टिकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन भूपू प्रहरी सङ्गठनको आग्रह

छुट्टै थरुहट स्वयत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा ०७२ भदौ ७ गते कैलालीको टिकापुरमा आठ जनाको ज्यान जाने गरी भएको घटनाका दोषीलाई उन्मुक्ति नदिन भूतपूर्व प्रहरी सङ्गठनले सरकारसँग आग्रह गरेको छ । वर्तमान सरकारका गृहमन्त्री बिमलेन्द्र निधिले टिकापुर घटना राजनीतिक घटना भएको र टिकापुर घटनामा गिरफ्तारीमा परेका आरोपितहरूलाई रिहा…

२०७३ आश्विन २०, बिहीबार १५:३२ गते  
पुल नहुँदा विद्यालय जान ताङ्लोको साहारा (फोटोसहित)

कालो पाइन्ट । निलो आकाशे सर्ट । विद्यालयको पोशाक हो यो । निकै चर्को घाममा पिठ्यूँमा झोला बोकर विद्यालयबाट घर फर्कँदै थिए । गर्मीले कमिज टाउकोमा बाँधेर नदी माथि लगाइएको तार छिचोल्ने तयारीमा छन् आधा दर्जन बालबालिका । उनीहरू मध्ये एक जनाले पिठ्यूँमा बोकेको झोला निकाल्दै थिए । नदीमाथिको फलामे…

२०७३ आश्विन १८, मंगलवार ०६:०९ गते  
मानव अधिकार राष्ट्रिय कार्ययोजना कडाइका साथ लागु गर्नुपर्नेमा जोड

नेपाल सरकारले ०७१ साउनदेखि लागु गरेको मानव अधिकार राष्ट्रिय कार्ययोजना कडाइका साथ लागु गर्नुपर्नेमा स्थानीय सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय, धनगढीले असोज १७ गते बैतडीमा गरेको अर्न्तक्रिया कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरूले उक्त कुरामा जोड दिएका हुन् । मानव अधिकारसम्बन्धी कानुनमा सुधार ल्याउन सुझाव सङ्कलन…

२०७३ आश्विन १८, मंगलवार ०३:४८ गते  
आन्दोलन गरेको आरोपमा प्रहरीद्वारा कुटपिट गरेको आरोप

अत्तरिया नपा-१३ का ३२ वर्षीय लोकराज पाण्डेय, सोही नपा-४ का पदम ओझा र वडा नं ३ का बालकृष्ण ओझालाई वन हस्तान्तरणको विरोध गरेको आरोपमा प्रहरीले कुटपिट गरेको पीडितहरूले गुनासो गरेका छन् । जिल्ला वन कार्यालय, कैलालीले अत्तरिया नपा-१३ स्थित मस्जिद मदरसा इदगाह मुस्लिम सामुदायिक वन मुस्लिम समुदायलाई हस्तान्तरण गरेको विरोधमा…

२०७३ आश्विन १७, सोमबार १४:४८ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

झलारी पिपलाडी नपा-४ असैनाकी २१ वर्षीया जिविका रानाको हत्या गरेको आरोपमा प्रहरीले उनका २१ वर्षीय पति बलराम रानालाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलासँग रामान्य विवाद भएपछि असोज १४ गते राति बलरामले जिविकाको टाउकोमा ढुङ्गाले प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आरोपितलाई गिरफ्तार गरेको…

२०७३ आश्विन १५, शनिबार १५:१२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

एक २७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय कैलालीले दार्चुला जिल्लाको काटै गाविस-१ घर भई अञ्चल प्रहरी कार्यलय कैलालीमा कार्यरत ३५ वर्षीय प्रहरी परिचर गौरवसिंह फराल असोज ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज ६ गते धनगढी उमनपा-८ क्याम्पसरोडस्थित सडक छेउमा बलात्कार गर्दै गरेको अवस्थामा…

२०७३ आश्विन ८, शनिबार १५:५५ गते  
आठ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षकहरूको क्षेत्रीय सम्मेलन सम्पन्न

मानव अधिकार रक्षकहरूको सुदूरपश्चिमाञ्चल क्षेत्रीय सम्मेलन मानव अधिकार रक्षकहरूको आत्मसम्मान र सुरक्षाको प्रत्याभूति गर्न नेपाल सरकारसँग माग गर्ने, उनीहरूको परिचय खुल्ने परिचयपत्रको व्यवस्था गर्न राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण, मानव अधिकार रक्षकहरूको अधिकारसम्बन्धी ऐन बनाएर तत्काल लागु गर्न माग गर्नेलगायतका आठ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न गरिएको छ । अनौपचारिक…

२०७३ आश्विन २, आईतवार १०:५६ गते  
विष्फोटक पदार्थ पड्किँदा एक बालक घाइते

शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजना स्थलमा फालिएको विष्फोटक पदार्थ पट्कँदा भदौ ३१ गतशिखर–१ का १० वर्षीय रोशन खडायत घाइते भएका छन् । चमेलिया जलविद्युत आयोजनाको विद्युत नहरको दुई नम्बर टनेलमा फालिएको विष्फोटक पदार्थ पड्किएको हो । बाख्रा चराउन गएका बेलामा खेल्दा उक्त विष्फोटक पदार्थ पड्किएको बालकले बताए । विष्फोटक…

२०७३ भाद्र ३१, शुक्रबार १४:३७ गते  
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधि अभाव

बाजुराका स्वास्थ्य चौकीहरूमा औषधिको चरम अभाव भएको छ । पहिलो चौमासिकमा अउनु पर्ने औषधिसमेत नआउँदा समस्या भएको हो । स्वास्थ्य चौकीबाट पाइने निशुल्क औषधिको लागि बिरमीहरूलाई मेडिकलमा पठाउनु पर्ने भएको कोटीला स्वास्थ्य चौकीका इञ्चार्ज जसीराम शाहानीले बताए । उनले स्वास्थ्य चौकीमा समान्य जीङ्क चक्की, जीवनजल, सलाईन, स्टेचरलगायतका औषधि नभएको बताए…

२०७३ भाद्र ३०, बिहीबार ०८:१० गते  
स्वास्थ्य संस्थाहरूमा औषधिको चरम अभाव

बैतडीका स्वास्थ्य संस्थाहरूमा औषधिको चरम अभाव भएको छ । गतसालको नाकाबन्दीदेखि नै औषधि आपूर्तिमा समस्या भएपछि स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव रहँदै आएको छ । सरकारले स्वास्थ्य चौकीबाट ४० प्रकारका औषधि, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५० प्रकारका औषधि र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीति लिएको भएपनि स्वास्थ्य संस्थाहरूमा…

२०७३ भाद्र २५, शनिबार १४:४१ गते