चार ओटा गाउँपालिकामा सञ्चार समस्या

दार्चुलाका चार ओटा स्थानीय तहमा अझै सञ्चार सेवा प्रभावकारी भएको छैन । जिल्लाको अपि हिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र व्यास गाउँपालिकामा टेलिफोनले काम नगर्ने भएकाले निर्वाचनका बेला थप समस्या हुने भएको हो । यी क्षेत्रमा मोवाइल टावर स्थापना गरिएको भएपनि घाम नलागेसम्म टावरले काम नगर्ने गरेको स्थानीयले गुनासो…

२०७४ असार ७, बुधबार २२:४३ गते  
उम्मेदवारको मृत्यु भएपछि पुनः मनोनयन हुने

डिलाशैनी गाँउपालिकामा एक उम्मेदवारको मृत्यु भएपछि निर्वाचनका लागि पुनः मनोनयन दर्ता हुने भएको छ । डिलाशैनी गाउँपालिका-७ मा राप्रपाबाट वडा सदस्यको उम्मेदवारी दिनुभएका उम्मेदवार ७० वर्षीय गोविन्दसिंह कार्कीको मृत्यु भएपछि निर्वाचन आयोगले आसार ६ गते मनोनयन दर्ता गर्दैछ । कार्की असार ४ गते मनोनयन दर्ता गराएर सामान्य अवस्थामा घर फर्किएपछि…

२०७४ असार ६, मंगलवार २१:५४ गते  
डडेल्धुरामा १७ वटा मतदान स्थल अति सम्वेदनशील

जिल्ला सुरक्षा समिति डडेल्धुराले जिल्लाका १७ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको निष्कर्षनिकालेको छ । १ सय १० मतदान स्थल र ७७ ओटा मतदान केन्द्र रहेको डडेल्धुरामा ३४ स्थल सम्वेदनशील र २६ मतदान स्थल सामान्य रहेको समितिले निष्कर्षनिकालेको हो । चुनाव लक्षित सुरक्षा व्यवस्था मजवुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण…

२०७४ असार ५, सोमबार २२:५५ गते  
एकै स्थानमा एकैपटक जुलुस र आमसभा नगर्नेमा राजनीतिक दल प्रतिबद्ध

असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, भयरहित र निष्पक्ष बनाउने उद्धेश्यले एकै स्थानमा एकैपटक जुलुस र आमसभा नगर्नेमा डडेल्धुरामा क्रियाशील राजनीतिक दलहरू प्रतिबद्धता जनाएका छन् । असार ५ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनीहरूले उक्त प्रतिबद्धता जनाएका हुन् । निमित्त प्रमुख जिल्ला अधिकारी…

२०७४ असार ५, सोमबार २२:३० गते  
उम्मेदवारको हत्या प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

मार्मा गाउँपालिका-५ का नेकपा एमालेका तर्फबाट वडा सदस्य पदका उम्मेदवार २७ वर्षीय कमलसिंह बोहरालाई हत्या प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा असार ५ गते आरोपितविरूद्ध उजुरी दिइएको छ । असार ४ गते उम्मेदवार मनोनयनको क्रममा एमाले कार्यकर्ता र उम्मेदवारमाथि नेकपा माओवादी केन्द्रले सुनियोजित तरिकाले हमला गरेको भन्दै आठ जना…

२०७४ असार ५, सोमबार २२:०६ गते  
नेपाली काङ्ग्रेसका प्रमुखसहित दुई जना कार्यकर्ता गिरफ्तार  

छेडेदह गाउँपालिकाका नेपाली काङ्ग्रेसका प्रमुख नरबहादुर रावतसहित दुई जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लगेको छ । नियन्त्रणमा शिक्षक पदम रावत र स्थानीय देवबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छेडेदह गाउँपालिकामा असार ४ गते मनोनयन पत्र दर्ता गर्ने क्रममा दोहोरो झडपमा परी एक जना एमाले कार्यकर्ता ५५ वर्षीय हंसबहादुर रावतको मृत्यु…

२०७४ असार ५, सोमबार २१:५३ गते  
काङ्ग्रेस र एमाले कार्यकर्ताबिच भएको झडपमा एमाले कार्यकर्ताको मृत्यु

छेडेदह गाउँपालिकाममा नेपाली काङ्ग्रेस र नेकप एमालेका कार्यकर्ताबिच असार ४ गते झडप हुँदा छेडेदह गाउँपालिका ५ का ५५ वर्षीय हंसबहादुर रावतको मत्यु भएको छ । मनोनयन दर्ता गर्ने क्रममा भएको दोहेरो झडपमा रावतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । झडप मनोनयन दर्ता स्थल भन्दा एक किलोमिटरको दुरीमा हरेको जिल्ला…

२०७४ असार ४, आईतवार २२:४० गते  
लटिनाथमा एमाले र माओवादी केन्द्रबीच झडप

दलबलसहित मनोनयन दर्ता गर्ने क्रममा मार्मा गाउँपालिकाको लटिनाथमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबिच झडप भएको राससले जनाएको छ ।  मनोनयन दर्ता गर्दा दोहोरो झडपसहित ढुङ्गा हानाहान भएको स्थानीयले जनाएका छन् । माओवादी केन्द्रले उम्मेदवारी दर्ता गरेर फर्कने र एमाले मनोनयन दर्ता गर्न जाने क्रममा लटिनाथ बजारमा झडप हुन…

२०७४ असार ४, आईतवार २१:५८ गते  
मानव अधिकार आयोगको टोलीद्वारा अनुगमन

नेपाल मानव अधिकार आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयको टोलीद्वारा निर्वाचनलाई लक्षित गर्दै जिल्लाका विभिन्न ठाउँमा अनुगमन गरिएको छ । निर्वाचनमा हुने आचारसंहिता उल्लङ्घन, प्रचारप्रसार र मतदाता शिक्षालगायतको विषयमा अनुगमन गरिएको मानव अधिकार अधिकृत पवनकुमार भट्टले बताए । उहाँका अनुसार जिल्लाको दोगडाकेदार गाँउपालिका, सुर्नयाँ गाँउपालिका, पाटन नगरपालिका र मेलौली नगरपालिकालगायतका ठाउँमा अनुगमन…

२०७४ असार ४, आईतवार २०:४९ गते  
मनोनयनमा बाधा पुर्‍याउन प्रयास गरेको आरोपमा राजपा नेता गिरफ्तार

कैलालीको कैलारी गाँउपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा असार ४ गते राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य फोनीराम चौधरी र जिल्ला अध्यक्ष सरीता चौधरीको नेतृत्वमा तालाबन्दी गरी विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरु दुवै जनालाई गिरफ्तार गरेको छ । गिरफ्तारमा परेका दुवै जनालाई कैलारी गाँउपालिको इलाका प्रहरी कार्यालय हसुलियामा राखिएको र साँझ…

२०७४ असार ४, आईतवार १२:३५ गते