इन्सेकअनलाइनका दुई दशक : सामाजिक न्यायकाे खबरदारी
आजबाट इन्सेकअनलाइन २१ वर्षमा प्रवेश गरेको छ । डिजिटल माध्यमबाट मानव अधिकार अवस्थाको समाचार, विचार र सूचना प्रदान गर्ने लक्ष्यका साथ हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृति दिवसको अवसर पारेर २०६१ साल साउन १६ गते इन्सेक अनलाइनको सुरुआत गरेको थियो । मानव अधिकार समाचार तथा सरोकारलाई पाठकमाझ प्रस्तुत गर्ने र त्यसमार्फत अधिकार चेतना अभिबृद्धि गर्ने तथा राज्यका निकायहरुको जबाफदेहितालाई जिम्मेवार बनाउने उद्धेश्यमा इन्सेक अनलाइन अविचलित यात्रामा छ । मानव अधिकारसँग सम्बन्धित समाचार मात्र प्रकाशन गर्ने डिजिटल माध्यमले इन्सेकको अभियानमा २१ वर्षको यात्रा पूरा गरेको यस क्षणमा हामी हाम्रा समस्त पाठकहरूमा आभार व्यक्त गर्दछौँ ।
इन्सेक अनलाइनका प्रतिनिधि देशका ७७ जिल्लामा क्रियाशील छन् । उनीहरूले आआफ्नो जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको जानकारी र मानव अधिकारका विविध विषयका समाचारको तथ्य पुष्टि एवम् पुनःपुष्टि गरी सम्बन्धित प्रदेश कार्यालयमा पठाउँछन् भने हाम्रा सातै प्रदेशमा रहेका प्रदेश कार्यालयहरूले सम्पादनसहित समाचारहरू प्रकाशन गर्छन् ।
मानव अधिकारका विविध विषयका समाचार, लेख रचना, समसामयिक विषयमा विभिन्न विधाका विज्ञसँग लिइएको अन्तरवार्ताहरू, फिचर, विज्ञप्ति, तथ्य सङ्कलन प्रतिवेदनहरू र इन्सेकको नियमित प्रकाशन प्राची सचेतना त्रैमासिक तथा नेपाल मानव अधिकार वर्ष पुस्तक लगायतका सामग्री इन्सेकअनलाइनमा पाउन सकिन्छ । यी सामग्रीबाट मानव अधिकारका विषयमा चासो राख्ने हाम्रा पाठकहरुले एकै ठाउँबाट धेरै सूचना प्राप्त गर्न सक्नु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।
मानव अधिकार अवस्थाको चित्रण गरिने यस अनलाइनमा प्रकाशन गरिने र गरिएका विषय आधिकारिक तथा तथ्यमा आधारित होउन् भन्ने कुरालाई ध्यान दिइन्छ । त्यसैले इन्सेक अनलाइनमा समाचारलाई ब्रेक गर्नेभन्दा अनुगमन तथा तथ्यको विस्तृत विवरणलाई प्राथमिकतामा राखिन्छ । हामीले प्रकाशन गरेका सामग्रीहरूका बारेमा प्रबुद्ध पाठक वर्गबाट रचनात्मक सुझाव तथा सल्लाहको अपेक्षा गर्दछौँ । यहाँहरुबाट प्राप्त हुने सुझाव तथा सल्लाहले हामीलाई परिष्कृत हुन मद्दत पुग्नेछ ।
यसबिचमा राजनीतिक तथा सामाजिक आन्दोलनमा थुप्रै आरोहअवरोह आए । इन्सेक अनलाइन त्यसको साक्षीमात्र रहेन, यसले तिनीहरुको दस्तावेजीकरणसमेत गरेको छ । मानव अधिकारको उपभोग गर्नबाट वञ्चित नागरिकहरुको पहुँच स्थापना गर्न इन्सेक अनलाइनले भूमिका निर्वाह गरेको छ । समग्रमा भन्नु पर्दा २० वर्षको यात्रामा इन्सेक अनलाइनले न्याय र समानताका लागि एक जिम्मेवार अनलाइनले खेल्नु पर्ने भूमिका निर्वाह गरेको छ ।
हामीलाई यात्राको २१ औँ वर्षसम्म निरन्तर अगाडि बढ्न साथ र सहयोग गर्नु हुने हाम्रा प्रतिनिधि, प्रदेश डेस्क, केन्द्रीय डेस्कका सहकर्मी, शुभचिन्तक, सहयोगीलगायत समस्त पाठकहरुमा शुभकामना व्यक्त गर्दछौँ ।
सम्बन्धित विचार मञ्चहरू
शान्ति सम्झाैताका १८ वर्ष
१० वर्ष लामो सशस्त्र द्वन्द्वको विधिवत अन्त्य २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामार्फत भएको थियो । शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । इन्सेकको अभिलेख अनुसार २०५२ फागुन १…
सन् २०२४ जुलाइदेखि सेप्टेम्बरसम्म (तीन महिना) को मानव अधिकार अवस्था
सन् २०२४ को जुलाइदेखि सेप्टेम्बर महिनासम्म २ हजार ४ सय ७३ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएको तथ्याङ्क इन्सेकले अभिलेख गर्यो। यी तीन महिनामा राज्यपक्षबाट तीन जना महिला…
सन् २०२४ अप्रिलदेखि जुनसम्म (तीन महिना) को मानव अधिकार अवस्था
सन् २०२४ को अप्रिलदेखि जुन महिनासम्म २ हजार ६ सय ६८ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएको तथ्याङ्क इन्सेकले अभिलेख गर्यो। यी तीन महिनामा राज्यपक्षबाट पाँच जना महिला…
सन् २०२४ जनवरीदेखि मार्चसम्म (तीन महिना) को मानव अधिकार अवस्था
सन् २०२४ को जनवरीदेखि मार्च महिनासम्म १ हजार ९ सय ४३ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएको तथ्याङ्क इन्सेकले अभिलेख गर्यो। यी तीन महिनामा राज्यपक्षबाट तीन जना महिला…
सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवसः पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्नु सरकारको कर्तव्य
प्रत्येक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा मनाइन्छ । आज ०८१ वैशाख २१ गते (मे ३) मा ३१ औँ प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा पत्रकारहरुकै सुरक्षा र स्वतन्त्रताको रक्षा…