निर्वाचनमा पर्यवेक्षकको भूमिका !

निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन पर्यवेक्षकहरूको भूमिका पनि महत्वपूर्ण हुने गर्दछ । निर्वाचन पर्यवेक्षण निर्वाचनको वैद्यता र विश्वसनीयता जाँच्ने कसि हो । निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन पर्यवेक्षणको आवश्यकता पर्दछ । मतदाताले मतदानको अधिकार निर्धक्कसँग प्रयोग गर्न पाएका छन् कि छैनन् भनी बुझ्ने माध्यम पनि निर्वाचन पर्यवेक्षण हो । पर्यवेक्षणका माध्यमबाट निर्वाचन प्रक्रियाका सबल र कमजोर पक्षका बारेमा थाहा पाउन सकिने भएकाले निर्वाचन पर्यवेक्षणलाई राज्यको तेश्रो आँखा पनि मान्ने गरिन्छ । निर्वाचनमा मतदान गर्ने जनताको सार्वभौम र मौलिक अधिकार हो । स्वच्छ विश्वसनीय, मर्यादित र धाँधलीरहित निर्वाचन भएको खण्डमा मात्रै जनताले सही प्रतिनिधिहरूको छनौट गर्न सक्दछन् । निष्पक्ष निर्वाचनले मात्रै लोकतान्त्रिक पद्धतिको सुदृढिकरण र विकासमा समेत टेवा पुर्याउने भएकाले आवधिक निर्वाचनले मात्रै लोकतन्त्रको प्राण धान्न सक्छ ।
पर्यवेक्षक हुन २१ वर्ष उमेर पुगेको हुनु पर्छ । यो भनेको मतदाता हुने उमेर हो । पर्यवेक्षकको पनि राजनीतिक अधिकार त हुन्छ नै । तर, पर्यवेक्षक भइसकेपछि कुनै पनि दल वा विचारप्रति आफ्नो आस्था वा समर्थन प्रकट गर्न मिल्दैन । पर्यवेक्षक भइसकेपछि काममा आस्था वा विचार कदापि झल्कनु हुँदैन । पर्यवेक्षकहरू निष्पक्ष भई काम नगर्दा सम्म उनीहरू व्यवसायिक हुन सक्दैनन् । इमान्दारिता र व्यवसायिकता नै पर्यवेक्षकको असली पहिचान हो । यो पहिचान स्थापित गर्न सक्नु नै निर्वाचनको प्रक्रियामा गरिएको पर्यवेक्षणले सार्थकता पाउनु हो ।
निर्वाचन लोकतन्त्रको मर्म, जीवन र केन्द्रबिन्दु भएकाले स्वतन्त्र, शान्तिपुर्ण धाँधलीरहित भएन भने लोकतन्त्रको आत्मा नै नरहने भएकाले पर्यवेक्षकले इमान्दारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्नु पर्दछ । निर्वाचनको परिणाम सर्वस्वीकार्य, राष्ट्रिय, अन्तराष्ट्रिय मान्यता प्राप्त गर्न सकेमा मात्र निर्वाचनको सार्थकता रहने भएकाले निर्वाचन पर्यवेक्षणको महत्वपूर्ण भूमिका रहन्छ । पर्यवेक्षकले निर्वाचनलाई केवल मतदानको दिनमा हुने गतिविधिका रूपमा मात्रै बुझ्न मिल्दैन । दल दर्ता, दलका नेतृत्व वा स्वतन्त्र उम्मेदवारका अभिव्यक्ति, उम्मेदवारी दर्ता, निर्वाचन आयोगको भूमिका, मताधिकार, मतदाता शिक्षा, मतगणना, मतपरिणाम सार्वजनिक तथा मतदान गरे वा नगरेका कारण मतदातालाई पारिने असरलगायत निर्वाचनकै अवयव हुन् । तसर्थ स्वतन्त्र पर्यवेक्षकले यि र यस्ता विषयमा निश्पक्षतापूर्वक हेर्ने र प्रतिवेदन गर्ने जिम्मेवारी पूरा गर्नु आवश्यक छ ।
सम्बन्धित विचार मञ्चहरू
कतिञ्जेल सङ्क्रमणकाल !
दश वर्ष लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्यको घोषणा गर्दै सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबिच शान्ति सम्झौता भएको आज ठिक १७ वर्ष पूरा भएको छ । इन्सेकको अभिलेख अनुसार २०५२…
बेपत्ता ! अझै बेपत्ता ?
तत्कालीन नेकपा माओवादी र नेपाल सरकारबिच २०६३ साल मङ्सिर ५ गते गरिएको विस्तृत शान्ति सम्झौतामा बलपूर्वक बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक गर्नेबारे उल्लेख गरिएको छ । २०५२ साल फागुन १…
दण्डहीनतालाई प्रश्रय दिने कार्य नहोस् !
नेपालको संविधान, विद्यमान ऐन, कानुनमा सरकारले कुनै पनि मुद्दा फिर्ता लिन पाउने व्यवस्था छैन । तर नेपाल सरकारले २०८० वैशाख २६ गते संसदमा मुद्दा फिर्ता लिने प्रयोजनसहित विधेयक दर्ता गराएको…
जबाफदेहिता सुनिश्चित गर !
प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक नेपालको संविधानले सुनिश्चित गरेको छ । संविधानको पालना गर्ने राज्यका संयन्त्रले त्यसविरुद्धको कुनै पनि बहानामा गर्ने क्रियाकलाप दण्डनीय हुन्छन् । कुनै पनि व्यक्तिलाई गिरफ्तार…
स्थानीय निर्वाचनः जनताको घरदैलोमा सरकारको निरन्तरता !
नेपाली जनताले पहिलो पटक आफैँले निर्वाचित गरेको संविधान सभाका प्रतिनिधिबाट निर्माण गरिएको नेपालको संविधान २०७२ साल असोज ३ गतेदेखि लागू भएको छ । त्यसयता नेपाल सङ्घीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा…