अपाङ्गता भएका दम्पतिको लोभलाग्दो ‘स्विट बक्स’ व्यवसाय
जीवनमा केही गर्नलाई अपाङ्गताले छेक्न सक्दैन भन्ने उदाहरण बन्नुभएको छ, वीरेन्द्रनगर नगरपालिका- १० बुदबुँदेका ६८ वर्षीय नन्दप्रसाद चौलागाई । इत्रामखोला पुलबाट दक्षिण पूर्वतर्फ करिव पाँच सय मिटर पर एउटा साधारण घरमा पुगेपछि उहाँ सदाझैं आफ्नै कर्ममा व्यस्त भेटिनुहुन्छ । नन्दप्रसाद अहिले यस्तो पात्र बनेर उदाउनुभएको छ, जसको मिहेनत, लगनशिलता, सफलता र अठोट अपांगता भएकाहरुका लागि प्रेरणाको स्रोत बन्न पुगेको छ ।
लामो समयदेखि मेरुदण्ड पक्षघात पीडित हुनुहुन्छ । बैशाखीको सहाराले मात्र हिँडडुल गर्नुहुन्छ । पूर्ण दृष्टिविहिन पत्नी नन्दरुपाको साथमा उहाँले २४ वर्षदेखि मिठाई प्याक गर्ने कागजका चारकुने बट्टा (स्विट बक्स) उद्यम सञ्चालन गर्दै आउनुभएको छ । नेपालगञ्जबाट कच्चा पदार्थ मगाएर नन्दप्रसाद र नन्दरुपाको जोडीलाई घरमै स्विट बक्स बनाउन भ्याइ नभ्याई छ ।
दुवै आँखा नदेखेपनि नन्दरुपा स्विट बक्स खप्पिस हुनुहुन्छ । २०५५ सालमा सिन्धु सुधार नामक गैरसरकारी संस्थाले सुर्खेतमा आएर अपाङ्गता भएकाहरुका लागि सीपमुलक तालिम आयोजना गरेको थियो । उक्त एक हप्ते तालिममा नन्दरुपा सहभागी हुनुभयो र कागजको झोला, थैला, बुट्टा बनाउन सिक्नुभयो । नन्दप्रसाद पत्नीलाई तालिममा ल्याउने, पु¥याउने काम गर्नुहुन्थ्यो । पत्नीबाटै उहाँले पनि कागजी सामान बनाउन सिक्नुभएको हो ।
‘तालिम लिनुमात्र ठूलो कुरा होइन, व्यवहारमा उतार्नुपर्छ भन्ने लाग्यो अनि व्यवसाय सुरु ग¥यौं,’ उहाँ भन्नुहुन्छ, खेर गएका अखबारहरु सङ्कलन गरेर कागजका थैली बनायौं, काठमाडौंसम्म पठायौं, प्लाष्टिकका थैलीले बजार लिन थालेपछि हाम्रो उत्पादन पनि बिक्न छाड्यो, प्लाष्टिकका थैलीसंग प्रतिष्पर्धा गर्न सकिएन ।’ बजारमा प्लाष्टिकको प्रयोग बढ्दो छ । यसले वातावरण प्रदूषणका साथै नागरिकको स्वास्थ्यमा समेत सोझै असर गरिरहेको छ । उनी प्लाष्टिकका थैलीका तुलनामा कम मूल्यमा कागजका थैला र बट्टा उत्पादन गर्न सकिने बताउँनुहुन्छ ।
प्लाष्टिकका थैलीपछि चौलागाई दम्पतिले स्विट बक्स बनाउन थाल्नुभयो । वीरेन्द्रनगरमा मिठाई पसल, होटलहरु पनि थपिदै गए । माग बढ्न थाल्यो । सुरुआत अर्थात् २०५५ सालमा प्रति सेट १८ रुपैयाँमा स्विट बक्स बेचेका उहाँले अहिले प्रति सेट ३८ रुपैयाँमा बेच्दै आउनुभएको छ ।
मासिक सरदर दुई हजार बट्टा उत्पादन गर्नुहुन्छ । विभिन्न चाडपर्वहरुमा मिठाई पसलहरुबाट चौलागाई दम्पतिले तयार गरेको बट्टाको अर्डर हुन्छ । सहकारी, संघ–संस्था, कार्यालयले प्याकिङ खाजा खुवाउनुप¥यो भनेपनि होटलहरु उनकै सम्पर्कमा आउँछन् । लगानी, घर खर्च, औषधि खर्च कटाएर वार्षिक डेढ लाख रुपैयाँ जति बचत हुने गरेको उहाँ बताउनुहुन्छ ।
साना उद्योग चलाउने धेरैजसोले आफ्नो व्यापार व्यवसायको दुरुस्त आय–व्यय राख्दैनन् तर नन्दप्रसादले व्यवसायिक हिसाब किताब प्रष्ट राख्दै आउनुभएको छ ।
‘दुई छोरा र एक छोरीसहित परिवारको पालनपोषण, पढाइ खर्च र औषधि खर्चको मुख्य स्रोत यही हो, उहाँ भन्नुहुन्छ, ‘बट्टाको यो व्यवसायलाई परिवारका सबै सदस्यले आफ्नै श्रममा चलाएका छौं, व्यवसायका लागि छुट्टै श्रम जनशक्तिमा लगानी गर्नुपर्ने अवस्था छैन ।’
पहिला सिपाही, अहिले व्यवसायी
नन्दप्रसादले तत्कालिन शाही नेपाली सेनामा २४ वर्ष सेवा गर्नुभयो । विसं २०३२ साल चैत्र १ गते सेनाको सिपाही दर्जाबाट सेवा सुरु गरेका उनले सेनाको अमल्दार पदबाट अवकाश लिनुभएको हो । सेनामा रहँदा २०४१ सालमा प्याराप्लेजिया रोगले च्याप्दै गयो र अन्ततः उहाँका दुवै खुट्टाले शरीरलाई साथ दिन छाड्यो । अहिले पनि उहाँका दुई खुट्टा चल्दैनन् । दिसापिसाब निरन्तर हुने समस्या छ । ‘सेनामा छँदा प्याराप्लेजिया रोगले थलिएँ, जुम्लाबाट उपचारका क्रममा काठमाडौं आवतजावत गर्न सम्भव भएन, बसाइँ सर्नुको बाध्यता सुनाउँदै भन्नुहुन्छ, ‘उपचारमा सजिलो होला भन्ने सोचेर वीरेन्द्रनगरमा बसाइँ सरेको हुँ, प्लेनबाट उपचार गर्न आउन–जान समस्या थियो ।’ जुम्लाको लाम्रा गाउँमा जन्मिएका नन्दप्रसाद २०५२ सालमा सुर्खेत बसाइँ सर्नुभएको हो ।
शुरुमा १० धुर जग्गा जोडेका उहाँको व्यवसायिक सफलताले वीरेन्द्रनगरमै एक कठ्ठा १५ धुर घडेरी र सात कठ्ठा खेत जोड्नुभएको छ । २०५४ सालदेखि २०५९ सम्म किराना पसल पनि चलाउनुभयो । अहिले घर भएकै स्थानमा उहाँले नुन र मट्टितेलको व्यापार पनि गर्नुभएको थियो ।
वीरेन्द्रनगरमा मिठाईको बट्टा उद्यम सञ्चालन गर्ने उहाँ भने पहिलो व्यवसायी हुनुहुन्छ । उहाँले विभिन्न मिठाई पसल, होटलहरुलाई नियमित बट्टा उपलब्ध गराउँदै आउनुभएको छ ।
नन्दप्रसाद व्यवसायीमात्र नभई कुशल प्रशिक्षक पनि कहलिनुभएको छ । वीरेन्द्रनगर नगरपालिका, वडा कार्यालयहरु, विभिन्न संघ–संस्था लगायतले अपाङ्गता भएकाहरुलाई लक्षित गरी सञ्चालन गरिएका तालिमहरुमा उनले प्रशिक्षकको भूमिका पाउने गर्नुभएको छ । उहाँ भन्नुहुन्छ , ‘अपांगता भएकाहरुले अहिले धेरैजसो उद्यममा जोडिएका छन्, अपाङ्गता भएकाहरुको जीवन पनि आत्मनिर्भर र सुन्दर छ भन्ने प्रमाणित गर्नुभएको छ ।’ अपाङ्गता भएकाहरुले आफूलाई हिनताबोध गराउन नहुने उहाँको भनाई छ ।
- प्रभाकुमारी रावत
सम्बन्धित फिचरहरू
बेपत्ता भएको छोराको वषौँदेखि प्रतिक्षामा
दुई दशक बित्यो, द्वन्द्वमा बेपत्ता भएका छोराको न लास छ, न सास छ, खबरसम्म पनि पाइएन । द्वन्द्वमा बेपत्ता भएका छोराको प्रतिक्षामा तिला गाउँपालिका –४ साँपुल्ली गाउँका ६३ वर्षीया जयकुरा…
दुर्गम गाउँमा अन्धविश्वासकै त्रासले सुरक्षित प्रसूतिकै चिन्ता
सुरक्षित प्रसूतिका लागि भन्दै नेपाल सरकारले देशभर स्वास्थ्य केन्द्र र चौकीहरूमा बर्थिङ सेन्टरहरू सञ्चालनमा ल्याएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन भत्ताको समेत व्यवस्था छ । घरमै…
गोरेटो बाटो र सिटामोलको अभावमा बाँच्न बाध्य तिंकरबासी
आफ्नै गाउँ जान पनि भारतीय अनुमति लिएर हिँड्नु पर्ने ठाउँ हुन्, जिल्लाको व्याँस गाउँपालिका–१ स्थित दुई ओटा बस्ती छाँगरू र तिंकर । सदरमुकाम खलंगाबाट १ सय ३० किलोमिटर टाँढाका यी गाउँ…
बाढीपहिरो प्रभावित जोडु विद्यालय : विद्यार्थीलाई पढ्ने भन्दा भत्किने डर
जुम्लाको दुर्गम भेगको स्कूल । पुराना भौतिक संरचना । चारैतिर भत्किएका पर्खाल । जहाँ भत्किएका पर्खाल भित्र विद्यालयमा विद्यार्थीको पठनपाठन । सिंजा गाउँपालिका – ६ जोडुस्थित श्रीमाध्यामिक विद्यालय लामो समयदेखि…
ज्यान जोखिममा राखेर न्याघरी नदी छिचोल्दै बालबालिका (फोटो फिचर)
सिगास गाउँपालिका–७ स्थित न्वाघरी नदीले यहाँका सयौँ बालबालिकाको सपना बगाइसकेको छ । तीन जना बालबालिकाहरु न्वघरी नदीमा विलय हुनुभएको छ । सयौँ बालिबालिका न्याघरी छिचोल्न नसकि पढ्ने समनालाई कक्षा तीनमै…