मानव अधिकार संघसस्थासँगको प्रदेशस्तरीय वैठक सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको अयोजनामा मानव अधिकार सन्धि समन्वय केन्द्र( एचआरटिएससिसी) लगायत संघसस्थाहरुसँगको प्रदेशस्तरीय बैठक फागनु १७ गते डडेल्धुरामा सम्पन्न भएको छ । नेपाल पक्ष भएका सन्धिहरुको कार्यान्वयनको अवस्था तथा प्रदेशको मानव अधिकारको स्थितिका बारेमा सूचना तथा सुझावहरु संकलन गर्ने उद्धेश्यले बैठकको आयोजना गरिएको थियो । इन्सेक सुदूरपश्चिम प्रदेश…
इन्सेकद्वारा हिरासत कक्ष र कारागार अनुगमन, नेपाल मानव अधिकार वर्ष पुस्तक हस्तान्तरण
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको टोलीले फागनु १६ गते डडेल्धुरा जिल्लास्थित हिरासत कक्ष र जिल्ला कारागारको अनुगनम गर्नुको साथै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तारन्तरण गरेको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जाशी सम्मेलित टोलीले जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्ष र जिल्ला कारागार, डडेल्धुराको अनुगमन गरेको हो…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
दुई वर्षीया बालिकालाई फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिकाका ६८ वर्षीय पुरुषलाई फागुन १५ गते आरोपितकै घरबाट गिरफ्तार गरेको छ । बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमले फागनु १४ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीले इन्सेक प्रतिनिधिसँगको…
सामुहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया दुई जना युवतीलाई फागुन २ गते बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१९ जेगाँउका २३ वर्षीय रामचरण चौधरी र २२ वर्षीय अक्षयक चौधरीलाई फागुन १४ गते गिरफ्तार गरेको छ । सोही घटनाका आरोपित धनगढी उपमहानगरपालिका—१९ का २३ वर्षीय पारस रोकाया र सोही ठाउँका २३ वर्षीय अञ्जन चौधरी फरार रहेकाले…
बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडितलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले फागुन १२ गते न्यायीक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । पीडित बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकोले न्यायीक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै सिविन नेपालले इन्सेकलाई सहयोगका लागि सिफारिस गरेपछि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप…
प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक फागुन ११ गते धनगढीमा सम्पन्न भएको छ । बैठकमा इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बिपद न्यूनिकरणका लागि पूर्वतयारी बिना सञ्चालन गरिने क्रियाकलापहरुले गर्दा समस्या भइरहेको र जलबायू परिवर्तनले गर्दा मानव स्वास्थ्यमा असर परिरहेकोले जलवायूपरिवर्तनका असरका सन्दर्भमा…
आर्थिक अभावमा बाँच्न बाध्य वादी समुदाय
आर्थिक, समाजिक र सास्कृतिक रुपमा पछाडी परेका वादी समुदायका व्यक्तिहरुको स्वामित्वमा जग्गा नहुँदा र रोजगारीको कुनै अवसर नपाउँदा आर्थिक अभावका कारण कष्टकर जिवन जिउन बाध्य भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर किनारमा बस्दै आएका ६० घर परिवार वादी समुदायको नाममा जग्गाजमिन नहुँदा र रोजगारीको अवसर नपाउँदा वादी समुदायका व्याक्तिहरुको…
अपरिचित व्यक्तिद्वारा पत्रकारमाथि कुटपिट
एनटिभीमा कार्यरत सञ्चारकर्मी तथा पत्रकार महासङ्घ, कञ्चनपुरका साधारण सदस्य पदमराज बोहरालाई फागुन ८ गते बेलुका अपरिचित व्यक्तिले कुटपिट गरी घाइते बनाएका छन् । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नम्बर १ स्थित घर नजिकै बसिरहेको अवस्थामा मास्क लगाएर आएका युवाहरुको समुहले ढुङ्गा तथा बोतलहरु प्रहार गरी कुटपिट गरेको पीडित पत्रकार बोहराले…
सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार बढी व्यक्ति पीडित
सन् २०२२ मा सुदूरपश्चिममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार बढी व्यक्ति पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले फागुन ७ गते आयोजना गरेको सन् २०२२ मा सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था विषयक पत्रकार भेटघाट कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । इन्सेकले…
बलात्कार घटनाका फरार कसुरदार गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार घटनाका फरार कसुरदार बेलौरी नगरपालिका–३ का ४९ वर्षीय राजेन्द्र सुनारलाई १७ वर्षपछि घरमा लुकिछिपि बसेको अवस्थामा फागुन ४ गते गिरफ्तार गरेको छ । जिल्ला अदालतले कसुर ठहर गरी कैद सजायको फैसला सुनाएको भए पनि कसुरदार फरार रहेकाले १७ वर्ष पछाडि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका…