अझै हटेन बालीघरे प्रथा
बिहानको पाँच बजे, हर्कबहादुर झिसमिसेमा आँखा मिच्दै उठ्छन् । हातमुख धोएपछि दैनिक नित्यकर्ममा जानुपर्ने उनकोबाध्यता । सात जना परिवारको साँझ बिहानको जाहो गर्न उनलाई धौधौ परिरहेको छ । आरनमा पुग्छन् । कोइला तताउँदैफलाम पिट्दै उनको दैनिकी सुरु हुन्छ । गाउँघर, देश, विदेशका समाचारप्रति उनलाई कुनै चासो छैन् । आफ्ना सात जनापरिवारको साँझ बिहानको जोहो गर्दै उनलाई ठिक छ । पुर्खादेखि गर्दै आएको पेशालाई उनले नत छोड्न सकेका छन् नतवैकल्पिक उपाय नै छ । नयाँ नेपाल, लोकतान्त्रिक गणतन्त्र, संविधानसभाको निर्वाचन जस्तोसुकै परिवर्तन आए पनि बालीघरेप्रथा जस्ताको तस्तै रहेको छ ।
बर्दिया जिल्लाको सोरहवा गाविस-२ जगतीयाका हर्कबहादुरविकको दिनचर्या यसरी बितिरहेको छ । गाउँमा फलाम पिट्नेकाम न्यूनतम ज्यालाको रूपमा बाली लिएर काम गर्न उनीबाध्य छन् । अन्य पेशा गरौँ भने पनि नपाउने अवस्थाले आफ्नोर परिवारको पेट पाल्न र आवश्यकता पूरा गर्न अरु कुनैविकल्प नहुँदा मेहनतअनुसार ज्याला नपाए पनि काम गर्नुपर्नेबाध्यता उनलाई रहेको छ । यस्तै समस्या बानियाभारगाविस-७ खुरखुरे फाँटा घर भई मगरागाडी गाविसमाबालीघरे काम गर्दै आएका भक्तबहादुर तिरुवाको पनि रहेकोछ । उनले ०३६ सालदेखि बालीमा नै फलामको काम गर्दैआएका छन् । बालीघरेमा काम गर्दा उनको आर्थिक अवस्थाजस्तो थियो अहिले पनि उस्तै छ । उनले फलाम पिटेर आठजनाको परिवार पालिरहेका छन् । विक र तिरुवा मात्र नभएरमहम्मदपुर गाविस-८ भैसाहीमा बस्ने द्वन्द्वपीडित गणेशप्रसादथारु पनि उस्तै समस्या भोगिरहेका छन् । गणेश बालीमा कपडा सिउँछन् । उनले एक परिवारबाट प्रतिवर्ष २० किलो धानपाउँछन् । २० किलो धानमा एक घरपरिवारमा भएका सम्पूर्ण सदस्यहरूको वर्षभरी नै उनले कपडा सिउनु पर्ने बाध्यता छ ।यस्तै समस्या गुलरिया नपा-६ सुहेलवाका ६० वर्षीय कलबहादुर परियारको पनि रहेको छ । बालीघरेको रूपमा स्थानीय एकव्यक्तिको वर्षभरी लुगा सिलाएवापत पहिले पाँच किलो र अहिले १० किलो धान र केही अन्य अन्नमा काम गर्न उनी बाध्य छन् ।
बर्दिया जिल्लामा करिब १५ हजार घरपरिवार बालीघरे प्रथामा आश्रति रहेको पीडित जनसेवा केन्द्र नेपालगञ्जले जनाएको छ ।दलित समुदायका करिब ६० प्रतिशत जनसङ्ख्या बालीघरे प्रथामा आश्रति रहेको जनसेवा केन्द्रको तथ्याङ्कले जनाएको छ ।बर्दिया जिल्लाका धधवार, पदनाहा, बनियाभार, मोतिपुर र बेलवा गरी ५ गाविसमा पीडित जनसेवा केन्द्र नेपालगञ्जले सङ्कलनगरेको तथ्याङ्क अनुसार करिब तीन हजार दलित घरपरिवारले बालीमा अरुको काम गरी जीविका चलाइरहेका छन् । जसमाअधिकांशको जग्गा छैन । भए पनि खेती गरेर खान पुग्दैन ।
बालीघरे प्रथा भन्नाले वर्ष भर काम गरेको ज्यालाको रूपमा अन्न लिने प्रथालाई भनिन्छ । यस प्रथालाई ठाउँ अनुसार बालीघरे,खली र तिहाई भनेर चिन्ने गरिन्छ । यो जिम्माअन्तर्गत केहीरकम लिएर गाउँभरका घरमा हुने फलाम वा कपडासिलाउने कामको जिम्मेवारी हुने गर्छ । कपडा सिलाउने कामगरेवापत वर्षदिनको प्रति व्यक्ति १० देखि २५ किलो धान, साढेदुई किलो मसुरो र साँढे दुई किलो तोरी अन्न दिने गरिएको छ। यसरी दिने गरिएको अन्नलाई बजार मूल्यअनुसार हेर्दा धानप्रतिकिलो १८ रुपियाँ, तोरी ६० रुपियाँ र मसुरो ७५ रूपियाँपर्दछ । यसले धान बाट १ सय ८० देखि ४ सय ५० रुपियाँ,तोरी १ सय ५० र मसुरो १ सय ८७ रुपियाँ हुन आउँछ । यसरीफलामको काम गरेवापत हरेक घरबाट फलामको कामगर्नेले ५ सय १७ देखि ७ सय ८७ रुपियाँसम्म पाउने गरेकोदेखिन्छ ।
दलित अधिकारकर्मी लक्ष्मण विक गरिबीको कारण दलितपरिवार बालीघरेमा काम गर्न बाध्य भएको बताउँछन् । बालीघरेमा काम गर्दा उचित ज्याला पाउन नसक्दा अहिलेका युवाहरूलेविस्तारै यो काम गर्न छोडेको उनको भनाइ छ । पदनाहा गाविसका टिकाराम परियारले बालीघरेमा काम गर्दा दलितकोजीवनस्तर उकास्न गाह्रो भएको हुँदा यो प्रथालाई त्यागेर उनीहरूको पेशालाई आधुनिकीकरण गर्दै लैजानु पर्ने बताउँछन् ।बालीघरे प्रथा अनुसार काम गर्दा अन्नबालीको रूपमा न्यूनतम ज्याला लिन पर्ने बाध्यता त छँदैछ । त्यस माथि दलितहरूलाई योप्रथाअनुसार काम गर्दा व्यक्तिगत र सामाजिक रूपमा गरिने अपमान र विभेदपूर्ण बोली र व्यवहारले पनि सम्मानमा चोट पुग्नेगरेको छ । अभियानकर्ता दयाराम सुनारले बालीघरे प्रथामा काम गर्ने दलितहरूलाई परिचय पत्रको व्यवस्था, उनीहरूकोव्यवसायलाई आधुनिकीकरण गर्न सकेमा समस्या समाधान हुने र यसको दायित्व राज्यले लिनुपर्नेमा जोड दिए ।
२१ औँ शताब्दीमा पनि १० देखि २५ किलो अन्नमा वर्ष भर काम गर्ने दलितहरूको अधिकारको लागि हालसम्म कसैले कुरानउठाएको बालीघरेमा काम गर्ने हर्कबहादुर विकले बताए । उनले भने-'एक पटक त मैले पनि यसमा काम गर्दिनँ भनेर रोकेतर रोजी रोटी नै गुम्ने भएपछि फेरि काम सुरु गरेको हुँ ।' अहिले उनले जगतियाका २ सय घरपरिवारबाट वर्षको २० किलो धानलिएर काम गर्छन् । बालीघरे प्रथामा काम गर्ने व्यक्तिहरूले वार्षिक काम गरे वापत पाउने अन्नबाली थोरै-धेरै देखिन्छ । सोहीकारण उनीहरूको आम्दानी पनि फरक रहेको छ । यसरी काम गरी प्राप्त गर्ने धान र अन्य बालीलाई पैसामा परिवर्तन गर्दान्यूनतम वार्षिक रूपमा १० हजार ३ सय ४० र अधिकतम ७२ हजारसम्म आम्दानी देखिन्छ । तर, ज्यालाको रुपमा थोरै अन्नपाउने धेरै छन् । ग्रामीण क्षेत्रमा लुगा सिलाउने तथा फलामको कृषि लगायतका समान बनाउने व्यक्ति हुन् । दक्ष सीप भएकाव्यक्तिले हालको अवस्थामा दैनिक रूपमा आफ्नो खाना खाएर पाँच सय र काम गरेको व्यक्तिको खाना खाएर चार सय लिनेगरेका छन् । यसले पनि बालीघरे प्रथामा काम गर्ने व्यक्तिहरूको दैनिक पाँच सय पर्ने गरी धान र अन्य अन्न दिनु पर्ने व्यवस्थागरिनुपर्ने र यस विषयलाई नीतिगत रूपमा राज्यले सम्बोधन गर्न पहल गर्नु पर्ने बालीघरे प्रथा नगरी पैसा लिएर फलामको कामगर्दै आएका कालिका गाविस-५ शितलाबजारका ४७ वर्षीय राजेन्द्र सुनारले बताए ।
२०५७ सालमा बालीघरे प्रथा अन्त्यको माग गर्दै काठमाडौँमा सिंहदरबार अघि प्रदर्शन गर्दा आफूले काम गरे अनुसारको रकमपाउँछु भन्ने हर्कबहादुर विकलगायतलाई लागेको थियो । तर, उनीहरूको आशा अहिलेसम्म पूरा भएको छैन । सरकारले अबबालीघरे प्रथा अन्त्य गर्र्छौँ भनेर मौखिक प्रतिवद्धता जनाएपनि अहिलेसम्म पूरा गरेको छैन् । उनी भन्छन् -अब त बालीघरे प्रथाअन्त्य हुन्छ । फलाम पिटेर पनि बाँच्न सकिन्छ भन्ने लागेको थियो तर त्यो पूरा भएन । अहिले उनी फलामको काम छोड्ने या गर्नेदोधारमा परेका छन् ।
मानबहादुर चौधरी
-
सम्बन्धित फिचरहरू
चिसोसँगै खाद्यान्नको अभाव झेल्दै राउटे समुदाय ! (फोटो फिचर)
फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले सुर्खेतको बराहताल गाउँपालिका–८ र वीरेन्द्रनगर नगरपालिका–२ को सिमाना गिरीघाड खोला किनारमा बस्दै आएका छन् । केही समयअघि दैलेखको डुङ्गेश्वर गाउँपालिकामा बस्दै आएको राउटे…
आरनबाटै जीविका चलाउँदै कालीगढहरू !
सल्यान सारदा नगरपालिका–२, खलङ्गाका ६४ वर्षीय विष्णु विश्वकर्माले १० वर्षको उमेरदेखि नै आरनको काम गर्दै आउनुभएकाे छ । पाँच वर्षको उमेरदेखि नै उहाँले फलामका हतियार बनाउन सिक्नुभएको थियाे । उहाँका…
दोरम्बा घटनामा पति मारिएपछि एक्लिएकी मेन्दो !
सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबिच दाङको हापुरेमा वार्ता चलिरहेको बेला २०६० साल साउन ३२ गते सेनाले रामेछाप दोरम्बामा १९ जना माओवादी नेताहरूको सामूहिक रूपमा हत्या गरेको घटनामा पति मारिएकी…
वैकल्पिक व्यवस्था नगरेरै भूमिहीन सकुम्बासीकाे उठिबास !
वीरेन्द्रनगर नगरपालिका–७, खारखोलीमा बस्दै आउनुभएकी नन्दकला विकलाई रातदिन चिन्ताले पिरोलिरहेको छ । कुन बेला सरकारले घर भत्काइदिने हो भन्ने कुरा उहाँको मनमा खेलिरहन्छ । किनभने उहाँले बनाएको घर सरकारी जग्गामा…
वैदेशिक रोजगारीको प्रभाव, बढ्दै सम्बन्ध विच्छेद
धनकुटाको साँगुरीगढी गाउँपालिका-१ का ३७ वर्षीय मङ्गलबहादुर विश्वकर्मा ०६९ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया जानुभयो । तीन वर्ष मलेसिया बसेर ०७२ सालमा नेपाल फर्किदा उहाँकी पत्नी खेमकुमारी विश्वकर्माले दोस्रो विवाह…