मौन अवधि सुरू, प्रचार सामग्री हटाइएन
असार १४ गते हुने स्थानीय तहको निर्वाचनको लागि मौन अवधिमा कुनै पनि दल, उम्मेदवार, कार्यकर्ता तथा सञ्चार माध्यमले चुनावी प्रचारप्रसारलगायतका मतदातालाई प्रभावित पार्ने निर्वाचन प्रचार सामग्री हटाउनुपर्ने उल्लेख भएपनि दार्चुलामा राजनीतिक दलहरूले प्रचार प्रसारको लागि राखेका व्यानर, प्रचार पम्पलेटलगायत प्रचार सामाग्री अझै हटाइएको छैन । मौन अवधि सुरू भएपछि मतदानस्थलको…
एमाले कार्यकर्ताद्वारा काङ्ग्रेस कार्यकतालाई खुकुरी प्रहार गरेको आरोप
मेल्लेख गाउँपालिका-५ सरानी गाउँमा असार १२ गते बिहान नेपाली काङ्ग्रेसका दुई जना कार्यकर्तालाई नेकपा (एमाले) का कार्यकर्ताले खुकुरी प्रहार गरी घाइते बनाएको आरोप छ । खुकुरी प्रहारबाट सरानी गाउँ निवासी सहोदर दाजुभाइ युवराज र प्रकाश खड्काको टाउको र हातमा चोट लागेको बताइएको छ । घाइतेको मेल्लेख स्वास्थ्य केन्द्रमा उपचारपाछि थप…
निर्वाचन पर्यवेक्षक अनुशिक्षण कार्यक्रम सम्पन्न
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकको आयोजनामा असार १२ गते निर्वाचन पर्यवेक्षक अनुशिक्षण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । अनुशिक्षण कार्यक्रममा निर्वाचन पर्यवेक्षकले निर्वाचन आयोगको सम्मान र प्रतिष्ठामा आँच आउने कार्य गर्न नहुने र आफ्नो भूमिका स्वतन्त्र, निष्पक्ष एवम् वस्तुनिष्ठ भई पुरा गर्नुपर्ने लगायतका आचारसंहिताका महत्वपूर्ण प्रावधानहरूको बारेमा इन्सेक…
काङ्ग्रेस कार्यकर्ताद्वारा एमाले उम्मेदवारको घरमा ढुङ्गा प्रहार
शैल्यशिखर नगरपालिकाको वडा नम्बर ८ बोहरीगाउँमा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार अजब विष्टको घरमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले ढुङ्गा प्रहार गरेको पीडित पक्षले आरोप लगाएका छन् । पीडित विष्टको घरमा नेपाली काङ्ग्रेसको प्रचार टोलीले असार १० गते राति १० बजेतिर ढुङ्गा प्रहार गरेको हो । ढुङ्गा प्रहारबाट कुनै क्षति नभएको…
बझाङको सुनकुडामा काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप
विथ्थड चिर गाउँपालिका अन्तर्गतको सुनकुडामा नेपाली काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप भएको छ । झडपमा दुवै पक्षका २० जना भन्दा बढी घाइते भएका छन् भने एउटा मोटरसाइकलमा आगजनी गरिएको छ । सुनकुडा क्याम्पसमा नेपाली काङ्ग्रेसको चुनावी सभा भइरहेको बेला एमालेको मोटरसाइकल र्याली पुगेपछि दुई पक्षबिच झडप भएको जनाइएको छ ।…
काङ्ग्रेस एमालेबिच भएको झडपमा दुई जना घाइते
बुढीगङ्गा नगरपालिका-३ मा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ताबिच भएको झडपमा परी दुई जना घाइते भएका छन् । सोही वडाकी ४२ वर्षीया बसु सेराला र २० वर्षीय विरेन्द्र रौले घाइते भएको प्रहरी नायव उपरिक्षक दलबहादुर बोगटीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार प्रचारमा बुढीगङ्गा नगरपालिका २ र ३ बाट…
मतदाता शिक्षा र परिचय पत्र सँगसँगै
दार्चुलाका ९ ओटै स्थानीय तहमा असार ११ गतेदेखि मतदाता शिक्षा र परिचय पत्र सँगसँगै दिइने भएको छ । सबै क्षेत्रमा प्रभावकारी रूपले मतदाता शिक्षा नपुगेको गुनासो पछि परिचय पत्र वितरणकै क्रममा मतदाता शिक्षा दिइने भएको हो । यसअघि यार्सागुम्बा खोजीका लागि लेक गएका कारण सबै क्षेत्रमा मतदाता शिक्षा प्रभावकारी हुन…
भैसी गोठ छोएको आरोपमा २ हजार रुपियाँ जरिबाना, पीडितद्वारा प्रशासनमा उजुरी
छेडेदह गाउँपालिका-१ विराडी गाउँका प्रेमबहादुर बिकले छानोको करिव २० मिटर टाढा हिँडेको आरोपमा 'डुम कमारा मेरो छाना किन छोईस ? अव मेरा देउता रिसाउँछन्' भनी सोही ठाउँका राजेन्द्रबहादुर सिंहले २ हजार रुपियाँ जरिबाना तिराएको भन्दै पीडितले असार ९ गते जिल्ला प्रशासन कार्यलयमा उजरी दिएका छन् । 'आफूमा परेको अन्यायको छानबिन…
मानव अधिकार निगरानी समूहद्वारा मतदाता शिक्षा कार्यक्रम
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तर्गत मानव अधिकार निगरानी समूह बेलादेवीपुरले असार ९ गते गोदावरी नपा-९ सेहरीमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मानव अधिकार निगरानी समूहले सेहरी गाँउमा मतदाता शिक्षा दिनु पूर्व नमुना मतदान कार्यक्रम गरेको थियो । जसमा ५० प्रतिशत मत…
निर्वाचन सफल पार्न अधिकारकर्मीको सक्रियता आवश्यकः मुख्य निर्वाचन अधिकृत
जिल्ला अदालत दार्चुलाका जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालले मानव अधिकारका सवाललाई निर्वाचन केन्द्रीत गर्न सुझाव दिएका छन् । इन्सेक दार्चुलाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठीमा बोल्दै नागरिक तथा राजनीतिक अधिकार सुनिश्चित हुने स्थानीय तह निर्वाचन सफल पार्न अधिकारकर्मीले पनि सक्रिय भूमिका…