साहारा खोज्दै अपाङ्गता भएका व्यक्तिको परिवार
परिवारमा एक दुई जना अपाङ्ग भएको कुरा धेरैले देखे सुनेका होलान् । तर, बिच्छ्याँ-६ देउसैनका सिउमल थापाको परिवारका सात जना मध्ये पाँच जना जन्मैदेखि पूर्ण अपाङ्ग छन् । सिउमल र उनकी पत्नी माता कान सुन्दैनन् र बोल्न पनि सक्दैनन् । २० वर्षीय जेठो छोरा विरबहादुर, माइली छोरी अञ्जना र कान्छो…
बाजुराका बालबालिकाले सुन्तला बेच्दै मनाए बालदिवस
जुगाडा-२ का सन्देश गुयाल आइतबार विहान साँढे १० नबज्दै मार्तडी पुगे । दुई घण्टा बढीको पैदल दुरी हिँडेर गुयाल सुन्तलाको भारी सहित मार्तडी पुगेका हुन् । गुयाल बडिमालिका नगरपालिका स्थित सत्यवादी मावि भौनेरामा कक्षा-४ मा अध्यान गरिरहेको बताए । अन्तराष्ट्रिय बालअधिकार दिवसका अवसरमा विद्यालयमा पढाइ नहुने थाहा पाएपछि सुन्तला विक्रीका…
छाउगोठमा एक महिलाको मृत्यु, प्रधानमन्त्रीद्वारा चासो व्यक्त
तिमिल्सेन-७ की २२ वर्षीया सेतुदेवी उपाध्यायको छाउगोठमा बसेको अवस्थामा मङ्सिर ३ गते राति मृत्यु भएको छ । बेलुकी खाना खाएर छाउगोठमा सुत्न गएकी सेतुदेवी मङ्सिर ४ गते बिहान मृत अवस्थामा फेला परेपनि मृत्युको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ । छाउगोठबाट बिहान ढिलोसम्म उठेर नआएपछि परिवारले हेर्न जाँदा पीडित…
ज्येष्ठ र अपाङ्गता भएका नागरिक घुम्ती शिविरबाट परिचयपत्र पाएकोमा खुसी
जिल्ला प्रशासन कार्यालयलगायत सम्पूर्ण सरकारी कार्यालयहरूले ०७३ कात्तिक २६ गतेदेखि जिल्लाको थलाकाँडा र गाँजरी गाविसमा घुम्ती शिविर आयोजना गरेपछि आफूहरूले आधिकार पाएकोमा स्थानीय ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिक खुसी भएका छन् । जिल्ला सदरमुकामदेखि तीन दिनको पैदल दुरीमा पर्ने बैतडीको विकट क्षेत्र थलाकाँडा र गाँजरीमा घुम्ती शिविरमार्फत नेपाल सरकारले…
बालविवाह रोक्न किशोरी वृत्त सक्रिय
समाजिक कुरीतिका रूपमा रहेको बालविवाह रोक्न पछिल्लो समय बैतडीका विभिन्न गाउँमा गठन गरिएका किशोरी वृत्त सक्रिय भएका छन् । जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय र संयुक्त राष्ट्र सङ्घ जनसङ्ख्या कोषले किशोरी वृत्तका सदस्यहरूलाई तालिम दिएपछि बालविवाह रोक्न यहाँका किशोरीहरू सक्रिय भएका हुन् । बैतडीका १५ ओटा गाविसमा किशोरी…
गैरदलितले खानेपानीबाट वञ्चित गरेको दलित समुदायको आरोप
दशरथचन्द नपा-११ सत्पालीका ४५ परिवार भएको दलित बस्तीमा गैरदलितले खानेपानी उपभोगबाट वञ्चित गरेको दलित समुदायले आरोप लगाएको छ । करीव ६ वर्षअगाडिदेखि सञ्चालनमा रहेको उक्त खानेपानीमा आफूहरूलाई विभेद गरिएको स्थानीयको आरोप लगाएका हुन् । 'घरको करेसाबाट खानेपानीको पाइप लगेर गैरदलित समुदायले पानी खाएका छन् । तर, हामीहरूलाई उक्त पानी उपभोग…
सरकारी कार्यालयमा कर्मचारीको अभावले सेवाग्राहीलाई सास्ती
दसैँ तिहार विदामा घर गएका अछामका सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरू कार्यालयमा कात्तिक २३ गतेसम्म नफर्कँदा सेवाग्राहीले सास्ती पाएको गुनासो गरेका छन् । जिल्लाका विभिन्न ठाउँबाट सरकारी सेवा लिन सदरमुकाम मङ्गलसेन आएका सेवाग्राहीले कार्यालय प्रमुख तथा फाँटवाला कर्मचारी नहुँदा प्रशासनिक काम नभएर त्यसै फर्कनु परेको गुनासो गरेका हुन् । जिल्ला…
बन्चरो प्रहार गरी भाइ बुहारीको हत्या, आरोपित फरार
बेलौरी नपा- ६ मोतिपुरकी ३५ वर्षीया तुलसी भट्टलाई ५५ वर्षीय जेठाजु ईश्वरीदत्त भट्टले कात्तिक २० गते बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी विवाद भएका कारण कात्तिक २० गते राति महिनावरी भएको समयमा घरबाट केही पर गोठमा सुतिरहेको अवस्थामा आरोपितले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी…
लामो समयदेखि अबरुद्ध एक्स-रे सेवा पुनः चालु
इन्सेक अनलाइनलगायत विभिन्न सञ्चार माध्याममा एक्स-रे सेवा अवरुद्ध हुँदा बिरामी मर्कामा परेको समाचार प्रकाशन र प्रशारण भएपछि जिल्ला अस्पताल बैतडीले नयाँ एक्स-रे मेसिन ल्याएको छ । ०७३ कात्तिक ६ गते इन्सेक अनलाइनमा लामो समयसम्म एक्स-रे मेसिन नबनाउँदा बिरामी मारमा शीर्षकको समाचार प्रकाशन भएको थियो । विगत दुई महिनादेखि अबरुद्ध जिल्ला…
बैतडीका एक सय भन्दा बढी बालबालिकामा कुपोषण
बैतडीका ३ हजार ३ सय १५ जना बालबालिकामध्ये १ सय १४ जना बालबालिका कडा कुपोषण देखिएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूमा गरिएको सर्भेक्षण अनुसार उनीहरूमा कडा शीघ्र कुपोषण देखिएको कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम (आइमाम)का जिल्ला संयोजक प्रदिप पराजुलीले जानकारी दिए । पोषणको स्थिति जाँच गरिएका बालबालिकामध्ये…