दार्चुलाका हिमाली गाविसहरू खाद्य असुरक्षित
दार्चुलाका हिमाली गाविसहरू खाद्य असुरक्षित रहेको एक प्रतिवेदनले देखाएको छ । जिल्ला कृषि विकास कार्यालय दार्चुलाले मङ्सिर ११ गते सार्वजनिक गरेको दार्चुला जिल्लाको खाद्य अवस्थासम्बन्धी प्रतिवेदनमा हिमाली गाविसहरू खाद्य असुरक्षित रहेको प्रतिवेदन सार्वजनिक गरेको हो । डब्लुएफपी र जिल्ला कृषि विकास कार्यालयले साउनदेखि कात्तिकसम्मको अवस्था विश्लेषण गरी सार्वजनिक गरेको प्रतिवेदनले…
महिला सुरक्षा आवास गृह सञ्चालनमा
हिंसामा परेका महिलाहरूलाई संरक्षण गर्ने, स्वास्थ्य सेवा प्रदान गर्ने, कानुनी सेवा, आवास लगायतका सुविधा प्रदान गर्ने उद्देश्यले बैतडीको पाटनमा महिला सुरक्षा गृह सञ्चालन गरिएको छ । [caption id="attachment_2016" align="alignleft" width="640"] क्याप्सन : बैतडीको पाटनमा रहेको महिला सुरक्षा अवास गृहको एक कार्यक्रमका बिच उद्घाटन गरिदै[/caption] आवास गृहको मापदण्ड अनुसारका सुविधा सहित…
साहारा खोज्दै अपाङ्गता भएका व्यक्तिको परिवार
परिवारमा एक दुई जना अपाङ्ग भएको कुरा धेरैले देखे सुनेका होलान् । तर, बिच्छ्याँ-६ देउसैनका सिउमल थापाको परिवारका सात जना मध्ये पाँच जना जन्मैदेखि पूर्ण अपाङ्ग छन् । सिउमल र उनकी पत्नी माता कान सुन्दैनन् र बोल्न पनि सक्दैनन् । २० वर्षीय जेठो छोरा विरबहादुर, माइली छोरी अञ्जना र कान्छो…
बाजुराका बालबालिकाले सुन्तला बेच्दै मनाए बालदिवस
जुगाडा-२ का सन्देश गुयाल आइतबार विहान साँढे १० नबज्दै मार्तडी पुगे । दुई घण्टा बढीको पैदल दुरी हिँडेर गुयाल सुन्तलाको भारी सहित मार्तडी पुगेका हुन् । गुयाल बडिमालिका नगरपालिका स्थित सत्यवादी मावि भौनेरामा कक्षा-४ मा अध्यान गरिरहेको बताए । अन्तराष्ट्रिय बालअधिकार दिवसका अवसरमा विद्यालयमा पढाइ नहुने थाहा पाएपछि सुन्तला विक्रीका…
छाउगोठमा एक महिलाको मृत्यु, प्रधानमन्त्रीद्वारा चासो व्यक्त
तिमिल्सेन-७ की २२ वर्षीया सेतुदेवी उपाध्यायको छाउगोठमा बसेको अवस्थामा मङ्सिर ३ गते राति मृत्यु भएको छ । बेलुकी खाना खाएर छाउगोठमा सुत्न गएकी सेतुदेवी मङ्सिर ४ गते बिहान मृत अवस्थामा फेला परेपनि मृत्युको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ । छाउगोठबाट बिहान ढिलोसम्म उठेर नआएपछि परिवारले हेर्न जाँदा पीडित…
ज्येष्ठ र अपाङ्गता भएका नागरिक घुम्ती शिविरबाट परिचयपत्र पाएकोमा खुसी
जिल्ला प्रशासन कार्यालयलगायत सम्पूर्ण सरकारी कार्यालयहरूले ०७३ कात्तिक २६ गतेदेखि जिल्लाको थलाकाँडा र गाँजरी गाविसमा घुम्ती शिविर आयोजना गरेपछि आफूहरूले आधिकार पाएकोमा स्थानीय ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिक खुसी भएका छन् । जिल्ला सदरमुकामदेखि तीन दिनको पैदल दुरीमा पर्ने बैतडीको विकट क्षेत्र थलाकाँडा र गाँजरीमा घुम्ती शिविरमार्फत नेपाल सरकारले…
बालविवाह रोक्न किशोरी वृत्त सक्रिय
समाजिक कुरीतिका रूपमा रहेको बालविवाह रोक्न पछिल्लो समय बैतडीका विभिन्न गाउँमा गठन गरिएका किशोरी वृत्त सक्रिय भएका छन् । जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय र संयुक्त राष्ट्र सङ्घ जनसङ्ख्या कोषले किशोरी वृत्तका सदस्यहरूलाई तालिम दिएपछि बालविवाह रोक्न यहाँका किशोरीहरू सक्रिय भएका हुन् । बैतडीका १५ ओटा गाविसमा किशोरी…
गैरदलितले खानेपानीबाट वञ्चित गरेको दलित समुदायको आरोप
दशरथचन्द नपा-११ सत्पालीका ४५ परिवार भएको दलित बस्तीमा गैरदलितले खानेपानी उपभोगबाट वञ्चित गरेको दलित समुदायले आरोप लगाएको छ । करीव ६ वर्षअगाडिदेखि सञ्चालनमा रहेको उक्त खानेपानीमा आफूहरूलाई विभेद गरिएको स्थानीयको आरोप लगाएका हुन् । 'घरको करेसाबाट खानेपानीको पाइप लगेर गैरदलित समुदायले पानी खाएका छन् । तर, हामीहरूलाई उक्त पानी उपभोग…
सरकारी कार्यालयमा कर्मचारीको अभावले सेवाग्राहीलाई सास्ती
दसैँ तिहार विदामा घर गएका अछामका सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरू कार्यालयमा कात्तिक २३ गतेसम्म नफर्कँदा सेवाग्राहीले सास्ती पाएको गुनासो गरेका छन् । जिल्लाका विभिन्न ठाउँबाट सरकारी सेवा लिन सदरमुकाम मङ्गलसेन आएका सेवाग्राहीले कार्यालय प्रमुख तथा फाँटवाला कर्मचारी नहुँदा प्रशासनिक काम नभएर त्यसै फर्कनु परेको गुनासो गरेका हुन् । जिल्ला…
बन्चरो प्रहार गरी भाइ बुहारीको हत्या, आरोपित फरार
बेलौरी नपा- ६ मोतिपुरकी ३५ वर्षीया तुलसी भट्टलाई ५५ वर्षीय जेठाजु ईश्वरीदत्त भट्टले कात्तिक २० गते बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी विवाद भएका कारण कात्तिक २० गते राति महिनावरी भएको समयमा घरबाट केही पर गोठमा सुतिरहेको अवस्थामा आरोपितले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी…