यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पुस २७ गते डडेल्धुरा जिल्ला परशुराम नपा-१० का ३२ वर्षीय धनबहादुर विष्टलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पुस २६ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य…
अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूद्वारा कलेज तोडफोड
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले आह्वान गरेको शैक्षिक संस्था बन्दको अवज्ञा गरेको आरोपमा पुस २६ गते भिमदत्त नपा-६ स्थित ब्रिक्सटन कलेजमा तोडफोड गरेको प्रहरीले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीलाई मोसो दलेका आरोपमा गिरफ्तार गरिएका विद्यार्थीहरूलाई बिना शर्त…
पत्नीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार
पाण्डुसैन-३ की ३० वर्षीया ज्ञानु जोशी रोकायालाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ३८ वर्षीय पति जनकबहादुर रोकायालाई पुस २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस १७ गते कुटपिट गरी बाँया हात भाँचिएको र दुवै आँखामा चोट लागेको भन्दै पीडित महिलाले पुस २० गते जिल्ला प्रहरी…
महिला विकास शीर्षकको रकम अन्यत्रै विनियोजन गरेपछि विवाद
गगुडा गाउँ विकास समितिले पुस १८ गते सञ्चालन गरेको २५ औँ गाउँ परिषदमा लक्षित वर्ग तर्फ महिलाको शीर्षकमा छुट्याउनुपर्ने रकम २ लाख ९७ हजार रुपियाँ अन्य शीर्षकमा विनियोन गरेपछि विवाद भएको छ । गाविस सचिव हर्क वोगटीले दिएको जानकारी अनुसार लक्षित वर्ग तर्फको महिलाको रकम २ लाख ९७ हजार बाँडफाँडमा…
शैक्षिक सत्र सकिनै लाग्दा समेत पाठ्यपुस्तकको अभाव कायमै
शैक्षिक सत्र सकिनै लाग्दा समेत बैतडीका अधिकांश विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाएका छैनन् । यहाँ प्राथमिक तहका पाठ्यपुस्तकको माग ढिला गरि पूरा भएपनि निम्नमाध्यमिक र माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् । बैतडीमा ३ सय १९ ओटा प्रावि, १ सय ३ ओटा निमावि, ५६ ओटा मावि र ५१ ओटा…
बालबालिकाहरू खोपबाट वञ्चित
कैलालीको गोदावरी गाविसस्थित स्वास्थ्य चौकीमा असोज महिनादेखि वालबालिकाले जन्मने बित्तिकै पाउनु पर्ने बिसिजी खोप, निःशुल्क रूपमा पाउने अत्यावश्यक औषधिहरू (सिटामोल, एमजिट, डाइजिङलगायत) अभाव भएको छ । औषधिको अभाव भएपछि सेवाग्राही मार्कामा परेको स्थानीय महिला स्वयम्सेविका राधिका जोशीले बताइन् । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीसमक्ष औषधिको माग गरेपनि स्वास्थ्यचौकीबाट वितरण हुने औषधिमध्ये…
डोटीमा अत्यावश्यक औषधि अभाव
जिल्ला स्वास्थ्य कार्यालयको लापरवाहीका कारण डोटीका स्वास्थ्य चौकीहरूमा अत्यावश्यक औषधिको अभाव देखिएको छ । लामो समयदेखि जिल्ला स्वास्थ्य कार्यालय प्रमुख विहीन हुनु, केन्द्रबाट पठाउने औषधिका लागि समन्वय नहुनु, आफै खरिद गर्नु पर्ने औषधिसमेत जिल्ला स्वास्थ्य कार्यालयले ल्याउन नसक्नु जस्ता कारणले औषधि अभाव देखिएको हो । अहिले जिल्ला अस्पताल देखि गाउँका…
विद्यालयमा मानव अधिकार शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड
बालविवाह अन्त्यका लागि सांसद तथा सरोकारवालाबिच आयोजित अन्तरक्रियामा सरोकारवालाले विद्यालयमा मानव अधिकार शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बालविवाह अन्त्यका लागि विद्यालयमा अनिवार्य रूपमा बाल अधिकारसम्बन्धी शिक्षा दिनुपर्ने जनसङ्ख्या तथा विकासका लागि सांसदहरूको राष्ट्रिय मञ्च नेपालका सदस्य सांसद रामहरी सुवेदीको भनाइ छ । वालविवाह न्यूनीकरणका कार्यक्रम कागजमा मात्रै…
क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा औषधि उपचारमा समस्या
जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले औषधि उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता भएको जिल्ला कारागारमा ४७ जना कैदी र एक जना थुनुवा गरी जम्मा ४८ जना कैदीबन्दी रहेका छन् । २५ जनाको लागि मात्रै आषधि उपचार खर्च हुने भएकाले बाँकिको उपचार गर्न समस्या…
जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह पुनर्गठन
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत कञ्चनपुर जिल्लामा जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको पुनर्गठन गरिएको छ । पुस १४ गते आयोजित कार्यक्रमबाट अधिकारकर्मी कृष्णसिंह देउपाको अध्यक्षतामा १५ सदस्यीय समूहको चयन गरिएको हो । समूहका सदस्यहरूमा उच्च अदालत महेन्द्रनगर इजलास वार एशोशियनका उपाध्यक्ष पुनम सिंह चन्द,…