सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवसः पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्नु सरकारको कर्तव्य
प्रत्येक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा मनाइन्छ । आज ०८१ वैशाख २१ गते (मे ३) मा ३१ औँ प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा पत्रकारहरुकै सुरक्षा र स्वतन्त्रताको रक्षा सरकारले गर्नुपर्ने दायित्वको स्मरण गर्नुपर्ने हुन्छ ।
इन्सेकको अभिलेख अनुसार सन् २०२१ देखि २०२४ मे ३ सम्मको अवधिमा तीन ओटा सञ्चार गृहमा आक्रमण तथा तोडफोडका घटना भएका छन् भने आठ जना महिला पत्रकार सहित १ सय ३० जना पत्रकार मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित भएका छन् ।
जसमा गिरफ्तारीका चार ओटा, कुटपिटका ६० ओटा, धम्कीका ४५ ओटा, अमानवीय व्यवहारका १५ ओटा, अभिव्यक्ति स्वतन्त्रताका पाँच ओटा र यातनाको घटनामा एक जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।
प्रेस समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अङ्ग पनि हो भने सञ्चारकर्मी यसका सम्बाहक हुन् ।
नेपालको संविधान २०७२ ले ग्यारेण्टी गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पत्रकारिताका हरेक अभ्यासमा पनि महसुस गर्नसक्ने बनाउनका लागि आवश्यक कानुन निर्माण गर्ने कुरालाई पनि उत्तिकै प्राथमिकतामा राख्न जरुरी छ ।
मुलुकले संविधानसभामार्फत निर्मित संविधानको आधारमा सङ्घीयताको अभ्यास थालेको पनि आठ वर्ष बितिसकेको छ । साथै कानुनी शासन, लोकतन्त्र र मानव अधिकारका मूल्य मान्यता एवम् नेपालको संविधानको प्रस्तावना, धारा १७ (२) (क), धारा १९, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धि, १९६६ को धारा १९ अनुसार अझै नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित कानुनहरू निर्माण हुन सकिरहेका छैनन् । आवश्यक सञ्चारमैत्री कानुन निर्माणका लागि अझै पनि पैरवी जारी राख्नुपर्ने अवस्था कायम छ । यस अभियानमा इन्सेकको सदैव एक्यवद्धता रहने छ ।
सम्बन्धित विचार मञ्चहरू
सन् २०२४ अप्रिलदेखि जुनसम्म (तीन महिना) को मानव अधिकार अवस्था
सन् २०२४ को अप्रिलदेखि जुन महिनासम्म २ हजार ६ सय ६८ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएको तथ्याङ्क इन्सेकले अभिलेख गर्यो। यी तीन महिनामा राज्यपक्षबाट पाँच जना महिला…
इन्सेकअनलाइनका दुई दशक : सामाजिक न्यायकाे खबरदारी
आजबाट इन्सेकअनलाइन २१ वर्षमा प्रवेश गरेको छ । डिजिटल माध्यमबाट मानव अधिकार अवस्थाको समाचार, विचार र सूचना प्रदान गर्ने लक्ष्यका साथ हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ । अनौपचारिक क्षेत्र…
सन् २०२४ जनवरीदेखि मार्चसम्म (तीन महिना) को मानव अधिकार अवस्था
सन् २०२४ को जनवरीदेखि मार्च महिनासम्म १ हजार ९ सय ४३ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएको तथ्याङ्क इन्सेकले अभिलेख गर्यो। यी तीन महिनामा राज्यपक्षबाट तीन जना महिला…
वातावरण संरक्षणमा जिम्मेवार बनौँ
संविधानमा नै वातावरणको अधिकारलाई सुनिश्चित गरिएको छ । तर, हाम्रै क्रियाकलापले दिनप्रतिदिन वातावरण बिग्रँदो छ । वातावरण सुधारका लागि संविधान, ऐन कानुनमा मात्रै व्यवस्था गरेर पुग्दैन । हामीले वातावरणमैत्री व्यवहार…
जातका आधारमा हुने भेदभाव अन्त्य गरौँ !
प्रत्येक व्यक्ति जन्मँदा स्वतन्त्र रूपमा जन्मन्छन् । तर, अन्धविश्वास तथा गलत धारणा र संरचनात्मक मान्यताहरूले हाम्रो समाजमा नागरिकहरू विभेदमा पर्दै आएका छन् । कुनैपनि जातिका व्यक्तिलाई जातिकै आधारमा गरिने भेदभाव…