न्यानो लुगा वितरणमा ढिलाई हुँदा कैदीबन्दी समस्यामा
जिल्ला कारागार, दार्चुलाको जीर्ण भवनमा बस्दै आएका कैदीबन्दीलाई न्यानो लुगा वितरणमा ढिलाई हुँदा कैदीबन्दीहरु समस्यामा परेका छन् । यो वर्ष चाडै चिसो बढेको भए पनि न्यानो कपडाहरु समय वितरण नगरिएका कारण कैदीबन्दी समस्यामा परेका हुन् । कैदीबन्दीलाई जिल्ला कारागार, दार्चुलाले कम्मल र डस्ना वितरण गरेको भए पनि न्यानो लुगा वितरण…
नगरप्रमुखलाई ज्यान मार्ने धम्की घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीलाई ०८० कात्तिक २१ गते पेट्रोल छर्किएर ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले अमरगडी नरपालिका–५ बागबजार निवासी महाकालि ट्रेडर्सका सञ्चालक तिर्थ भण्डारीलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । सडक बिस्तारका क्रममा बिबाद उत्पन्न भएको र सोही क्रममा आरोपित भण्डारीले गाडीबाट पेट्रोल निकालेर नगरपालिकाका प्रमुखको ज्यान…
स्थानीय न्यायिक समितिहरुमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या
जिल्लास्थित स्थानीय तहमा सञ्चालनमा रहेका न्यायिक समितिहरुमा इजलास कक्ष र कानुनी ज्ञानको अभाव तथा कानुनी सल्लाहकारको व्यवस्थापन नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेको न्यायिक समितिका संयोजकहरुले गुनासो गर्नुभएको छ । न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरिएको भए पनि जिल्लाका नौ ओटा स्थानीय तह मध्ये भिमदत्त नगरपालिका र बेदकोट नगरपालिका…
भूकम्प प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले १ करोड रुपियाँ राहत सहयोग गर्ने घोषणा
सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावितहरुलाई १ करोड रुपियाँ राहत स्वरुप सहयोग गर्ने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार मन्त्री परिषदको कात्तिक १९ गते बसेको बैठकले जाजरकोट जिल्लामा आएको भूकम्पमा परी घाइतेहरुको उपचार र प्रभावितहरुको सहयोगका लागि १ करोड रुपियाँ राहत स्वरुप सहयोग गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेश…
प्रहरीलाई कुटपिट घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित ड्युटीमा खटिएका जिल्ला प्रहरी कार्यालय, कैलालीमा कार्यरत २५ वर्षीय असई बहादुरसिंह ऐरीलाई ०८० कात्तिक १९ गते कुटपिट गरेको आरोपमा प्रहरीले अछाम जिल्ला साँफेबगर नगरपालिका–२ का ३७ वर्षीय खडक कुँवर र सर्लाही जिल्ला हरीपुर नगरपालिका–१ का २५ वर्षीय नवराज कार्कीलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ । नागरिक…
स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामीलाई सास्ती
बेलौरी नगरपालिका–८ कलकत्ता बजारस्थित रामपुर स्वास्थ्य चौकीमा निःशुल्क रुपमा वितरण गरिने औषधि प्रयाप्त मात्रामा नहुँदा सास्ती खेप्नु परेको स्थानीयहरुले गुनासो गर्नु भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि स्वास्थ्य चौकी पुगेको भए पनि स्वास्थ्य चौकीमा औषधि नभएपछि रित्तो हात घर फर्किएको बेलौरी नगरपालिका–९ की सविता वडले गुनासो गर्नु भयो…
कारिया गाउँमा स्टेचरको व्यवस्था नगरिएका कारण स्थानीयलाई सास्ती
आदर्श गाउँपालिकाको कारिया गाउँमा बिरामी बोक्ने स्टेचर नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । गाउँकार्यपालिका कार्यालय समेत रहेको कारियाँ गाउँमा स्टेचरको व्यवस्था नहुँदा बिरामीको उपचारका लागि पिठ्यूँमा नाम्लोले बोकेर स्वास्थ्य चौकी पुगाउनु पर्ने बाध्यता रहेको आदर्श गाउँपालिका–२ का स्थानीय स्थानीय घिमिलाल ओझाले दुखेसो पोख्नु भयो । उहाँले भन्नु भयो– ‘आदर्श…
जातीय विभेद अन्त्य गर्न जरुरी छः सरोकारवाला
जातीय विभेद कानुनी रुपमा दण्डनीय र समाजिक रुपमा अमानविय भए पनि समाजमा जातीय विभेद कायमै रहेकोले यसको अन्त्य हुनु पर्ने जिल्लास्थित सरोकारवालाहरुले बताउनु भएको छ । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० कार्तिक १५ गते बैतडीमा आयोजना गरेको जिल्लास्थित मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि तथा…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा घोडाघोडी नगपालिका–६ का २४ वर्षीय सागर चौधरीलाई ०८० कात्तिक १४ गते २१ दिन कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले कसूर ठहर गरी कैद सजाय र १० हजार रुपियाँ जरिवाना भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका–१५ का २७ वर्षीय सनी चौधरी विरुद्ध पीडित पक्षले ०८० कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको छ । पीडित महिलालाई आरोपितले ललाईफकाई विवाहको प्रलोभनमा पारी कात्तिक ५ गते बलात्कार गरेकोले आरोपित विरुद्ध कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको…