अनन्त पर्खाइ अन्त्य हुने आसमाअञ्जना
गोपीकृष्ण भट्टराई
घडीले साँझको ८ बजाएको थियो । अशोक पसलमै बसिरहेका थिए । सातआठ जनाको समूह पसलमा आए ।"तपाईसँग केही काम छ। हिड्नुस्," सो समूहका एक व्यक्तिले अशोकलाई भने । "एकदुई दिनपछि छाडिदिन्छौ"उनीहरुले अशोकका परिवारलाई भने । सो समूहमध्ये ३-४ जनाले अशोकलाई देवीचौरतर्फलगे । अपहरणलगत्तै उनीहरुले घरनजिकै सडकमा विष्फोटक पदार्थ पनि पड्काए र परिवार र स्थानीवासीलाई आतंकित पारे । अशोकसँग त कुनै रिसइबी थियो होला तर उनीहरुले निर्जीव वस्तुमा समेत रिस पोखे । सो समूहका तीनजनाले अशोकले चढ्ने गरको कस्मिक मोटरसाइकल घरनजिकै खाल्डोमा खसाली आगो लगाउन खोजे तर आगो लगाउन मट्टीतेल नपाएपछि उनीहरु मोटरसाइकल त्यसै छोडेर गए ।
नेकपा माओवादीले सशस्त्र द्वन्द्वको समयमा अपहरण गरी स्थिति हालसम्म अज्ञात रहेका व्यक्तिमध्येका एक हुन् ललितपुर जिल्ला देवीचौर गाविस-२ निवासी २४ वर्षीय अशोक तामाङ । उनी गाउँमा सानो किराना पसल सञ्चालन गरी गुजारा गर्दै आएका थिए । उनलाई नेकपा माओवादीका कार्यकर्ताले ०६१ असार २६ गते साँझ पसलमा बसिरहेको अवस्थामा अपहरण गरी बेपत्ता बनाएका थिए । उनको अवस्था हाल पनि अज्ञात रहेको छ । उनलाई अपहरण गरेको विषयमा ललितपुरका माओवादी जिल्ला सेक्रेटरी हरि दाहाल आफूलाई थाहा नभएको भन्छन् । उनी दाबी गर्छन्" अशोकलाई हामीले अपहरण गरेको छैन ।"
"साँझ आठ बजेको थियो । माओवादीका तत्कालिन एरिया इन्चार्ज "सञ्जय" भनिने व्यक्तिको नेतृत्वमा माओवादीहरु आएका थिए । उनीहरुले मेरो श्रीमान्को साथमा अनिल तामाङलाई पनि अपहरण गरेका थिए ।"अपहरित अशोक तामाङकी पत्नी अन्जना तामाङले भन्छिन् "अनिललाई एक हप्ता पछि नै छोडिदिए । मेरो श्रीमान्लाई भने छोडेनन् ।" घरमा कसैले ढोका ढक्ढक् गर्यो भने अशोक आएको हो कि भन्ने लाग्छ उनलाई । पतिको अवस्थाबारे माओवादीबाट या अन्त कतैबाट जवाफ आउने आसमा बसिरहेकी छिन् अन्जना ।
बेपत्ता अशोकको खोजीको लागि उनको परिवारले धेरै मानवअधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा खोजीको लागि अपिल गरे तर पनि अशोकको स्थितिको बारेमा ती संस्थाहरुबाट उनको अवस्थाका बारेमा कुनै ठोस जवाफ परिवारले पाउन सकेको छ । न त माओवादीको पार्टी सम्पर्क र निवेदन दिँदा । छोडिदिइहाल्छन् नि भन्ने आशामा कुनै संस्थामा अपहरण लगत्तै निवेदन नदिएको बताउने अशोकको परिवार सोही समयमा निवेदन नदिँदा दुःख झेल्नु परेको महशुस गर्न थालेका छन् । अशोकलाई अपहरण गरेको करिब एक वर्षछि सबै विवरण खुलाई ०६२ साउन १३ गते उनको परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा खोजीको लागि निवेदन दिएको थियो । त्यहाँ उनीहरुले १ सय ८८ नम्बरमा उजुरी दर्ता गरेका थिए भने उनको फाइल नम्बर ३ हजार ८६ रहेको छ ।
अशोकको खोजीको लागि आयोगले के पहल गरिरहेको छ भनी सोद्धा बेपत्तासम्बन्धी उजुरी हेर्ने आयोगका जयश्वर चापागाईं अशोकको स्थितिको अज्ञातै रहेको उल्लेख गरे । आयोगले उनको बारेमा स्थितिको बारेमा जिल्ला प्रशासन कार्यालय ललितपुर र रक्षा मन्त्रालयमा सोधपुछ गर्दा माओवादीले अपहरण गरी लगेको भन्ने जवाफ पठाएको थियो । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफूले अपहरण गरेको व्यक्तिहरु ६० दिनभित्र सार्वजनिक गर्ने भनी सार्वजनिक रुपमा भने लगत्तै आयोगले अशोक तामाङलगायत व्यक्तिहरुको नामावाली सार्वजनिक गर्नको लागि पत्र पठाएको थियो तर माओवादीले ३६० दिन बितिसक्दा पनि बेपत्ताहरुको स्थिति सार्वजनिक गरेको छैन ।
"माओवादीको लगनखेल स्थित कार्यालयमा सम्पर्क हामी पछि जानकारी गराउछौं फोन गर्दै गर्नु भने पछि फोन गर्दा कुनै प्रकारको जानकारी दिँदैनन्" आशोककी पत्नी अन्जनाले भनिन् । आफ्नो श्रीमान्को खोजीमा विभिन्न ठाउँमा धाइरहेकी छु, तर कतैबाट चासो देखाएका छैनन्, उनी गुनासो गर्छिन् । माओवादीसँग सम्पर्क गर्दा"अशोकलाई ललितपुरबाट मकवानपुर हुँदै प्रताप स्मृति ब्रिगेडमा बुझाएको र त्यसपछि कता लगिएको हो,जानकारी आएको छैन । पछि जानकारी गराउँला" भनेको अन्जनाले बताइन् ।
अशोकका दुई छोरा रहेका छन् । जेठो छोरा आशिष ११ वर्ष र कान्छो छोरा अञ्जित ४ वर्षका छन् । सगोल परिवारबाट ०५६ सालमा भन्न भई बसेका अशोकको परिवारको आर्थिक स्थिति कमजोर रहेको छ । जेठो छोरा भीमसेन माविमा कक्षा तीनमा पढ्छन् । छोरोहरुले बुबा कहिले आउँछन् भनी साध्ने गरेको अन्जना बताउँछिन् । उनी भन्छिन् "खै मारिसके की ! के छ - कहाँ लगे - बिना कुनै अपराध लगे । केही बिगारेको थियो भने भन्नुपथ्र्यो । त्यो पनि उनीहरु (माओवादी) ले भनेनन् ।
ललितपुर । भदौ २५ गते
-
सम्बन्धित फिचरहरू
द्वन्द्वमा बेपत्ता पारिएको छोरो फर्किने आसमा हुनुहुन्छ ८६ वर्षीया आमा
‘गलत केही गरेको थिएन, अपराध केही गरेको होइन, आफ्नो सोझो गरेर खाने मान्छे, गाउँमा मर्दा पर्दा जहाँ जतिबेला बोलाए पनि जाने, उहाँको जीवनमा त्यही अभिशाप भयो’, तत्कालीन विद्रोही माओवादी पार्टीबाट…
पढाई खर्च नहुँदा विद्यालय छोड्दै बादी समुदायका बालबालिका
शारदा नगरपालिका–१ शान्तिनगरका सागर नेपाली अहिले १९ वर्षको हुनुभयो । कक्षा ६ सम्म पढेका उहाँले कापि, कलम, पोशाक नहुँदा बीचमा नै पढाइ छोड्नुभयो । ‘घरको आर्थिक अवस्थाले भ्याएन्, बुवा बिरामी…
नवजात शिशुको मृत्युदर घटाउने चुनौती
नवजात शिशुको मृत्युदर घटाउने सरकारी लक्ष्यमा चुनौती देखिएको छ । एक वर्षमा जुम्लामा मात्रै २९ जना नवजात शिशुको मृत्यु भएको छ । घटना १ : सिँजा गाउँपालिका– ६ रुगागाउँकी १७…
बीस वर्षदेखि छोराको प्रतिक्षामा छन् बेपत्ता पारिएका व्यक्तिका परिवार
छोरो बेपत्ता परिएको २० वर्ष भयो । तर पनि अझै मानबहादुर र धनकुमारी मगर भने छोरोको प्रतीक्षामा नै हुनुहुन्छ । रामेछापको सुनापति गाउँपालिका-३, हिलेदेवीका राजकुमार थापा मगरलाई सशस्त्र द्वन्द्वको बेलामा…
समस्यामा भूकम्प प्रभावित : ‘घरले थिच्यो ,भाग्यले बाँचियो’
दार्मा गाउँपालिका–२ लिरापाजाका हर्कु खत्री उमेरले ८१ वर्षको हुनुभयो । घरायसी काम गर्न नसकेपनि उहाँले वरपर गर्ने, घरको देखदेख गर्ने, नातिनातिनाको रेखदेख गर्ने गर्नुहुन्छ । उहाँका कान्छा छोरा टेक बहादुर…