काङ्ग्रेस एमालेबिच भएको झडपमा दुई जना घाइते
बुढीगङ्गा नगरपालिका-३ मा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ताबिच भएको झडपमा परी दुई जना घाइते भएका छन् । सोही वडाकी ४२ वर्षीया बसु सेराला र २० वर्षीय विरेन्द्र रौले घाइते भएको प्रहरी नायव उपरिक्षक दलबहादुर बोगटीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार प्रचारमा बुढीगङ्गा नगरपालिका २ र ३ बाट…
मतदाता शिक्षा र परिचय पत्र सँगसँगै
दार्चुलाका ९ ओटै स्थानीय तहमा असार ११ गतेदेखि मतदाता शिक्षा र परिचय पत्र सँगसँगै दिइने भएको छ । सबै क्षेत्रमा प्रभावकारी रूपले मतदाता शिक्षा नपुगेको गुनासो पछि परिचय पत्र वितरणकै क्रममा मतदाता शिक्षा दिइने भएको हो । यसअघि यार्सागुम्बा खोजीका लागि लेक गएका कारण सबै क्षेत्रमा मतदाता शिक्षा प्रभावकारी हुन…
भैसी गोठ छोएको आरोपमा २ हजार रुपियाँ जरिबाना, पीडितद्वारा प्रशासनमा उजुरी
छेडेदह गाउँपालिका-१ विराडी गाउँका प्रेमबहादुर बिकले छानोको करिव २० मिटर टाढा हिँडेको आरोपमा 'डुम कमारा मेरो छाना किन छोईस ? अव मेरा देउता रिसाउँछन्' भनी सोही ठाउँका राजेन्द्रबहादुर सिंहले २ हजार रुपियाँ जरिबाना तिराएको भन्दै पीडितले असार ९ गते जिल्ला प्रशासन कार्यलयमा उजरी दिएका छन् । 'आफूमा परेको अन्यायको छानबिन…
मानव अधिकार निगरानी समूहद्वारा मतदाता शिक्षा कार्यक्रम
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तर्गत मानव अधिकार निगरानी समूह बेलादेवीपुरले असार ९ गते गोदावरी नपा-९ सेहरीमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मानव अधिकार निगरानी समूहले सेहरी गाँउमा मतदाता शिक्षा दिनु पूर्व नमुना मतदान कार्यक्रम गरेको थियो । जसमा ५० प्रतिशत मत…
निर्वाचन सफल पार्न अधिकारकर्मीको सक्रियता आवश्यकः मुख्य निर्वाचन अधिकृत
जिल्ला अदालत दार्चुलाका जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालले मानव अधिकारका सवाललाई निर्वाचन केन्द्रीत गर्न सुझाव दिएका छन् । इन्सेक दार्चुलाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठीमा बोल्दै नागरिक तथा राजनीतिक अधिकार सुनिश्चित हुने स्थानीय तह निर्वाचन सफल पार्न अधिकारकर्मीले पनि सक्रिय भूमिका…
मानव अधिकार वर्ष पुस्तक २०१८ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलन भएका घटनाहरूको असार ९ गते कञ्चनपुरमा सरोकारवालाहरूको सहभागितामा पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटले कञ्चनपुर जिल्लामा ६ महिनाको अवधिमा मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलन गरिएका घटना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा १…
अपाङगमैत्री मतदान केन्द्र बनाउन अपाङ्गता भएका मतदाताहरूको माग
असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा अपाङ्गता भएका मतदाताहरूले सबै मतदान केन्द्रहरूलाई अपाङ्गमैत्री बनाउन माग गरेका छन् । अपाङगता भएका मतदाताले असार ९ गते एक अन्तरक्रिया कार्यक्रममा मतदान केन्द्रमा पुग्न, मतपत्रमा छाप लगाउन र मतपेटिकमा भोट हाल्न सहज हुने ढङ्गबाट अपाङ्गमैत्री मतदान केन्द्र बनाउन माग गरेका थिए । २०७०…
इमान्दारीताका साथ जिम्मेवारी पुरा गर्न निर्वाचन आयोगको आग्रह
दोस्रो चरणमा हुन गइरहेको असार १४ गतेको निर्वाचनलाई इमान्दारीका साथ जिम्मेवारी पूरा गर्न निर्वाचन आयुक्त सुधीरकुमार शाहले आग्रह गरेका छन् । असार ९ गते दार्चुला जिल्लाको निर्वाचनको गतिविधि, सुरक्षा अवस्थाको समग्र जानकारी लिन दार्चुला पुगेका शाहले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गरेका हुन् । अनुगमनको सिलसिलामा पुगेको आयोगको टोलीले…
मेयर पदका उम्मेदवारको घरमा अज्ञात समूहद्वारा प्रेसर कुकर बम प्रहार
गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रहेका गोकर्ण भट्टको अत्तरिया बजारमा रहेको घरमा असार ९ गते बिहान ३ बजे अज्ञात समूहले प्रेसर कुकर बम विष्फोट गराएको छ । भट्टको घरमा खासै क्षति नभएको र अहिले सो ठाँउको सुरक्षा व्यवस्था कडा पारेको प्रहरीले जनाएको छ । निर्वाचन नजिकिएको समयमा…
सेनाका क्याप्टेन र सशस्त्रका इन्स्पेक्टरद्वारा उम्मेदवारलाई धम्की
डोटीको वडीकेदार गाउँपालिकामा खटिएका नेपाली सेनाका क्याप्टेन र सशस्त्र प्रहरीका इन्स्पेक्टरले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई धम्की दिएको पीडित पक्षले आरोप लगाएका छन् । असार ६ गते साँझ नेपाली सेनाका क्याप्टेन धु्रवबहादुर राणा र सशस्त्र प्रहरीका इन्स्पेक्टर धनसिं महराले माओवादी केन्द्रका वडी केदार गाउँपालिका अध्यक्षका उम्मेदवार जङ्ग बिकलाई धम्क्याएको माओवादीले आरोप…