बालविवाह रोक्न किशोरी वृत्त सक्रिय

समाजिक कुरीतिका रूपमा रहेको बालविवाह रोक्न पछिल्लो समय बैतडीका विभिन्न गाउँमा गठन गरिएका किशोरी वृत्त सक्रिय भएका छन् । जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय र संयुक्त राष्ट्र सङ्घ जनसङ्ख्या कोषले किशोरी वृत्तका सदस्यहरूलाई तालिम दिएपछि बालविवाह रोक्न यहाँका किशोरीहरू सक्रिय भएका हुन् । बैतडीका १५ ओटा गाविसमा किशोरी…

२०७३ कार्तिक ३०, मंगलवार १४:२२ गते  
गैरदलितले खानेपानीबाट वञ्चित गरेको दलित समुदायको आरोप

दशरथचन्द नपा-११ सत्पालीका ४५ परिवार भएको दलित बस्तीमा गैरदलितले खानेपानी उपभोगबाट वञ्चित गरेको दलित समुदायले आरोप लगाएको छ । करीव ६ वर्षअगाडिदेखि सञ्चालनमा रहेको उक्त खानेपानीमा आफूहरूलाई विभेद गरिएको स्थानीयको आरोप लगाएका हुन् । 'घरको करेसाबाट खानेपानीको पाइप लगेर गैरदलित समुदायले पानी खाएका छन् । तर, हामीहरूलाई उक्त पानी उपभोग…

२०७३ कार्तिक २६, शुक्रबार १३:०३ गते  
सरकारी कार्यालयमा कर्मचारीको अभावले सेवाग्राहीलाई सास्ती

दसैँ तिहार विदामा घर गएका अछामका सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरू कार्यालयमा कात्तिक २३ गतेसम्म नफर्कँदा सेवाग्राहीले सास्ती पाएको गुनासो गरेका छन् । जिल्लाका विभिन्न ठाउँबाट सरकारी सेवा लिन सदरमुकाम मङ्गलसेन आएका सेवाग्राहीले कार्यालय प्रमुख तथा फाँटवाला कर्मचारी नहुँदा प्रशासनिक काम नभएर त्यसै फर्कनु परेको गुनासो गरेका हुन् । जिल्ला…

२०७३ कार्तिक २४, बुधबार १४:१८ गते  
बन्चरो प्रहार गरी भाइ बुहारीको हत्या, आरोपित फरार

बेलौरी नपा- ६ मोतिपुरकी ३५ वर्षीया तुलसी भट्टलाई ५५ वर्षीय जेठाजु ईश्वरीदत्त भट्टले कात्तिक २० गते बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी विवाद भएका कारण कात्तिक २० गते राति महिनावरी भएको समयमा घरबाट केही पर गोठमा सुतिरहेको अवस्थामा आरोपितले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी…

२०७३ कार्तिक २१, आईतवार १४:४३ गते  
लामो समयदेखि अबरुद्ध एक्स-रे सेवा पुनः चालु

इन्सेक अनलाइनलगायत विभिन्न सञ्चार माध्याममा एक्स-रे सेवा अवरुद्ध हुँदा बिरामी मर्कामा परेको समाचार प्रकाशन र प्रशारण भएपछि जिल्ला अस्पताल बैतडीले नयाँ एक्स-रे मेसिन ल्याएको छ । ०७३ कात्तिक ६ गते इन्सेक अनलाइनमा लामो समयसम्म एक्स-रे मेसिन नबनाउँदा बिरामी मारमा शीर्षकको समाचार प्रकाशन भएको थियो । विगत दुई महिनादेखि अबरुद्ध जिल्ला…

२०७३ कार्तिक १९, शुक्रबार १५:०९ गते  
बैतडीका एक सय भन्दा बढी बालबालिकामा कुपोषण

बैतडीका ३ हजार ३ सय १५ जना बालबालिकामध्ये १ सय १४ जना बालबालिका कडा कुपोषण देखिएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूमा गरिएको सर्भेक्षण अनुसार उनीहरूमा कडा शीघ्र कुपोषण देखिएको कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम (आइमाम)का जिल्ला संयोजक प्रदिप पराजुलीले जानकारी दिए । पोषणको स्थिति जाँच गरिएका बालबालिकामध्ये…

२०७३ कार्तिक १५, सोमबार १५:१२ गते  
बैतडीमा २२ हजार मेट्रिक टन खाद्यान्न अभाव

खाद्य असुरक्षित जिल्ला मध्येको एक बैतडीमा २२ हजार ४ सय २० मेट्रिक टन खाद्यान्न अभाव हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको जनसङ्ख्या अनुसार ५० हजार ६ सय ७५ मेट्रिक टन खाद्यान्न आवश्यक भएपनि अहिले जिल्लामा २८ हजार २ सय ५४ मेट्रिक टन मात्रै खाद्यान्न उत्पादन हुने गरेको…

२०७३ कार्तिक १४, आईतवार १५:४९ गते  
पारिवारिक बोझका कारण बालबालिका विद्यालय जानबाट वञ्चित

पारिवारिक बोझ र जनचेतनाको अभावका कारण जिल्लाका अधिकांश बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । बुवा रोजगारीका लागि घर बाहिर हुने र आमा काममा व्यस्त हुने भएकाले आफ्ना भाइबहिनीहरूको हेरचाह आफैले गर्नुपर्ने बाध्यताका कारण जिल्लाका २ सय १४ बालबालिका अझै विद्यालय जानबाट वञ्चित भएको जिल्ला शिक्षा कार्यालय, बैतडीका विद्यालय निरीक्षक…

२०७३ कार्तिक ९, मंगलवार ११:१४ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बेतकोट नपा-१३ की २८ वर्षीया पुजा पन्तको हत्या गरेको आरोपमा ३० वर्षीय पति केशवराज पन्तलाई प्रहरीले कात्तिक ७ गते गिरफ्तार गरेको छ । कात्तिक ५ गते राति घरैमा सुतेकी पीडित महिलाको शवलाई कात्तिक ६ गते बिहान शरीरमा निलडामसहित फेला पारिएको थियो । मृतकको शरीरमा निलडाम देखिएपछि पतिले नै हत्या गरेको…

२०७३ कार्तिक ८, सोमबार १४:४९ गते  
नागरिकता बनाउनबाट वञ्चित समुदायलाई नागरिकता प्रदान

आर्थिक अभावका कारण नागरिकता बनाउन नसकेका सीमान्तकृत तथा गरिब दलित समुदायले नागरिकता पाएका छन् । निर्वाचन तथा राजनीतिक सहभागिताका लागि नागरिक अभियान परियोजनाले नागरिकता बनाउन आर्थिक सहयोग गरेपछि उनीहरूले नागरिकता पाएका हुन् । दार्चुलाका १० गाविसमा सञ्चालित कार्यक्रम अर्न्तर्गत हालसम्म ८ सय जनालाई आर्थिक सहयोग गरेपछि नागरिकता प्राप्त गरेको नेपाल…

२०७३ कार्तिक ७, आईतवार २३:५६ गते