नेपाल प्रहरीप्रति गुमेको जनविश्वास स्थापित गर्न आवश्यकः मन्त्री जोशी

नेपाल प्रहरीप्रति जनविश्वास गुमेको अवस्थामा प्रहरीमाथि जनताले विश्वास गर्न सक्ने स्थिति सृजना गर्न आवश्यक रहेको सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताउनु भएको छ । सीसु परियोजना अन्तर्गत डिसिएको सहकार्य र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, कैलालीको समन्वयमा नेपाल…

September 13, 2021  
पुनर्स्थापनाको अभावमा मुक्त हलियाको जङ्गलमा बास

सरकारले हलिया मुक्ति घोषणा गरेको १३ वर्ष वितिसक्दा समेत मुक्त हलियाहरुको पुनर्स्थापना हुन नसकेपछि मुक्त हलियाहरु जङ्गलमा बस्न बाध्य भएका छन् । गन्यापधुरा गाउँपालिका–१ अशिग्राममा २०६६ सालमा आएको बाढीपहिरोका कारण विस्थापित भएका १८ घर परिवार मुक्त हलियाहरु हालसम्म पनि गन्यापधुरा गाउँपालिका–१ भेटाको जङगलमा आश्रय लिएर बस्न बाध्य छन् । २०६६…

September 13, 2021  
मानव अधिकारको अवस्थासम्बन्धी सञ्चारकर्मीहरुसँग समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारको अवस्थासम्बन्धी सञ्चारकर्मीहरुसँग समन्वय बैठक भदौ २५ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले मानव अधिकार उल्लङ्धन र ज्यादतीका घटनाहरुमा कमी नआएकोले मानव अधिकार संरक्षण र सम्बद्र्धमा राज्यलाई थप जिम्मेवार बनाउन सञ्चारकर्मीहरुको…

September 10, 2021  
बलात्कार घटनाका अरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढीनन्दा नगरपालिका–७ जेठारीबाडाका २७ वर्षीय घमण्ड जेठारालाई भदौ २२ गते गिरफ्तार गरेको छ । भदौ २० गते राति घरमा एक्लै भएको समयमा बलात्कार गरेको भन्दै पीडितले अस्थायी प्रहरी चौकी, पाण्डुसेनमा भदौ २१ गते निवेदन दिएपछि अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले आरोपितलाई भदौ २२…

September 9, 2021  
बाढीले बगाएको पुल पुनर्निर्माण नहुँदा स्थानीयलाई सास्ती

जयपृथ्वी नगरपालिका–३ कुसापनी र मष्टा गाउँपालिका–१ कुर्यापानी सिमा भएर बग्ने डुङ्री खोलामा स्थानीयहरुले निर्माण गरेको पुल बाढीले बगाएपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । भदौ १५ गते आएको बाढीले पुल बगाएको भएपनि पुनर्निर्माण हुन नसक्दा त्यस क्षेत्रका ३५ घरपरिवारका १ सय ५० जना भन्दा बढी व्यक्तिहरुको आवतजावत बन्द…

September 8, 2021  
हलिया मुक्तिको १३ वर्षः समस्या ज्यूँका त्यूँ !

सरकारले हलिया  मुक्ति घोषणा गरेको १३ वर्ष पुरा भइसक्दा समेत मुक्त हलियाहरुले भने समस्याबाट मुक्ति पाउन सकेका छैनन् । सरकारले २०६५ भदौ २१ गते हलिया मुक्ति घोषणा गरेको थियो । तर, घोषणा भएको १३ वर्ष पुरा हुँदा समेत मुक्त हलियाहरुको व्यवस्थापन हुन सकेको छैन् । सरकारले हलिया मुक्ति गरेका १३…

September 7, 2021  
कारागारमा व्यवस्थापकीय समस्या हुँदा कैदीबन्दीलाई सास्ती

जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भई कैदीबन्दीहरुले सास्ती खेप्दै आएका छन् । २२ जना महिलासहित ९५ जनाको क्षमता रहेको जिल्ला कारागारमा ६ सय ५९ जनालाई राखिएका कारण कैदीबन्दीहरुले सास्ती खेप्नु परेको हो । जिल्ला कारागारमा हाल २२ जना महिलासहित ४ सय…

September 7, 2021  
स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका बिषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा पुनर्वास नगरपालिका स्तरीय मानव अधिकार समुहको समन्वयमा स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम भदौ २१ गते सम्पन्न भएको छ । महिला स्वास्थ्य स्वयमसेविका देबमाया लोहनीले आफूहरुलाई प्राथमिक स्वास्थ्य सेवा प्रवाह गर्नका लागि ग्रामीण क्षेत्रमा खटाइएको भएपनि…

September 6, 2021  
स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय, धनगढीको सहयोग तथा पुर्वीचौकी गाउँपालिका मानव अधिकार समूहको आयोजनामा स्थानीय सरोकारवालाहरुसँग स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भदौ २१ गते पुर्वीचौकी गाउँपालिकामा सम्पन्न भएको छ । नागरिकलाई स्वास्थ्य सेवामा पहुँच अभिबृद्धि गर्न र स्वास्थ्य उपचारका सन्दर्भमा स्थानीय नागरिकहरुसँग जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक भएको पुर्वीचौकी…

September 6, 2021  
स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका बिषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा कृष्णपुर नगरपालिका स्तरीय मानव अधिकार समुहको समन्वयमा स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम भदौ २० गते कृष्णपुर नगरपालिकामा सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका–१ निगालीमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा  प्रसूति गृह सञ्चालनका लागि भवन निर्माण गरिएको…

September 6, 2021