहिनीसँगै जन्मेकी तल्लाघरे दाइको छोरा स्कुल जान थाल्यो हाम्री बहिनी कहिले जाने हो - सावित्रा भन्छिन् "नकरा तलाई के थाहा खाना खाएर स्कुल छिटो जा" सबै आफ्नो काममा हिँडे नानी घरको कुनामा एक्लै सुताएर उनलाई घरमा को आयो को गयो थाहा छैन उनलाई मतलब पनि छैन ।
०६० जेठ २१ गते हाङ्देवा-७ जन्मेकी विनिता आज उठ्छिन् भोलि उठ्छिन भन्दा भन्दै ५ वर्षबित्यो । उनी आज ओछ्यानमा सुतिरहेकी छिन् । उनको टाउको ठूलो छ, हात खुट्टा साना साना छन् खुट्टा एक आपसमा बटारिएका छन् भने उनी उठ्न बस्न नसकी २४ घण्टा सुतिरहन्छिन् । उनको बोली आउँदैन, उनलाई खाना खुवाउनु पर्छ भने दिसा पिसाब ओछ्यानमै गर्छिन आमा र दिदीहरुले बोकेर एक ठाउँबाट अन्य ठाँउमा सार्नु बाहेक उनी एक इन्च पनि र्सन सक्तिनन् । दश वर्षो द्वन्द्वको बेला विनिताकी आमा सावित्रा मादेनले सुरक्षाफौजसँग बच्नका लागि गर्नु परेको व्यवहारले यस्तो परिणाम आएको छिमेकी कृष्ण गौतमले बताए । सावित्राका श्रीमान् ०५७ बैशाखदेखि माओवादी पार्टीको पूर्णकालीन कार्यकर्ता बनेर हिँडे । सावित्राको घर सदरमुकाम नजिकै भएकाले सुरक्षाफौज दिन नबिराई घरमा आउने गर्थे । सुरक्षाकर्मीले सावित्रा मादेनलाई "तेरो श्रीमान् नेता भएर कहाँ हिँड्दैछ भन्, तेरो बूढालाई चाँडो बोलाएर हाम्रो जिम्मा लगा नत्र उसको लाश समेत नभेटिएला" भन्दै अपशव्द प्रयोग गरी गाली गरे । सावित्राका लागि यो ठूलो मानसिक यातना भयो । बालक छोरा छोरीका अगाडि भएको यस्तो दुर्व्यवहारले सावित्रालाई मात्र नभएर छोरा छोरीहरुलाई झन् ठूलो त्रास बढ्न थाल्यो । सावित्राले सुरक्षाफौजलाई आफ्नो श्रीमान् घर आउन छाडेको, खोक्लिङ बस्ने केटी बिहे गरेर अन्यत्रै गएको छ अरे । म सँग उसको अहिले कुनै सम्बन्ध छैन भनेर ढांट्ने प्रयत्न समेत गरिन् तर सुरक्षाकर्मीले उनको कुरा विश्वास गरेनन् । ०५९ भदौ २५ गते सदरमुकमबाट घर फिर्दै गर्दा हाङ्देवा पहिरोबाट पक्राउ गरी व्यारेकमा लगे । त्यहाँ आर्मीले सावित्रालाई श्रीमान्को बारेमा अनेक कुराहरु सोधे । आफूले के जवाफ दिएको भन्ने आफैलाई थाहा भएन । सावित्रा पहिलादेखि भन्ने गरेको जस्तै अहिले मलाई श्रीमानका बारेमा केही थाहा छैन घर नआएको धेरै भयो भनेर घर फिरिन् ।
उता सावित्राका श्रीमान् भने कहिले काँही घर आउने जाने गर्थे । परिणाम स्वरुप सावित्रा गर्भवती भइन् सुरु सुरुमा त त्यति गाह्रो भएन । जब पेट देखिन थाल्यो, उनलाई गाह्रो हुन थाल्यो । जडिबुटी खाएर बच्चा फाल्ने प्रयास गरिन् तर सम्भव भएन । अस्पताल गएर औषधि खाएर फाल्ने सोचिन् तर श्रीमान्को मञ्जुरी भएन । यसका लागि सावित्रालाई समय र अवसर पनि मिलेन । अब सुरक्षाकर्मीले सोधेमा कसको बच्चा भन्दा के भनौ भनेर उनी आत्तिन थालिन् । उनीसँग सुरक्षाफौज आउँदा पटुकाले पेट कसेर बस्नु अनि बिस्तारै जङ्गलतिर भाग्नुको विकल्प रहेन । सानी छोरीहरुलाई आर्मी आए नआएको हेर्न लगाउने र आर्मी आएको संकेत पाएमा जंगल भाग्ने गर्थिन् । पेटमा नानी बोकेकी आमाले जङ्गल भाग्नु सजिलो थिएन तर वाध्यता थियो उनलाई । उनी यसरी भाग्ने क्रममा कहिले खाली पेट लिएर जङ्गल भाग्नु पर्ने, कहिले चिसो जंगलमा बस्नु पर्ने, जाडो समयमा परालको माच र बारीको कान्लामा लुक्दै दिनहरु बिताउन थालिन् । यसरी सावित्राले न त गर्भावस्थामा लिनुपर्ने स्वास्थ्य सेवा नै लिइन् न त कुनै सल्लाह, न कुनै औषधि उपचार नै । प्रसुती पूर्व स्वास्थ्य परीक्षण गर्नु औषधि उपचार गर्नु, महिलाले स्वास्थ्य उपचार गर्न पाउनु भनेको जन्म सिद्ध अधिकार हो यसलाई रोक्न कसैले मिल्दैन थियो । तर, तत्काल उनी यस्तो सेवाबाट बञ्चित भइन् ।
सावित्रा घर छेउमा बाख्रालाई घाँस काट्दै गर्दा पनि घास काट्न उनलाई गाह्रो परेको कसैले बुझेन । छोरी स्कुलबाट २ बजे दिउँसो नै घरमा आत्तिएर आइन । छोरी आमा आज हाम्रो स्कुल छेउमा बन्दुक पड्कियो । बजारबाट धेरै बन्दुक बोकेका आर्मीहरु आएका छन् । पाटी छेउमा मान्छे मारे अरे । बाबा त घर आउनु भएको छैन होला होइन - आमा उनीहरु आज यता पनि र्झछन् होला । यो खबर पाएपछि साबित्राले तुरुन्त घाँस काट्न छोडी छोरीलाई बाख्रालाई घाँस लगाई देऊ म पारिसम्म जान्छु, कोही आएर सोधे भने डुल्न जानुभयो भन्नु भन्दै सावित्रा बाटो लागिन् । "आमा खाजा खाएर जानुनी छोरीले भनिन् तर सावित्रा अहिले म खान्न तिमीहरुले खानु । यतिकैमा बाबा पनि आइपुग्नु भएको रहेछ । छोरीले आर्मी आएको कुरा गर्ने बित्तिकै बाबा पनि तल्लाघरेको घरमा गएर लुके । नभन्दै सुरक्षफौज घरमा आइपुग्यो । छोरालाई चक्लेट दिँदै बाबा आउनु भएको छ भनी आर्मीले सोध्यो । बालकले बाबा त भखैरै आएर उ तल्लो घरमा जानुभयो भन्यो । यसपछि दिदीलाई लाग्नु डर लाग्यो तर आर्मीले छोराको जवाफ नै राम्रो सुनेन कि क्याहो तल्लो घरमा आर्मी झरेन । घरबाट उकालो लागे । यदि झरेको भए बाबालाई भेट्ने थियो । सुरक्षाकर्मी डाँडा काटेपछि सावित्रा घर फिरेर आइन् । ०६० जेठ २१ गते बेलुका ८ बजे कान्छी छोरी विनिता जन्मिइन् । भोलि बिहानदेखि आमा छोरी नै भाग्न थाले छोरीको स्याहार गर्ने उपचार गर्ने कुनै संभावना नै भएन ।
पेटमा बच्चा हुँदा भन्दा जन्मिएपछि उनलाई झन गाह्रो भयो । केही दिन उनी नानी बोकेर भाग्दै छिमेकीको घरमा दिन बिताइन् । बिस्तारै साबित्रा सामन्य अवस्थामा आइन् । तर घरमा सुरक्षाकर्मी आउँदा नानी कहाँ लुकाउनु । उनका सामु ठूलो चुनौती थपियो । छोरी सुरक्षाकर्मीले नदेखुन् भनेर बच्चालाई कहिले छिमेकीकामा छाड्ने, कहिले परालको माचमा राख्ने, कहिले बच्चालाई बोकेर जङ्गलतिर जाने र कहिले घरको कुनामा लुकाउन थालिन् । बच्चा लुकाउने क्रममा धेरै समय बच्चालाई एक्लै छाडिन् । यस अवधिमा बच्चाले नियमित आमाको दुधखान पाएन भने खाना पनि समयमा खान पाएन यसले गर्दा बच्चा कमजोर हुँदै गयो । सावित्रा छोरीको बोली कहिले सुन्न पाउँछु होला - छोरी हिँडेको कहिले देख्छु होला भनेर दिन गन्दा गन्दै ५ वर्षबित्यो तर छोरी सुतेको सुतेकै छिन् । खाना खुवाउँदा खान्छिन, दिसा पिसाब सुतेकै ठाँउमा गर्छिन् । सावित्राको छोरी बोलेको सुन्ने रहर हिँडेको हेर्ने र पढाएर ठूलो मान्छे बनाउने रहरहरु केवल सपना मात्र भए । बच्चा जन्मेदेखि १ वर्षम्म त आफूलाई परेको मानसिक यातनाको परिणाम राम्रै होला भन्ने थियो तर अहिले मेरा लागि ती कहाली लाग्दा दिनहरुलाई सम्झेर रुनु बाहेक अरु केही छैन ।
बच्चाको बारेमा जानकारी लिन आएका पत्रकार र मानव अधिकारकर्मीसँग अपाङ्ग बच्चालाई काखमा बोकेर आखाभरी आँसु बनाई सावित्रा भनिन् "मेरा लागि मेरो यो अपाङ्ग छोरी द्वन्द्वको उपहार नै सावित भएकी छिन्" । छिमेकी कृष्ण गौतम भन्छन् द्वन्द्वका बेला गर्भवती सावित्र मादेन सुरक्षाफौज घर आउदा भाग्ने र भाग्दा पौष्टिक आहारा नभएको, आरामको कमी र मानसिक चिन्ताले पनि गर्भमा रहेको बच्चालाई असर गर्žयो भने बच्चा जन्मे पछि लुकाउने गर्नाले पनि बच्चा अपाङ्ग भए जस्तो लाग्छ । बावु सञ्चपाल मादेनका अनुसार द्वन्द्वका बेला परिस्थिति त्यस्तै थियो दुःख गरेर भए पनि काम गर्ने प्रयास गरियो परिणाम यस्तै भयो । डाक्टरले दिएको सल्लाह अनुसार उपचार गर्न पनि सकेको छैन । टाउकोको अप्रेशन गर्नु पर्छ भनेर डाक्टरले सल्लाह दिएका छन् तर त्यसका लागि ठूलो खर्च आवश्यक पर्दो रहेछ, सो अनुसार खर्च नभएर केही गर्न सकिनन् । देशमा गणतन्त्र आयो बिनिताका बाबु सभासद् बने, तर गणतन्त्रको लागि एउटा र्इँटा बिनिता सावित भएकी विनिता अपाङ्ग बनिन् । जुन बेला ती अवोध बालिका जन्मने र हुर्कने क्रममा थिईन । हत्या हिंसाको राजनीतिले ती बालिकालाई गर्भमा रहँदा त यातना दियो दियो जन्मेको दिनदेखि नै ती निर्दोष बालिकाले परालको माच र घर कुनामा छोपिएर कसैको सम्पर्क भन्दा बाहिर धेरै समयसम्म रहनु पर्žयो । जसले गर्दा आज ५ वर्षीय बालिका न बोल्न सक्छिन न उठ्न नै । उनी त कसैले चलाए चल्छिन् नत्र सुतिरहने नै हो ।
द्वन्द्वका बेला यस्ता कहाली लाग्दा घटनाहरु धेरै छन् तर, विनिता त केवल एउटा पात्र मात्र हुन् । हामी सजिलै हेर्न सक्छौ यस्ता घटनाबाट सदरमुकामको छेउमा बसोबास गर्ने एक जिम्मेवार नेताको त यो हालत छ भने भने डाँडा पारिका जो सदरमुकामदेखि टाढा बसोबास गर्ने सर्वसाधारणको अवस्था कस्तो होला - सहजै अनुमान गर्न सकिने स्थिति छ । नयाँ नेपाल बनाउने सरकार र त्यसका निकायहरुका आँखा यस्ता बालबालिका तिर पनि जाने हो की आफ्नो सेवा सुविधा तिर मात्र हेर्ने हो - यो गम्भीर प्रश्न हाम्रो सामु उभिएको छ । राज्यले अन्तर्राष्ट्रिय बाल अधिकार सन्धिमा हस्ताक्षर गरेपनि कार्यान्वयन पक्ष कति फितलो छ भन्ने कुरा यी अपाङग बालिकाको अवस्थाबाट चित्रण हुन पुगेको छ ।
चन्द्रप्रकाश भट्टराई
ताप्लेजुङ्ग । ०६५, पुस २२ गते
-
सम्बन्धित फिचरहरू
न्यायको पर्खाइमा द्वन्द्वमा बेपत्ता पारिएकाहरूका परिवार !
वीरेन्द्रनगर नगरपालिका–१२ की ५१ वर्षीय मायादेवी हमाल सशस्त्र द्वन्द्वमा आफूले पाएको पीडा र भाइलाई राज्य पक्षले बनाएको बेपत्ताप्रति राज्यमाथि प्रश्न गर्दै आउनु भएको छ । उहाँको पुरानो घर जुम्ला हो…
कि मुक्ति, कि मृत्यु देउ सरकार !
७० वर्षको वृद्ध शरीर, एउटा हातमा प्ले कार्ड, अर्को हातमा हिँड्ने सहायताका लागि लौरो । माघको चिसोले कठ्याङग्रीएका हात, खुट्टा चलाउन धौ धौ भइरहेका बेला घोराही उमनपा–१४ झिगौँराका प्रभु चौधरीलाई…
सुत्केरी आमाको बिचल्ली, पीडित भन्नुहुन्छ - ‘मेरो पीडाभन्दा बच्चाको भविष्यको चिन्ता रह्यो !’
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका–२ का २१ वर्षीय विवस जिसीलाई प्रहरीले ०८१ माघ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ असार महिनामा बलात्कार गरेको भन्दै…
सङ्घर्षले बदलिएको तुलसीको जीवन !
भनिन्छ नि ! दुःखपछि सुख आउँछ । हो त्यस्तै जीवनमा थुप्रै दुःखहरू भोग्दै आइरहनुभएकी वीरेन्द्रनगर नगरपालिका–१ की २८ वर्षीया तुलसी गिरीको जीवन पनि बदलिएको छ । जब उहाँका पति दिनेश…
द्वन्द्वपीडित परिवार भन्छन् - 'कहिले न्याय पाइएला ?'
बुद्धभुमी नगरपालिका–१, चङघाटकी चित्रकला बेल्बासे अहिले ६१ वर्ष हुनुभयो । दुई छोरा र पाँच छोरीका आमा रहनुभएकी चित्रकलाका पति ओम प्रकाश वेल्बासे नेपाली कांग्रेसको स्थानीय कार्यकर्ता हुनुहुन्थ्यो । मध्यम वर्गाीय…