वातावरण संरक्षणमा जिम्मेवार बनौँ
संविधानमा नै वातावरणको अधिकारलाई सुनिश्चित गरिएको छ । तर, हाम्रै क्रियाकलापले दिनप्रतिदिन वातावरण बिग्रँदो छ । वातावरण सुधारका लागि संविधान, ऐन कानुनमा मात्रै व्यवस्था गरेर पुग्दैन । हामीले वातावरणमैत्री व्यवहार गर्नु आवश्यक छ । वातवरणको संरक्षणका लागि तीनै तहका सरकारले नीति ल्याउने र त्यसको कार्यान्वयनमा नागरिकलेसमेत सघाउने हो भने वातावरणीय दुष्चक्रबाट हामी मुक्त हुन सक्छौँ ।
वातावरण प्रदुषण सामान्यतया मानवीय क्रियाकलापबाट नै हुने भएकाले आफूले गर्ने क्रियाकलापबाट सकेसम्म कम प्रदुषण गरौँ भनेर काम गर्नु पर्यो । अहिले देशभरमा २ सय ४० भन्दा बढी स्थानमा आगलागी भएका छन् । आगलागी र डँढेलोका घटनालाई नियन्त्रण गर्न आवश्यक छ । वातावरण प्रदुषित छ भने कसरी बच्ने भन्ने कुरा हरेक व्यक्तिले जान्नु पर्यो । विषय विज्ञले भनेका कुरा मान्नु पर्यो । र, नागरिकले गर्नुपर्ने महत्वपूर्ण काम भनेको आवाज उठाउने हो । आफ्नो दैनिकीलाई वातावरणमैत्री बनाउने हो । आफूले जहाँ सकिन्छ त्यो ठाउँमा आवाज उठाउनु असल नागरिकको कर्तव्य हो । जति सकिन्छ वातावरणमैत्री काम गर्नु असल नागरिकको दायित्व हो ।
वातावरणको अधिकारको सम्बन्ध अन्य अधिकारसँग पनि गाँसिएको छ । त्यसो त सबै अधिकार अन्य अधिकारसँग अन्तरसम्बन्धित हुन्छन् । अभिभाज्य हुन्छन् । र, अहरणीय हुन्छन् । यो सैद्धान्तिक विषय मात्रै होइन । व्यवहारमा उतार्नका लागि सिद्धान्त बनाइएको हो । वातावरणको अधिकारको सिधा सम्बन्ध जनस्वास्थ्यसँग छ । स्वच्छ र स्वस्थ वातावरण बनाउने जिम्मेवारी सरकारको हो भने नागरिकको उक्त अधिकार प्रचलनमा ल्याउन पाउने अधिकार छ । सरकारको जिम्मेवारीलाई नागरिकले पनि साथ र सहयोग गर्नुपर्छ ।
काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ मन्त्रीपरिषदले पारित गरेको योजना हो । मन्त्रीपरिषदले पारित गरेको कार्ययोजना पूर्ण कार्यान्वयन हुन सकेको छैन । वातावरण नीति, जलवायु परिवर्तनसम्बन्धी नीति छन् । त्यसैगरी यातायात नीति, स्वच्छ उर्जा प्रवर्धन नीति छन् । अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि हामीले जाहेर गरेका छौँ । हामीसँग नीति छन् । तर, नीति कार्यान्वयन गर्ने नियतमा प्रश्नहरु छन् । वातावरणलाई प्राथमितामा राखेर लगानी गर्ने र काम गर्ने अवस्थाको सिर्जना गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता हो । वातावरणको विषय सबैको हो । स्वास्थ्य मन्त्रालय, कृषि मन्त्रालय, यातायात मन्त्रालय सबैको हो ।
नीति बनाउँदै बिर्सँदै जाने सरकारको बानी सुध्रिए मात्रै पनि वातावरणको स्वच्छता कायम गर्न सहज हुन्छ । वातावरणको विषय भनेको मेरो, बालबालबालिकाको र मेरो परिवारको विषय हो भनेर अपनत्व लिनु पर्यो । काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको यो समयमा सरकारले नागरिकलाई वातावरण प्रदुषण कम गर्न आह्वान गर्नु आवश्यक छ । विज्ञले नागरिकलाई सचेत र जागरुक बनाउन जरुरी छ । आआफ्नो वरपरको वातावरणको स्वच्छताका लागि नागरिक आफैँ लाग्न सके वातावरण प्रदुषणलाई नियन्त्रण गर्न सकिन्छ । आजै अहिलेबाटै वातावरण सुधारका लागि काम गरौँ ।
सम्बन्धित विचार मञ्चहरू
सन् २०२४ अप्रिलदेखि जुनसम्म (तीन महिना) को मानव अधिकार अवस्था
सन् २०२४ को अप्रिलदेखि जुन महिनासम्म २ हजार ६ सय ६८ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएको तथ्याङ्क इन्सेकले अभिलेख गर्यो। यी तीन महिनामा राज्यपक्षबाट पाँच जना महिला…
इन्सेकअनलाइनका दुई दशक : सामाजिक न्यायकाे खबरदारी
आजबाट इन्सेकअनलाइन २१ वर्षमा प्रवेश गरेको छ । डिजिटल माध्यमबाट मानव अधिकार अवस्थाको समाचार, विचार र सूचना प्रदान गर्ने लक्ष्यका साथ हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ । अनौपचारिक क्षेत्र…
सन् २०२४ जनवरीदेखि मार्चसम्म (तीन महिना) को मानव अधिकार अवस्था
सन् २०२४ को जनवरीदेखि मार्च महिनासम्म १ हजार ९ सय ४३ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएको तथ्याङ्क इन्सेकले अभिलेख गर्यो। यी तीन महिनामा राज्यपक्षबाट तीन जना महिला…
सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवसः पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्नु सरकारको कर्तव्य
प्रत्येक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा मनाइन्छ । आज ०८१ वैशाख २१ गते (मे ३) मा ३१ औँ प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा पत्रकारहरुकै सुरक्षा र स्वतन्त्रताको रक्षा…
जातका आधारमा हुने भेदभाव अन्त्य गरौँ !
प्रत्येक व्यक्ति जन्मँदा स्वतन्त्र रूपमा जन्मन्छन् । तर, अन्धविश्वास तथा गलत धारणा र संरचनात्मक मान्यताहरूले हाम्रो समाजमा नागरिकहरू विभेदमा पर्दै आएका छन् । कुनैपनि जातिका व्यक्तिलाई जातिकै आधारमा गरिने भेदभाव…