जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह पुनर्गठन
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत कञ्चनपुर जिल्लामा जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको पुनर्गठन गरिएको छ । पुस १४ गते आयोजित कार्यक्रमबाट अधिकारकर्मी कृष्णसिंह देउपाको अध्यक्षतामा १५ सदस्यीय समूहको चयन गरिएको हो । समूहका सदस्यहरूमा उच्च अदालत महेन्द्रनगर इजलास वार एशोशियनका उपाध्यक्ष पुनम सिंह चन्द,…
प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा औषधिको अभाव, बिरामी मार्कामा
औषधि आपूर्तिमा ढिलाइ हुँदा कञ्चनपुरका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दुई महिनादेखि औषधिको अभाव भएको छ । केन्द्र र क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि आपूर्ति नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध हुने औषधिको चरम अभाव भएको हो । औषधि अभाव भएपछि स्वास्थ्यकर्मीले उपचारका लागि पुगेका बिरामीलाई रित्तो…
घरेलु हतियार प्रहार गरी पत्नीको हत्या, आरोपित फरार
दत्तु-७ की २७ वर्षीया सुना धामीको हत्या गरी ५१ वर्षीय पति धिरेन्द्रसिंह धामी फरार भएका छन् । भगवती गाविस ७ स्थायी घर भइ हाल दत्तुमा अस्थायी बसोबास गर्दै आएकी धामीलाई आरोपितले पुस ११ गते राति घरमा सुतिरहेको अवस्थामा घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पीडित महिलाको…
महिला अधिकारकर्मीद्वारा सिडियोमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण
छाउपडी गोठमै महिला तथा किशोरीहरूको मृत्यु भएका घटनाहरू सार्वजनिक हुँदै आएको सन्दर्भमा महिला अधिकारकर्मीहरूले पुस ७ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । कुरितीको रूपमा रहेको छाउपडी प्रथाकै कारण महिना दिन नपुग्दै दुई जनाको मृत्यु भएको भन्दै मानव अधिकार विरुद्धको यस कलङ्कलाई तत्काल न्यूनीकरण गरी…
पत्रकार र मानव अधिकारकर्मीबिच साझेदारी बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पत्रकार र मानव अधिकारकर्मीहरूको साझेदारी बैठक पुस ६ गते मङ्गलसेनमा सम्पन्न गरिएको छ मानव अधिकारको क्षेत्रमा काम गर्दा राजनीतिक, पारिवारिकका साथै सामाजिक समस्या रहेको बैठकमा सहभागी पत्रकार र मानव अधिकारकर्मीहरुले बताएका थिए । महिला अधिकारकर्मी विन्दु रावलले महिलाको न्यायको लागि लड्दा आफै असुरक्षित रहेको…
जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्धेश्यले सञ्चालित परियोजनाको परिचय कार्यक्रमका अवसरमा जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन गरिएको छ । उक्त कार्यक्रममा इन्सेक केन्द्रीय कार्यलयका वरिष्ठ अधिकृत सुशील चौधरीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका बारेमा र इन्सेकका सुदूरपश्चिम क्षेत्रीय कार्यालयका संयोजक खड्काराज जोशीले परियोजनाको परिचय…
ग्रामीण भेगमा लुकेका घटना उजार गर्नुपर्नेमा सांसद ठगुन्नाको सुझाव
दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाका ग्रामीण भेगमा अहिले पनि लुकेर रहेका घटनाहरूलाई समेत मानव अधिकार वर्षपुस्तकमा समेट्नुपर्ने सुझाव दिएका छन् । इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ को प्रकाशन पूर्व वार्षिक समीक्षा गोष्ठीमा बोल्दै सांसद ठगुन्नाले यस्तो सुझाव दिएका हुन् । मानव अधिकारको क्षेत्र…
गत वर्ष छाउगोठ मुक्त घोषित गाउँको छाउपडी गोठमा एक बालिकाको मृत्यु
छाउगोठमुक्त घोषित गाज्रा गाविस-७ की १५ वर्षीया रोशनी तिरुवाको छाउगोठमै मृत अवस्थामा फेला परेकी छन् । पुस २ गते साँझ ६ बजेतिर खाना खाएर छाउगोठमा सुत्न गएकी रोशनी पुस ३ गते बिहान ७ बजेसम्म नफर्किएपछि उनका बावुले ढोका फोरेर हेर्न जाँदा मृत अवस्थामा फेला पारेको बताएका छन् । झ्याल नभएको…
प्रहरीको सहयोगमा बालविवाह रोकियो
दशरथचन्द नपा-१ मा अभिभावकको मञ्जुरीविना तर बालिका र बेहुलाको सहमतिमा हुन लागेको विवाह प्रहरीको सहयोगमा रोकिएको छ । १५ वर्षीया बालिकालाई बैतडीको दशरथचन्द नपा-१ का २० वर्षीय युवकले भगाएर विवाह गर्न भनी ल्याएको बेला बालिकाका अविभावकले प्रहरीलाई खबर गरेपछि विवाह रोकिएको हो । बालिका भगाएको थाहा पाएपछि उनका अविभावकले प्रहरीलाई…
बाजुरामा ७ सय ८५ जना बालबालिकामा कुपोषण
जिल्ला स्वास्थ्य कार्यलय बाजुराको तथ्याङ्क अनुसार जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या ७ सय ८५ रहेको छ । दुई महिनाको अवधिमा गरिएको नापतौलको सर्वेक्षणले यस्तो देखाएको हो । जम्मा ४ हजार ३ सय ६८ जना बालबालिकाको नाप तौल गर्दा जिल्ला भरी कुपोषित बालबालिकाको सङ्ख्या ७ सय ८५ रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका…